देश

जोखिमपुर्ण स्थान भूजीखोलामाथि बसपार्क

ढोरपाटन । साँघुरो बजार, नमिलेको भूगोल । छेउमै उर्लिएको भूजीखोला । त्यही भूजीखोलामाथि बन्दै छ बुर्तिबाङ बसपार्क । बन्दै गरेको बसपार्क देख्ने कसैले पनि भन्दैनन्, कि यो ठाउँ सुरक्षित । तर नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले यहाँ बसपार्क निर्माण जारी राखेको छ । ढोरपाटन नगरपालिका–२ खप्तरीबाङ बुर्तिबाङ बजार र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको केन्द्रमा पर्ने हुँदा आयोजना कार्यालयले बसपार्क बनाउन यो ठाउँ रोजेको हो । लामो समयदेखि सास्ती खेप्दै आएका यातायात व्यवसायी, यात्रु र बुर्तिबाङ बजारवासीका लागि खप्तरीबाङमा बसपार्क… पुरा पढौ

प्रधानमन्त्रीद्वारा बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा आज आयोजित कार्यक्रममा उहाँले ताम्रपत्र अनावरण गरेर बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन् । यसअघि प्रधानमन्त्री दाहाललगायत उच्च अधिकारीले हेलिकोप्टरमार्फत गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गरेका थिए। प्रधानमन्त्रीका साथमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, धादिङ र गोरखाका सङ्घीय सांसद्, गण्डकी… पुरा पढौ

दुई वडावासीलाई स्वच्छ खानेपानीका लागि फिल्टर वितरण

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाको दुईवटा वडावासीलाई स्वच्छ खानेपानीका लागि फिल्टर वितरण गरिएको छ । वडा नं ७ र ८ स्थित पिपलटारका ९३ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउन फिल्टर वितरण गरिएको वडा नं ७ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए। ‘मूलबाट ल्याइएको पानी त्यत्तिकै पिउनुभन्दा फिल्टर गरेर पिउँदा बढी फाइदा हुन्छ, उनले भने, “त्यसका लागि आवश्यक पहल गरी वाइन टु वाटर नेपालको आर्थिक सहयोगमा स्थानीयवासीलाई निःशुल्क फिल्टर वितरण गरिएको हो ।” फिल्टर वितरण भएसँगै पिपलटार क्षेत्रका प्रत्येक घरधुरी, विद्यालय… पुरा पढौ

बक्सिङमा निरन्तरतामा क्रमभंगता आवश्यक : सदस्य सचिव घिसिङ

पोखरा, साउन ३ राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बक्सिङमा क्रमभंगता आवश्यक रहेको बताएका छन् । नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा अधिवेशनलाई बुधबार पोखरामा सम्बोधन गर्दै उनले बक्सिङको ईतिहास दोहो¥याउन निरन्तरताले मात्र नपुग्ने भन्दै क्रमभंगता आवश्यक रहेको बताएका हुन् । ‘नेपालले ओलम्पिकमा बक्सिङबाट रजत पदक जितेर एउटा गर्विलो ईतिहास बनाईसकेको छ । तर पछिल्लो समय त्यो ईतिहास दोहो¥याउन सकिएको छैन । अब त्यहि पदक जितेको ईतिहास दोहो¥याउनुपर्छ । तर त्यो निरन्तरताले सम्भव छैन, त्यसैले बक्सिङमा क्रमभंगता… पुरा पढौ

मुक्त कमैया घोषणाको २३ वर्ष: सरकारी प्रतिवद्धता पूरा भएन

काठमाडौ । दुई दशकअघि लामो सङ्घर्ष पश्चातमुक्तिको घोषणा हुँदा सरकारले गरेको प्रतिबद्धता पूरा नगर्दा मुक्तकमैया परिवार कष्टकर जीवन बिताउन बाध्य छन् । तत्कालीन सरकारले सुरक्षित आवास, निःशुल्क शिक्षा, स्वास्थ्यमा सहज पहुँचसँगै रोजागरीको सुनिश्चित गर्ने प्रतिबद्धता गरेको थियो । विगत सम्झदै मुक्तकमैया समाजका केन्द्रिय उपाध्यक्ष जगरनाथ चौधरी भने,“सरकारले मालिकबाट लिएको सौकी बापतको ऋण मिनाहा ग¥यो, सहज जीवनयापनका लागि गरेको प्रतिबद्धता सुनेर सिंहदरबारबाट बाहिरिँदा निकै उत्साह लिएर फर्केका थियौँ, मालिकको घरमा गरेको कष्ट सबै विर्षेका थियौँ त्यो बेला, दुःखका दिन अब अन्त्य… पुरा पढौ

बेनीको कालीपुल बसपार्कमा निर्मित टर्मिनल भवन सञ्चालन

म्याग्दी । म्याग्दी सदरमुकाम बेनी बजारस्थित कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन सञ्चालनमा आएको छ । बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएको टर्मिनल भवन आज बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन आज गरेका हुन् । बागलुङस्थित सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको सो भवन नगरपालिकालाई हस्तान्तरण गरेपछि उद्घाटन गरिएको हो । टर्मिनल भवन बनाउन विसं २०७८ पुसमा रु दुई करोड ८५ लाख ४५ हजारमा ठेक्का सम्झौता गरिएको थियो । नवनिर्मित भवनमा म्याग्दीबाट विभिन्न ठाउँमा छुट्ने यातायातका टिकट… पुरा पढौ

सम्पत्ति विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रको आग्रह

काठमाडौ । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति तथा कर्मचारीलाई आव २०७९÷८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको उक्त केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले राससलाई जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष सुरु भएको मितिले ६० दिनभित्र सार्वजनिक जिम्मेवारीमा रहेका पारिश्रमिक पाउने वा नपाउने सम्पूर्ण पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको हो ।… पुरा पढौ

चितवनमा ३९ जनालाई अङ्गीकृत नागरिकता प्रदान

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत चार जनाले नागरिकता लिएका हुन् । कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय ३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन् । यस्तै १३ हजार छ सय पाँच जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको उनले जानकारी दिए। सोही समयमा ११ जनाको नागरिकता रद्द गरिएको छ । एक हजार सात सय पाँच जनाले नाबालक परिचयपत्र बनाएको… पुरा पढौ

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा महतको आह्वान

काठमाडौ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन्। भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ । भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत् उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत् खपत गर्ने उद्योगलाई समेत प्रशस्त सम्भावनाका ढोका खोलेको उनले बताए । नेपालमा जलविद्युत्… पुरा पढौ

चितवनमा बाघको आक्रमणबाट तीन जना घाइते

चितवन । बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी रहेका छन् । निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन गएका उनीहरूलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते उनीहरूको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर ल्याइँदै… पुरा पढौ