पोखरा, साउन १५ प्याराग्लाईडिङ साहसिक खेलका रुपमा चिनिन्छ । साहसिक खेलकुदमा रमाउनेले मात्रै यो गर्छन् । अधिकांश भने प्याराग्लाईडिङ गर्न डराउँछन् । अर्थात प्याराग्लाईडिङ गर्न जोकोहिको आँट नै आउँदैन । तर आँट, हिम्मत र साहस भयो भने सजिलै गर्न सकिन्छ भन्ने उदाहरण दृष्टिविहीनहरुले प्रस्तुत गरेका छन् । हो सोमबार पोखराको आकाशमा दुई विदेशीसहित १० जना दृष्टिविहीनहरुले हावामा कावा खाँदै प्याराग्लाईडिङ गरे । यसको चाँजोपाँजो मिलाएको थियो ‘ब्लाईन्ड रक्स’ संस्थाले । ती साहसी दृष्टिविहीन्हरुमा संस्थाकी संस्थापकसमेत रहेकी सृष्टि केसी, सम्भवी दवाडी…
पुरा पढौ