देश

गण्डकीका मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत लिदै

पोखरा, बैशाख ७ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बैशाख ९ गते विश्वासको मत लिने भएका छन् । माओवादीले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले बैशाख ९ गते विश्वासको मत लिने भएका हुन् । नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सहयोगमा अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा एमाले र माओवादीको गठबन्धन भत्किएपछि गण्डकीमापनि माओवादीले चैत १० गते विश्वासको मत फिर्ता लिएको थियो । अल्पमतमा परेपछि मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने कि नलिने… पुरा पढौ

मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र गतिशील तुल्याइनेछ : उपप्रधानमन्त्री खड्का

काठमाण्डौं । उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गर्ने सन्दर्भमा कानुन मन्त्रालयको बहुआयामिक भूमिका र दायित्व रहेको बताएका छन् । मन्त्रालयमा पदवहाली गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले संसद् सञ्चालन नियमित अघि बढाउने र व्यवस्थित गर्ने सन्दर्भमा मन्त्रालयकातर्फबाट सभामुख र अध्यक्षलगायतसँग समन्वय गरी निर्वाह गर्नुपर्ने भूमिकालाई क्रियाशील तुल्याइने विश्वास दिलाए । उपप्रधामन्त्री खड्काले भने, “संविधानले व्यवस्था गरेका मानवअधिकार र मौलिक अधिकारसँग जोडिएका कानुन निर्माण गर्ने प्रक्रियाअघि बढिरहेको छ, सङ्घीय ऐन बनाइसकेपछि त्यसमा आधारित… पुरा पढौ

उपनिर्वाचनका लागि उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको आग्रह

काठमाण्डौं । यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको उपस्थिति तथा निर्वाचन आयुक्त सगुनशमशेर जबराको अध्यक्षतामा गृह, रक्षा र अर्थ मन्त्रालयका सचिवहरू, नेपाली सेनाका रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृतलगायतको सहभागितामा भएको बैठकले उक्त आग्रह गर्ने निर्णय गरेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको सुधार

काठमाडौ । आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो । आज दुई सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर २३ हजार पाँच सय तीनपटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ८७ करोड २१ लाख ४१ हजारमा खुम्चिएको छ । आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०६ अङ्कले घटेको छ भने अरू… पुरा पढौ

गाउँघर पनि प्रदूषणको चपेटामा,पर्यटकीयस्थलहरु प्रभावित

वसन्त ऋतुको सौन्दर्यमा रमाउन र मधेशको गर्मी छल्न १४ जना साथीसहित म्याग्दीको पुनहिल पुगेका नवलपुर अमरापुरीका सुन्दर सापकोटाले न हिमाल हेर्न पुगे न त वनैभरि फूलेका विभिन्न प्रजातिका लालीगुराँस हेर्दै रमाउन । घोडेपानी, पुनहिललगायत म्याग्दीका पर्यटकीयस्थलको भ्रमणका लागि एक साताको बिदा लिएर म्याग्दी आएका सापकोटा र उनका साथीले प्रकृतिको दृश्यावलोकन गर्न त पाएनन् नै आँखा र टाउको दुख्ने, आँखाबाट आँशु र नाकबाट पानी बग्ने शारीरिक समस्याले समेत ग्रस्त थिए । म्याग्दीका ग्रामीण क्षेत्रमासमेत तुवाँलोले प्रदूषण बढाएपछि वसन्तको मौसममा ग्रामीण क्षेत्रमा… पुरा पढौ

संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय भएन

सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्तिका बारेमा छलफलको छ । नियुक्तिबारे छलफल भए पनि कुनै निष्कर्षमा भने पुग्न सकिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उक्त बैठकमा प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी एउटै मात्र ‘एजेण्डा’ भए पनि कुनै ठोस निर्णय नभएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । सोबारे अर्को बैठकमा निर्णय गर्ने गरी बैठक सकिएको उनले बताए । उपप्रधानमन्त्री तथा रक्षा एवं कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले परिषद्को बैठक बसेको उल्लेख गर्दै बैठकमा प्रधानन्यायाधीश नियुक्तिसँग सम्बन्धित विषयमा छलफल… पुरा पढौ

आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान

सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई उनले आग्रह गरे । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि… पुरा पढौ

मन्त्रीसमक्ष किशोरीका २२ बुँदे माग

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले मङ्गलबार किशोरीहरूसँग संवाद गरे। जागृति बाल तथा युवा सरोकार नेपालले नवलपुरको कावासोतीदेखि आएको किशोरी अभियानकर्मीको टोलीसँग मन्त्री गुरुङको भेट गराएको थियो । पोखरामा भएको ‘किशोरी संवाद’ कार्यक्रममा किशोरी समूहका प्रतिनिधिले मन्त्री गुरुङसमक्ष ध्यानाकषर्षणपत्र बुझाए । किशोर–किशोरी तथा बालबालिकाको हकहित समेटिएको २२ बुँदे मागसहित मन्त्रीको ध्यानाकर्षण गराइएको हो । ध्यानाकर्षणपत्रमा किशोरीमैत्री शौचालय निर्माणदेखि बालबालिकाको पोषणभत्तासम्मका माग उठाइएको किशोरी अभियानकर्मी शशि कार्की क्षेत्रीले जानकारी दिए । ध्यानकर्षणपत्रको पहिलो बुँदामा किशोरी तथा बालिकाको मानवीय… पुरा पढौ

प्रसाद २ : मायाभन्दा ठूलो नै के छ र… (प्रिभ्यू)

वैशाख ५ काठमाण्डौँ । ‘मायाभन्दा ठूलो नै के छ र’ यो गीतले राम्रो चर्चा पायो । चलचित्र ‘प्रसाद’ मा सङ्गीत गीतले कथालाई व्याख्या गरेको छ । सुन्दरबस्तीमा बसोबास गर्ने शिक्षित युवा बाबुराम परियार र युवती नारायणी कार्की प्रेममा परेपछि उनीहरूले माया नै ठूलो ठान्छन् । यद्यपि उनीहरूको अन्तरजातीय प्रेमलाई समाजले स्वीकार्दैन । पेसागत रूपमा कपडा सिलाउने बाबुरामसँग गाउँले मुखियाले आफ्नी छोरी नारायणीको सम्बन्ध स्वीकार्दैनन् । फलतः प्रेमलाई संसार मानेको जोडी गाउँबाट सहर पस्छन् । शिक्षित समाज भनिएको सहरमा सामाजिक विभेद… पुरा पढौ

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालन

काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मीलाई समाचार सङ्कलन सहज र व्यवस्थित गर्न तयार गरिएको मिडिया सेन्टरबाट आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सेन्टरको सुरुआत गरे । प्रवक्ता शर्माले बैठक कक्षसँगै रहेको स्टुडियोबाट मिडिया सेन्टरमा रहेका सञ्चारकर्मीसँग प्रत्यक्ष दोहोरो संवाद गरेका थिए । मिडिया सेन्टरमा सञ्चारकर्मी तथा पत्रकारसँग प्रधानमन्त्री कार्यालयमा रहेको स्टुडियोबाट दोहोरो संवादको व्यवस्था मिलाइएको छ भने सञ्चारकर्मीले भिडियो… पुरा पढौ