देश

गण्डकीको नीति तथा कार्यक्रम : बालबालिका र ज्येष्ठ नागरिकलाई ओपिडी र प्रयोगशालामा निःशुल्क सेवा

पोखरा, जेठ २१ गण्डकी प्रदेश सरकारले प्रदेश सरकारले १० वर्ष मूनिका बालबालिका तथा साठी वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई ओपिडी सेवा र प्रयोगशाला सेवा निःशुल्क दिने घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममार्फत प्रदेश सरकारले १० वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई प्रदेश सरकार मातहतका अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा निःशुल्क सेवा दिने घोषणा गरेका ेहो । सरकारले मिर्गौला पीडितहरुका लागि डायलोसिस गर्न पालो कुर्नु नपर्ने अवस्था बनाउनेपनि घोषणा गरेको… पुरा पढौ

प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको बैठक सर्‍यो

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयकमाथि प्रतिपक्ष दलहरूले विरोध गरेपछि प्रतिनिधिसभाको आजै दोस्रो पटक डाकिएको बैठक भोलिका लागि सरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो । बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब डेढ घण्टा ढिलो मात्र सुरु भएको थियो । बैठक सुरु हुनेवित्तिकै नागरिकता विधेयक प्रमाणीकरण भएको विषय उठाएर प्रमुख… पुरा पढौ

पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि नेपाललाई

काठमाडौ । नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले पाँच खेलको सिरिज ३–२ ले आफ्नो पक्षमा पा¥यो । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ बलमा ६ चौकाको मद्दतमा ३४ रनको योगदान दिइन् । त्यसैगरी कप्तान रुविना… पुरा पढौ

चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

जेठ २० काठमाण्डौं । चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएका छन् । शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्री दाहाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए ।… पुरा पढौ

प्राप्त उपलब्धि सङ्कटमा पर्ने खतरा बढ्दै गएको छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लोकतन्त्र, संविधान, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीलगायत प्राप्त उपलब्धि सङ्कटमा पर्ने खतरा बढ्दै गएको भन्दै रक्षाका निम्ति सबैलाई आग्रह गरेका छन् । छुवाछूतमुक्त राष्ट्र घोषणाको १७ वर्ष पूरा भएको सन्दर्भमा स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम राष्ट्रिय भेला मूलआयोजक समितिद्वारा आयोजित ‘स्थानीय तहका दलित जनप्रतिनिधिको प्रथम भेला’ को यहाँ आज उद्घाटन गर्दै उनले प्राप्त उपलब्धिमाथि विभिन्न बहानामा प्रहार भइरहेको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियासँग सम्बन्धित सङ्क्रमण न्यायको कामअन्तर्गत सत्य निरुपण तथा मेलमिलाप… पुरा पढौ

‘लू’बाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाण्डौं । देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । “आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने देखिन्छ । तसर्थः तराईका भू–भागमा तातो हावा र लूबाट… पुरा पढौ

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक : सभापति थापा

काठमाण्डौं । नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद दुर्लभ थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण नेपालका लागि निकै उपलब्धिमूलक भएको बताएका छन् । नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनको तयारीबारे आफ्नै निवासमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद थापाले भने, “प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालका पक्षमा सम्झौता भएका छन्, यो नेपालका लागि उपलब्धिमूलक हो ।” राष्ट्रियताको सवाल तथा परराष्ट्र नीतिबारे व्यक्ति र दलको फरक धारणा नभई सबैको एउटै धारणा हुनुपर्नेमा उनले जोड दिए ।… पुरा पढौ

गुडिरहेको गाडीबाट खस्दा एक महिलाको मृत्यु

काठमाण्डौं । गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको उनले बताए । गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाद्वारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । रासस पुरा पढौ

प्रधानमन्त्री दाहाल इन्दौरबाट नयाँदिल्ली प्रस्थान

जेठ २० भारत । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका छन् । इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले बिदाइ गरे । उनले विमानभित्रै पुगेर नेपाली प्रतिनिधिमण्डलको बिदाइ गरेका थिए ।सो क्रममा मुख्यमन्त्री चौहानले भारत–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन आफूहरु तयार रहेको बताए । उनले भारत र नेपालबीच सदियौँ पुरानो सम्बन्ध रहेको र यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताए । प्रधानमन्त्री दाहालले आजै इन्दौरमा अवस्थित… पुरा पढौ

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

जेठ २० भारत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन् । भारतको मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले टाटा कम्पनीजस्तै सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् । उनले भने, “टाटा कम्पनीजस्तै नेपालमा सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यस क्षेत्रमा काम गर्न सकिन्छ । लगानी गर्नुस् त्यसका लागि हामी (नेपाल सरकार) सहजीकरण गर्छौँ ।” प्रधानमन्त्री प्रचण्डले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको… पुरा पढौ