देश

प्रतिनिधिसभामा खर्च कटौतीको प्रस्ताव पेस

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ खर्च कटौती गरियोस् भनी प्रस्ताव पेस भएको छ । संसद्को आजको बैठकमा सांसद नारायणप्रसाद आचार्य, प्रेम सुवाल, भगवती चौधरी र सूर्यप्रसाद ढकालले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव गरेका छन् । सांसद आचार्यले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भरी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै बजेट सन्तुलनकारी नदेखिएको, प्राकृतिक साधनस्रोतको उपयोगको नीति नलिइएको, वनलाई नागरिकको जीवन र… पुरा पढौ

मुख्यसचिवमा डा. अर्याल नियुक्त

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महिन्द्र राय यादवले जानकारी दिए । डा. अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतमा सचिव रहेका थिए । बैठकले मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ । रासस पुरा पढौ

नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो

काठमाडौँ। आइतबारदेखि निरन्तर उकालो लागेकोे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचकमा आज पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ । कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ । आज नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव छ अङ्क कायम भएको छ । आज दुई सय ७५ वटा कम्पनीको एक करोड २५ लाख ६१ हजार चार सय ४० कित्ता शेयर ७९ हजार चार सय ६१ पटक खरिदबिक्री हुँदा रू. पाँच अर्ब एक करोड ७८ लाख सात हजार छ… पुरा पढौ

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहेका उनी आज बिहान डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए । डा. अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । रासस पुरा पढौ

सरकार मेरा लागि ठूलो कुरा होइन, भ्रष्टाचार निर्मूल गर्छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पारेका छन्। पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता धनिराम (डिआर) पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले सरकार सुशासन कायम गर्न दृढतापूर्वक अगाडि बढिरहेको बताए । उनले भने, “कतिपयले आशङ्का गरेको देख्छु, सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने । तर, प्रष्ट रूपमा भन्छु सरकार मेरा… पुरा पढौ

पोखरामा ‘प्राज्ञिक मूलधारमा आविस्कार र अनुसन्धान’ विषयक अन्र्तराष्ट्रिय सम्मेनल शुरु

पोखरा, जेठ ३० पोखरामा ‘प्राज्ञिक मूलधारमा आविस्कार र अनुसन्धान’ विषयक गण्डकी युनिभर्सिटी ईन्टरनेसनल कन्फिरेन्स शुरु भएको छ । गण्डकी विश्वविद्यालयको आयोजनामा पोखराको जलमहल होटलमा शुरु भएको त्रिदिवसीय सम्मेलनको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपालमा रहेका विश्वविद्यालयहरुले शिक्षाका लागि विदेश जाने विद्यार्थी रोक्न सक्नुपर्ने बताए । उनले विद्यार्थीले नेपालमा किन पढ्न नचाहेको हो ? र किन सबै विद्यार्थी विदेश गएर पढ्न चाहेको हो ? भन्ने प्रश्न गरे । नेपालका विश्वविद्यालयमा विकृति र विसंगति… पुरा पढौ

घरभाडा ५० प्रतिशतसम्म घटाउन घरधनीलाई घरभाडा सरोकार समितिको आह्वान

पोखरा, जेठ ३० घरभाडा सरोकार समिति कास्कीले घरभाडा पचास प्रतिशतसम्म घटाउन आह्वान गरेको छ । घरभाडा दिने र लिने अर्थात घरधनी र घर बहालमा बस्ने दुबैको साझा संस्थाका रुपमा रहेको नेपाल घरभाडा सरोकार समितिको कास्की शाखाले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर घरधनीहरुलाई घरभाडा २५ देखि ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको हो । आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण अर्थतन्त्र चलायमान नहुँदा त्यसको असर व्यापार, व्यवसायमा पर्दा आर्थिक कारोबार घटेकाले अहिलेको घरभाडा तिर्न सक्ने स्थिति नरहेको समितिको भनाई छ ।… पुरा पढौ

नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, कारोबार रकम रु. चार अर्बभन्दा बढी

यो साता लगातार उकालो लागिरहेको शेयर बजारमा आज पनि उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको हो । आज कारोबार रकम पनि बढेको छ । विभिन्न दुई सय ७० कम्पनीका एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता शेयर रू. चार अर्ब १२ करोड ६६ लाख ९५ हजार नौ सय ४३ कारोबार भएका छन् । आजको कारोबारमा २२ वटा कम्पनीको… पुरा पढौ

शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु

नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट आजदेखि काठमाडौँ जिल्ला अदालतमा बहस सुरु भएको छ । उनका पक्षबाट बहस गर्न ३४ वकिलले नाम टिपाएका छन् । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको हो । अझै केही आरोपीका तर्फबाट थुनछेक बहस बाँकी रहेकाले त्यसपछि मात्रै थुनछेक आदेश आउने अदालतका सूचना अधिकारी दीपक दाहालले बताए । उनका अनुसार वकिलहरुले समय लम्ब्याएमा अझै केही दिन बहस हुने देखिएको छ ।… पुरा पढौ

भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती

लुम्बिनी। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान ९ः४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । मलेसियाबाट ९० यात्रु बोकेर आएको राष्ट्रिय ध्वजावाहक जहाज भैरहवास्थित विमानस्थलमा ३१ जना यात्रु ओरालेर काठमाडौँका लागि उडान भरेको नेपाल वायु सेवा निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए। मलेसियामा रोजगारी गरी फर्केका र मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवा विमानस्थलमा ओर्लिएको सहप्रवक्ता घिमिरेको… पुरा पढौ