देश

श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौँ फर्कियो

काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिच बाटोबाटै जहाज काठमाडौँ फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौँ फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए । प्रवक्ता सिटौलाले भने “विहान धनगढी उडेको जहाज, प्रेसराइजेनस (जहाज हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली) मा समस्या देखिएपछि जहाज ५०… पुरा पढौ

कृषि विकास बैंक र कर्मचारी मिलन केन्द्रले गर्‍यो कालीखोला किनारमा वृक्षारोपण

पोखरा, जेठ २३ कृषि विकास बैंक र कर्मचारी मिलन केन्द्र कास्कीले कालीखोला किनारमा वृक्षारोपण गरेको छ । कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालय र कर्मचारी मिलन केन्द्र कास्कीले विश्व वातावरण दिवसको अवसर पारेर मंगलबार विहान पोखरा–१६ कालीखोला किनारमा रहेको वातावरण संरक्षण तथा पार्क सामुदायिक वनमा संयुक्त रुपमा वृक्षारोपण गरेको हो । डिभिजन वन कार्यालय कास्की र वातावरण संरक्षण तथा पार्क सामुदायिक वन उपभोक्ता समूह पोखरा–१६ को संयोजनमा भएको कार्यक्रममा बाँस, गोलमहोर, ज्याकराण्डा, कल्गी, म्याङ्गो स्टिन, कपुरलगायतका प्रजातीका ११० वटा विरुवा… पुरा पढौ

चौतारीको ११ बुँदे पोखरा घोषणापत्र जारी

पोखरा, २२ जेठ । प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा ११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रेस चौतारीले नेपाल पत्रकार महासंघले शुरुवात गरेको सदस्यता शुद्धिकरण अभियानमा पूर्ण समर्थन गर्दै यसलाई अक्षरसः पालना गर्न नेपाल पत्रकार महासंघसमक्ष जोडदार माग गरेको छ । यसैगरी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी प्रेसमाथि हुँदै आएको सबैखाले गलत क्रियाकलाप बन्द गर्न र प्रेसप्रति जिम्मेवार बन्न सरकारसहित सम्बद्ध सबैसंग आग्रह गरेको छ । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षदेखि बृद्धि हुने गरी… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौ । यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा दोस्रो दिन आज भने दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अङ्कमा कायम भएको हो । आज दुई सय ७७ कम्पनीको ५६ लाख २० हजार तीन सय ८१ कित्ता शेयर ३६ हजार पाँच सय ६८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार एक सय सात बराबरको… पुरा पढौ

विश्व वातावरण दिवसः बृक्षारोपणसंगै संरक्षणमा पनि ध्यान दिनुपर्छ

पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा १७ रातोपहिरोमा सोमबार विश्व वातावरण दिवस मनाइएको छ । कास्कीका सिडिओ वासुदेव घिमिरेले विरुवा रोपेर कार्यक्रम सुरुआत गरे । कार्यक्रममा सिडियो घिमिरेले सय वर्षको परिवर्तन चाहने हो भने वृक्षरोपण गर्नुपर्ने विचार राखे । सजीवको स्वाशप्रश्वासदेखि जीवनयापनका धेरै पक्षमा वोटविरुवाको महत्व हुने उनको जनाए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले विद्यालय तहबाटै प्रकृति संरक्षण अध्यापन गराउनुपर्नेमा जोड दिए । उनले समाज, देश र विश्वकै वातावरण स्वच्छ बनाउन सकेमात्र मानव अस्तित्व र… पुरा पढौ

नक्कली भूटानी शरणार्थी प्रकरण : सरकारी वकिलका तर्फबाट थुनछेक बहस सुरु

काठमाण्डौं । जिल्ला अदालत काठमाडौँमा नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तको थुनछेक बहस सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बसहमा आज जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस भएको छ । सरकारी वकिलका तर्फबाट काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले नेतृत्व गरेका छन् उक्त प्रकरणमा पक्राउ परेका १८ अभियुक्तकै थुनछेक बहस हुनेछ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न पाँच वटा कसुरमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । उक्त प्रकरणका १२… पुरा पढौ

पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु, ११ जना घाइते

जेठ २१ पाल्पा । पाल्पामा भएको जीप दुर्घटनमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । यस्तै ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सालझण्डीबाट अर्घाखाँचीका लागि छुटेको लु १ च ९०२४ नम्वरको आइतबार जीप रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा दुर्घटना भएको हो । मृतक तीनै जनाको परिचय खुल्न सकेको छैन । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुपन्देहीमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पुरा पढौ

श्रम र वैदेशिक रोजगारसँग जोडिएका मुद्दा तत्काल सम्बोधन गर्छौं : मन्त्री भण्डारी

काठमाण्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय कटिबद्ध रहेको बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले श्रम बजारसम्म श्रमिकको सहज पहुँच स्थापित गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउन मन्त्रालय क्रियाशील रहेको उल्लेख गरे । मन्त्री भण्डारीले भने, “श्रम क्षेत्रको सुधारका लागि गरेको प्रतिबद्धताप्रति मन्त्रालय सजग छ, उठेका विषय सम्बोधन गर्न र लक्षित नतिजा हासिल गर्न हामी प्रयत्नशील छौँ । सेवा शुल्कबारे उठेका प्रश्न कार्यदलमार्फत सम्बोधन गरिनेछ… पुरा पढौ

गण्डकीको नीति तथा कार्यक्रम : कृषि र स्वास्थ्यलाई प्राथमिकता, खर्च घटाउन कार्यालय संख्या घटाइने, नया गाडी खरिद नगर्ने

पोखरा, जेठ २१ गण्डकी प्रदेश सरकारले कृषि र स्वास्थ्य केन्द्रीत नीति तथा कार्यक्रम ल्याएको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आईतबार कृषि र स्वास्थ्य केन्द्रीत नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रमले आगामी बजेट यसैमा केन्द्रीत गरेर आउने संकेत गरेको छ । गण्डकी सरकारले प्रदेशको आम्दानीको स्रोत बढाउने विषयलाई प्राथमिकता दिएको छ । जसका लागि ‘प्रदेश सरकारको साँझेदारी, बाँझो रहन्न खेतबारी’भन्ने अभियान संचालन गर्ने भएको छ । त्यस्तै, हिमाली तथा उच्च… पुरा पढौ

ठूला, लिड र आवासीय विद्यालय सञ्चालनका लागि प्रदेश सरकारले प्रोत्साहन गर्ने

गण्डकी प्रदेश सरकारले ठूला विद्यालय, लिड विद्यालय र आवासीय विद्यालय सञ्चालनमा प्रोत्साहन गर्नका लागि सहयोग गर्ने भएको छ । गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उक्त तीन खालको विद्यालय सञ्चालन गर्नका लागि प्रोत्साहन गर्ने बताएका हुन् । सो विद्यालयहरु प्रत्येक जिल्लामा सञ्चालनका लागि यसै आर्थिक वर्षदेखि स्थानिय तहसँग साझेदारी गर्ने उनले उल्लेख गरे । पुरा पढौ