देश

‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिए

काठमाण्डौं । अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् । पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख कमाएको र कतिले ४० लाखसम्म कमाई गरेको बताएका कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले बताए । गत बिहीबार अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर… पुरा पढौ

‘आदिपुरुष’को आपत्तिजनक अंश नहटाएसम्म काठमाण्डौंका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने

काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख बालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन् । मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन, “भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले तीन दिनपहिले हटाउन आह्वान गरेका थियौँ । नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो… पुरा पढौ

कांग्रेसद्वारा बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह

काठमाण्डौं । नेपाली कांग्रेसले बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह गरेको छ । प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजनासहित काम गर्नुपर्नेमा सो पार्टीले जोड दिएको हो । कांग्रेसले सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा परेको आकस्मिक अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट केही व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको ठूलो क्षति घटनाप्रति दुःख व्यक्त गरेको छ । बाढीपहिरो र डुबानबाट केही व्यक्ति बेपत्ता र विस्थापित हुनका साथै… पुरा पढौ

पूर्वी नेपालमा बाढी पहिरोको वितण्डा, तिनको मृत्यु २९ बेपत्ता

काठमाण्डौं । लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा ठूलो मानवीय क्षति हुने गरी विपद्जन्य घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आज साँझ दिएको जानकारीअनुसार अहिलेसम्म पाँचथर, सङ्खुवासभा, ताप्लेजुङ्लगायत जिल्लामा मात्रै विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । ती घटनामा अन्य २९ जना बेपत्ता रहेका छन् । बेपत्ताहरुको खोजी जारी रहेको उहाँले बताउनुभयो । अन्य तीन जनाको… पुरा पढौ

नेप्सेको उकालो यात्रा कायमै

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्राले यो साता कारोबारको पहिलो दिन पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ९४ दशमलव ३३ को बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार आज विभिन्न दुई सय ८० कम्पनीका एक करोड २० लाख ९५ हजार नौ सय ६६ कित्ता शेयर रू चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ मा खरिदबिक्री भएका छन् । आइतबार बैंकिङ समूह तीन दशमलव ५५ अङ्कले घटेको छ भने अरु… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकखण्डः विस्फोटक पदार्थ ल्याउन नसक्दा पुल बन्न सकेन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणका लागि भित्तो फोर्न विस्फोटक ल्याउन नसक्दा पुल निर्माणको काम रोकिएको छ । सो सडकखण्डमा १५ वटा पुल नयाँ निर्माणका लागि ठेक्का लगाइएकामा एउटा पुलको भित्तो फोर्न नसक्दा काम हुन नसकेको हो । भित्तो फोर्नका लागि विस्फोटक पदार्थ ल्याउन जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयल, परराष्ट्र मन्त्रालय हुँदै नेपालस्थित भारतीय राजदूतावासमा स्वीकृतिका लागि फाइल पठाइएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार एक महिना अघि नै अनुमतिका लागि… पुरा पढौ

मेलम्ची आयोजनालाई व्यवस्थित बनाउन सरकारको सहयोग रहन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथान पुगेका प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । “आयोजना उद्घाटनका क्रममा आउने इच्छा थियो, त्यतिबेला म प्रधानमन्त्री थिइँन, खानेपानी मन्त्रालय माओवादी पार्टीकै भागमा थियो, आयोजनालाई व्यवस्थित बनाउन म पहल गुर्छ”, उनले भने । प्रधानमन्त्री दाहालले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित… पुरा पढौ

सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग

नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड जस्ता घटना बढेको उल्लेख गर्दै सङ्घले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ्(पहिलो) संशोधन ऐन २०७९ का सम्बन्धमा देशभरका सुरक्षा निकाय तथा न्यायिक एव अर्धन्यायिक निकाय अनविज्ञ हुनु अत्यन्तै चिन्ताको विषय बनेको छ । राज्यको तर्फबाट तर्जुमा… पुरा पढौ

गण्डकी प्रदेशको बजेट कृषि र स्वास्थ्यमा केन्द्रीत

पोखरा, असार १ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब साढे ३३ अर्बको बजेट घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री जितप्रकाश आलेले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट घोषणा गरेका हुन् । यो चालु वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाखले कमी हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । गण्डकी प्रदेश सरकारले… पुरा पढौ

गण्डकी प्रदेशको बजेट ३३ अर्ब ४२ करोड ७२ लाख

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब साढे ३३ अर्बको बजेट घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री जितप्रकाश आलेले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट घोषणा गरेका हुन् । यो अघिल्लो वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाखले कमी हो । पुरा पढौ