देश

बूढीगण्डकी छिट्टै निर्माणमा लैजान्छौँ : प्रधानमन्त्री प्रचण्ड

साउन ३ गोरखा । लामो अन्योलता र प्रतिक्षालाई छिचोल्दै सरकारले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माण गर्ने घोषणा गरेको छ । कुल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरे । राजनीतिक चपेटामा परेको आयोजना स्वदेशी लगानीमै निर्माण हुने सुनिश्चितता समेत बढेर गएको छ । प्रधानमन्त्री प्रचण्डले आम मानिसको मनमा रहेको जिज्ञासालाई निरुपण गर्दै भने, “केही समयभित्रै आयोजनाको शिलान्यास हुन्छ, अब कुनै पनि बाहानामा ढिलाइ हुँदैन र गरिँदैन ।” उपप्रधानमन्त्री एवं… पुरा पढौ

जी–२० अर्थमन्त्रीस्तरीय सम्मेलनमा अल्पविकसित मुलुकले भोगिरहेका समस्या उठान भए : अर्थमन्त्री महत

काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महत भारतको गुजरातमा सम्पन्न जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन् । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग आफ्नो भ्रमणबारे जानकारी गराउँदै अर्थमन्त्री महतले अल्पविकसित र विकासोन्मुख मुलुकले भोगिरहेका विभिन्न खालका समस्या तथा चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन सो सम्मेलन महत्त्वपूर्ण रहेको बताए । “सम्मेलनमा अल्पविकसित देशका समस्यालाई राख्ने महत्त्वपूर्ण अवसर प्राप्त भयो । अल्पविकसित मुलुकले भोग्नुपरेको जलवायु परिवर्तनका समस्या, विश्वव्यापीरूपमा सूचना प्रविधि क्षेत्रको प्रयोगसँगै देखिएका चुनौती, डिजिटल कारोबारको… पुरा पढौ

कक्षा १२ को परीक्षाको नतिजा साउनमै सार्वजनिक गरिने

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले साउन महिनाभित्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन… पुरा पढौ

ललिता निवास प्रकरण : बिहीबार पनि सुनुवाइ हुने

काठमाण्डौं । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि (बिहीबार) पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा आज पनि बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा भोलि सुनुवाइ हुने भएको हो । उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो । सर्वोच्च अदालतले सो… पुरा पढौ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूको धारणा राख्नेक्रम जारी

काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले धारणा राख्नेक्रम जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबारदेखि सुरू भएको बैठकमा आज केन्द्रीय सदस्यहरू जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपाली, नैनसिंह महर, गोविन्दबहादुर शाह, डा रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु बास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला… पुरा पढौ

बक्सिङ संघको अध्यक्षमा अवाले दोहोरिए

पोखरा, साउन ३ नेपाल बक्सिङ संघको अध्यक्षमा राम अवाले दोहोरिएका छन् । नेपाल बक्सिङ संघको बुधबार पोखरामा भएको छैटौं साधारण सभा अधिवेशनले अवालेलाई दोश्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी र पाँच उपाध्यक्षहरुमा भोजराज सिटौला, गणेशबहादुर भट्टराई, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरीलाई चयन गरेको छ । त्यस्तै महासचिवमा मानबहादुर भण्डारी तथा सचिवमा पुष्करराज पन्त, कोषाध्यक्षमा गौतम सुखजु चयन भएका छन् । संघको सदस्यहरुमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङ्गतान, रेखा थापा… पुरा पढौ

नेपाल बक्सिङ संघको केन्द्रीय उपाध्यक्षमा पोखराका गणेशबहादुर भट्टराई

नेपाल बक्सिङ संघको उपाध्यक्षमा पोखराका गणेशबहादुर भट्टराई चयन भएका छन् । नेपाल बक्सिङ संघको बुधबार पोखरामा भएको छैटौं साधारण सभा अधिवेशनले पोखराका भट्टराईलाई उपाध्यक्षमा चयन गरेको हो । भट्टराई बक्सिङका अन्र्तराष्ट्रिय खेलाडी हुन्। यसअघि उनी अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय उपमहासचिव भइसकेका छन्। पुरा पढौ

साविक लेखनाथको आमा स्कुल लक्ष्मी आदर्शले शुरु गर्यो स्कुल बस

पोखरा, साउन ३ साविक लेखनाथको आमा स्कुलका रुपमा परिचित लक्ष्मी आदर्श माध्यमिक विद्यालयले स्कुल बस सञ्चालन गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर–२७ अर्घौंचोकमा रहेको उक्त विद्यालयले स्थापनाको ५५ वर्षपछि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोगमा बुधबारदेखि स्कुल बस सञ्चालन गरेको हो । २०२५ सालमा स्थापना भएको सो विद्यालयले हालसम्म स्कुल बस सञ्चालन गर्न सकेको थिएन । जसका कारण पोखरा–२७ र २८ को स्याङखुदीलगायतका क्षेत्रबाट आउने ग्रामिण ईलाकाका विद्यार्थीले शास्ती भोग्दै आउनु परेको थियो । तर गण्डकी प्रदेश सरकार,… पुरा पढौ

गोल्डेन ढाकाटोपीको सेमिफाइनलमा २४ समूह छानिए

पोखरा । मिरर किङ इन्टरटेन्मेन्ट प्रालि र बिटुडी डान्स स्कुलले संयुक्त रुपमा आयोजना गरेको तेस्रो संस्करणको गोल्डेन ढाकाटोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको सेमिफाइनलमा २४ समूह छनोट भएका छन् । ढाकाटोपी कम्पिटिसानको जेठ २० देखि २७ गतेसम्म समूह चरणको अडिसन भएको थियो । उक्त चरणमा गण्डकी प्रदेशका ५३ वटा स्कुल सहभागी भएका थिए । समूह चरणबाट सेमिफाइनलमा २४ समूहले स्थान पक्का गरेको प्रतियोगिताका निर्देशक अमन तामाङले जानकारी दिए । ‘सुरुमा सहभागी हुने स्कुलले भिडियो पठाएर अडिसनमा भाग लिएका थिए । त्यही… पुरा पढौ

तनहुँमा उद्योग दर्तामा कमी

तनहुँ । तनहुँमा उद्योग दर्ता गर्ने क्रम घटेको छ । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष उद्योग दर्ता ह्वात्तै घटेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ । देशको पछिल्लो आर्थिक अवस्थाको असर यहाँका उद्योग स्थापनामा पनि परेको हुन सक्ने कार्यालय प्रमुख दुर्गाराज सुवेदीले बताए । गत वर्षभन्दा यो वर्ष आठ सय ११ वटा उद्योग कम दर्ता भएका उनले जानकारी दिए। आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा एक हजार… पुरा पढौ