देश

पार्टीको सदस्य सङ्ख्या नघटेको एमालेको दावी

काठमाडौ । नेकपा (एमाले)ले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन्। “नेकपा ९एमाले० को सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।” उनले प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्‍याउने र पार्टीको… पुरा पढौ

फिफा वरियतामा नेपाल पुरानै स्थानमा

काठमाडौ । विश्व फुटबलको सर्वोच्च निकाय इन्टरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले आज सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औंँ स्थानमा छ । नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ९९औंँ स्थानमा छ भने माल्दिभ्स १५५औँ स्थानमा छ । नेपालपछि भुटान १८५औँ, बङ्गलादेश १८९औंँ, पाकिस्तान २०१औंँ, र श्रीलङ्का २०४औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा अर्जेन्टिना छ भने दोस्रो… पुरा पढौ

साउन २४ गते विश्व आदिवासी दिवस मनाइने

काठमाडौ । उनान्तीसऔँ विश्व आदिवासी दिवस यही साउन २४ गते मनाइने भएको छ ।नेपाल आदिवासी जनजाति महासङ्घले हरेक वर्ष अगष्ट ९ का दिन मनाउँदै आएको उक्त दिवस यसवर्ष पनि मनाउने निर्णय गरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीमगरले जानकारी दिए । महासङ्घको बैठकले उक्त दिवसका लागि केन्द्रीय अध्यक्ष गेल्जे लामाशेर्पाको संयोजकत्वमा सचिवालयका पदाधिकारी सदस्य रहने गरी मूलसमारोह समितिसमेत गठन गरेको छ । बैठकले उक्त दिवसका अवसरमा काठमाडौँमा आयोजना गरिने मूल समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आमन्त्रण गर्ने निर्णय गरेको छ ।… पुरा पढौ

नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ अङ्कमा सीमित भएको छ । आजको कारोबारमा विभिन्न दुई सय ६४ कम्पनीका ८४ लाख २४ हजार एक सय आठ कित्ता शेयर ५४ हजार नौ सय ५४ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब पाँच करोड २४ लाख १० हजार छ सय ५९ को कारोबार भएको छ । यस दिनको कारोबारमा बैंकिङ, विकास बैंक,… पुरा पढौ

वस्तु विनिमयको परम्परा धान्दै इन्द्रावतीका भाँडा व्यवसायी

म्याग्दी । गत सोमबार बिहानै डोकोभरी अनेक भाँडावर्तन बोकेर तीन व्यापारी म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँ आए । सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका–८ घर बताउने तीन व्यापारीमध्ये सबै भन्दाअघि थिए फूलबहादुर तामाङ । त्यसपछि धादिङ इन्द्रवतीकै केशवकुमार आचार्य र महेन्द्र गुरुङ । उनीहरुले भाँडाको भारी बोकेर गाउँगाउँमा डुल्न थालेको ४० वर्षभन्दा बढी भएको बताए । “चौध वर्षको उमेरदेखि भाँडाको भारी बोकेर गाउँ–गाउँमा डुल्न थालेको हुँ, यही पेसाबाट मेरो जिन्दगी चलेको छ, पुख्र्यौली पेसा पनि धानिएको छ” फूलबहादुरले भने। पर्वतको अर्मादीमा उनीसहित १२… पुरा पढौ

सुन प्रकरण छानबिनका लागि समिति गठन

काठमाडौ । भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएको प्रकरणको छानबिनका लागि छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए । उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गरिएको हो । “विभागका कर्मचारीले आवश्यक चेक जाँच… पुरा पढौ

छोरी जन्मने बित्तिकै गाउँपालिकाले पाँच हजार खातामा हालिदिन्छ

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए । यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ । बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने… पुरा पढौ

आरुघाट गाउँपालिकाद्धारा सडकमा हेरालु परिचालन

गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले बर्खायामको समयमा पालिकाभित्रका मुख्य–मुख्य ग्रामीण सडक मर्मतसम्हारका साथै सडक सञ्चालन राख्न सडक हेरालु परिचालन गरेको छ । गाउँपालिकाले पालिकाभित्र १५ सडक हेरालु नियुक्त गरी परिचालन गरेको छ । गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार छनोटमा परेका सडक हेरालुलाई तालिमसमेत प्रदान गरिएको छ । बर्खामा सडकमा बग्ने भल तथा स–साना पहिरा समयमा नै हटाउन तथा सडक सरसफाइ गर्न सडक हेरालु नियुक्त गरी परिचालन गरेको उनको भनाइ छ । सडक हेरालुमार्फत भल तथा पहिरा व्यवस्थापन गरी मुख्य–मुख्य ग्रामीण… पुरा पढौ

प्राकृतिक श्रोत समृद्धिको आधार : मन्त्री थापा

साउन ३ पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र वहादुर थापाले प्राकृतिक श्रोतलाई समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिएका छन् । अमेरिकी सहयोग नियोग (युएसएआइडी) को आर्थिक सहयोगमा सञ्चालित जल जंङगल कार्यक्रमका वहु सरोकार योजना तर्जुमा कार्यशालाको आज पोखरामा उद्घाटन गर्दै उनले आयआर्जन र रोजगारीका लागि वन पैदावारको भरपुर उपयोग गरिने बताए ।“वन क्षेत्रको काठ कुहिएर खेर जाने र विदेशबाट खरवौ रुपैयाको काठ आयात हुने अवस्थाको अन्त्य गरिनु अपरिहार्य छ” मन्त्री थापाले भने, “वनको संरक्षण र… पुरा पढौ

बूढीगण्डकी छिट्टै निर्माणमा लैजान्छौँ : प्रधानमन्त्री प्रचण्ड

साउन ३ गोरखा । लामो अन्योलता र प्रतिक्षालाई छिचोल्दै सरकारले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरेको छ । कुल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे । राजनीतिक चपेटामा परेको आयोजना स्वदेशी लगानीमै निर्माण हुने सुनिश्चितता समेत बढेर गएको छ । प्रधानमन्त्री प्रचण्डले आम मानिसको मनमा रहेको जिज्ञासालाई निरुपण गर्दै भने, “केही समयभित्रै आयोजनाको शिलान्यास हुन्छ, अब कुनै पनि बाहानामा ढिलाइ हुँदैन र गरिँदैन ।” उपप्रधानमन्त्री एवं… पुरा पढौ