देश

देशको आर्थिक समृद्धिका लागि बाह्य सहयोग महत्त्वपूर्ण : उपराष्ट्रपति यादव

काठमाण्डौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि बाह्य सहयोग महत्त्वपूर्ण हुने बताका छन् । अवैतनिक वाणिज्य दूतहरूको सङ्गठन अनररी कन्सुलर कप्र्स नेपालको १६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले देशको आर्थिक विकासमा बाह्य सहायता जुटाउन सङ्घका पदाधिकारीहरूलाई आह्वान गरे । मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाइराख्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो । चार्टर डे २०२३ को समेत उद्घाटन गर्दै उपराष्ट्रपति यादवले कन्सुलरले नेपालको दौत्य सम्बन्ध रहेका तर आवासीय दूतावास नभएका… पुरा पढौ

प्राकृतिक प्रकोप पीडित ऋणिलाई विशेष व्यवस्था गर्ने राष्ट्र बैंकको तयारी

काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न प्राकृतिक प्रकोपलगायतका कारणले समस्यामा परेका ऋणिको हकमा विशेष व्यवस्था गर्ने बताएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले समस्यामा परेका ऋणिलाई कर्जाको पुनःसंरचना वा अन्य कुनै विशेष व्यवस्था गरेर भए पनि पुनरुत्थान गरिने बताए । खासगरी प्राकृतिक प्रकोप वा अन्य कुनै पनि प्रकोपका कारण समस्यामा परेका ऋणिलाई माथि उकास्न तथा उनीहरुलाई पुनः व्यवसायमा सक्रिय बनाउनका लागि विशेष व्यवस्था गरिन लागेको उनले जानकारी… पुरा पढौ

नेपाल राष्ट्र बैंकद्वारा चालु आवको मौद्रिक नीति सार्वजनिक

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । त्यस्तै, बैंकदर यथावत राखिएको छ भने निक्षेप सङ्कलनको बोलकबोल दरलाई घटाइएको छ । “आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाइ छ दशमलव पाँच प्रतिशत कायम गरिएको छ”, मौद्रिक नीतिमा भनिएको छ,… पुरा पढौ

पौडी खेल्ने क्रममा डुबेर १६ वर्षिय किशोरको मृत्यू

पोखरा, साउन ७ पोखरामा पौडी खेल्ने क्रममा एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर–१७ पावरहाउस नजिकै फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर पोखरा–८ बगालेटोल निवासी १६ वर्षिय विवेक कुँवरको मृत्यू भएको हो । पौडी खेल्ने क्रममा बेपत्ता भएका कुँवरलाई गोताखोर टोलीले शनिबार साँझ ७ः५० मा फेला पारेको कास्की प्रहरीले जनाएको छ । त्यसलगत्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ । पुरा पढौ

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्हाल्ने गरी तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टक टेकिङ मोमेन्ट’ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् । रासस पुरा पढौ

संयुक्त राष्ट्रसङ्घको कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

काठमाण्डौं । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतले बिदाइ गरे । यस्तै नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ, उपाध्यक्षहरू अग्नि सापकोटा र पम्फा भुसाल, अन्य नेता तथा कार्यकर्ता लगायतले उनलाई भ्रमण सफलताको कामना… पुरा पढौ

पोखरा सांगीतिक कलाकार संघको अध्यक्षमा हर्कराज गुरुङ (भाई)

पोखरा, साउन ७ पोखरा सांगीतिक कलाकार संघको अध्यक्षमा हर्कराज गुरुङ (भाई) चयन भएका छन् । संघको शनिबार पोखरामा भएको चौधौं साधारण सभा तथा सातौं अधिवेशनले लेकाली व्याण्डका भोकलिष्ट गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा टोपबहादुर केसी (देउराली व्याण्ड), सचिवमा भाष्करध्वज श्रेष्ठ डिमर्चा व्याण्ड, कोषाध्यक्षमा शान्तरत्न बज्रचार्य (देउराली व्याण्ड) र सहसचिवमा विनोद बानिया सर्वसम्मत चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा ईन्द्रबहादुर गुरुङ (पखेरी व्याण्ड), आनन्दराज बज्रचार्य (देउराली), अमित गुरुङ (कन्दरा व्याण्ड ) र रोहनजंग कार्की चयन भएका… पुरा पढौ

मनसुनी वर्षा सुस्त: मुलुकभर ६८ प्रतिशत रोपाइँ

मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारीरुपमा भएको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार कृषि विभागको यही साउन ५ गतेसम्मको तथ्याङ्कअनुसार मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । विसं २०७९ साउन… पुरा पढौ

नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा

नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा श्रेष्ठ चयन भएकी छन् । पुचःको शनिबार भएको दोश्रो अधिवेशनले सिटी वान टेलिभिजनकी प्रबन्ध निर्देशक श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । पुचःको उपाध्यक्षमा गणेश श्रेष्ठ, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरज श्रेष्ठ, सञ्जय शाक्य अल्चना श्रेष्ठ र अभिनन्दन बजिमय चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफुले बोलेर भन्दापनि काम गरेर देखाउने बताईन् । उनले टिम राम्रो भएको हुँदा नेवाः संस्कृति… पुरा पढौ

डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक: प्रधानमन्त्री

प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताएका छन । राष्ट्रिय सुरक्षा परिषद्द्वारा आज सिंहदरबारमा आयोजित ‘आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव’ विषयको अन्तक्र्रियामा उनले भने, “विज्ञान–प्रविधिको युगमा आधारभूत तहबाटै डिटिजल साक्षरताको विकास गरी प्रविधिमैत्री ज्ञानका साथै प्रविधिको दुरुपयोगको खतराबाट बच्नसक्ने पर्याप्त सावधानीबारे जानकारी आवश्यक छ ।” उनले देश र जनता एवं स्वयं आफ्नो व्यक्तिगत जीवनलाई कसरी प्रविधिमैत्री बनाउने, कुन सामग्री… पुरा पढौ