देश

‘लागुऔषध प्रयोगकर्ताको उपचार र पुर्नस्थापनामा स्थानिय तह र प्रदेशको भूमिका खोज्नुपर्छ’

पोखरा, चैत ४ लागुऔषध प्रयोगकर्ताको स्वास्थ्य र मानव अधिकार तथा उपचार र पुर्नस्थापनाको क्षेत्रमा काम गर्ने रिकभरिङ नेपालले लागुपदार्थ सम्बन्धी समस्या स्थानिय तह र प्रदेशलेपनि हेर्ने व्यवस्था गर्न माग गरेको छ । रिकभरिङ नेपाल गण्डकी प्रदेशले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर लागुऔषध सम्बन्धी समस्या प्रदेश र स्थानिय तहलेपनि हेर्नुपर्ने व्यवस्था गर्न माग गरेको हो । हाल लागुऔषध सम्बन्धी समस्या केन्द्रले मात्र हेर्दै आएको छ । जसका कारण सेवा झञ्झटिलो र प्रभावकारी नभएको उसको आरोप छ । सोहि कारण प्रदेश र… पुरा पढौ

नेपालबाट नौ महिनामा रु १४ अर्ब नाफा विदेशियो

काठमाडौ । चालु आर्थिक वर्षको नौ महिनामा करिब रु साढे १४ अर्ब विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको चालु आवको नौ महिनाको तथ्याङ्क अनुसार रु १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५५९ लाभाशंवापत बाहिरिएको हो । विभागले यस अवधिमा रोयल्टीबापत रु दुई अर्ब ११ करोड छ हजार छ सय ३४, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ… पुरा पढौ

वैशाखभर भर्ना अभियान सञ्चालन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान स् गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने आदर्श वाक्यसहित शैक्षिकसत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्राचार गरेको हो । केन्द्रले यसका लागि गत चैत २६ गते सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई पत्राचार गरिसकेको छ ।… पुरा पढौ

प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली सेना परिचान गरिने

काठमाण्डौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृत दिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “एकीकृत सुरक्षा कार्य योजना, २०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७२/१२/२८… पुरा पढौ

एसीसी पुरुष प्रिमियरका लागि नेपाली टोलीको घोषणा

काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जिसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी र कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहेका छन् । यसैगरी वैकल्पिक खेलाडीतर्फ किशोर महतो, अर्जुन साउद, सन्दीप… पुरा पढौ

अंग्रेजसँगको लडाईंमा भक्ति थापासँगै विरगती प्राप्त गर्ने नाथु र प्रल्हादलाई राष्ट्रिय विभूती घोषणा गर्न माग

पोखरा, चैत ३ राजगढको लडाईंमा विरगती प्राप्त गर्ने सुब्बा नाथु गुरुङ र सुब्बा प्रल्हाद गुरुङलाई राष्ट्रिय विभूती घोषणा गर्न माग गरिएको छ । सुब्बा नाथु प्रल्हाद प्रतिष्ठानले पोखरामा आईतबार पत्रकार सम्मेलन गरेर गुरुङ द्वयलाई राष्ट्रिय विभूती घोषणा गर्न माग गरेको हो । अंग्रेजसँगको लडाईमा वि.स. १८७२ साल बैशाख ६ गते सुब्बा प्रल्हाद गुरुङले विरगती प्रप्त गरेका थिए भने सोहि लडाईंमा सामेल सुब्बा नाथु गुरुङको भने वि.स. १८७९ साल पुस २९ गते निधन भएको थियो । राजगढको लडाईंमा विरगती प्राप्त गर्ने… पुरा पढौ

डढेलोले देशभर वायु प्रदूषण बढ्दै

काठमाडौ । हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ । विभागका अनुसार अहिले पनि काठमाडाँैउपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित भएको जनाएका छन् । काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको जनाइएको छ । आज बिहान ९ः३० बजेको हावाको गुणस्तर मापक सूचक ९एक्यूआई० का अनुसार काठमाडाँै… पुरा पढौ

तीर्थमालीलाई गोली लाग्नु दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान

काठमाण्डौं । नेपाल प्रहरीले नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनमगरलाई गोली प्रहार गर्नाका कारण दुर्घटना भएको बताइएको छ । उक्त घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न प्रहरी सहायक हबल्दार प्रकाश पुनमगरलाई आज बिहान प्रहरीले बागडोलबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालयस्थित नं १ गणमा आन्तरिक थुनामा राखेको छ । प्रकाशले नियतवश गोली नचलाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष रहेको जनाइएको छ । प्रारम्भिक अनुसन्धानबाट ‘दुर्घटना’ भएको देखिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बताए ।… पुरा पढौ

सांसद कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ । सो पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई गएको चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार सङ्घीय सचिवालयले रास्वपाले श्रेष्ठमाथि गरेको कारबाही कानुनसम्मत छ कि छैन भनेर अध्ययन गर्न लागेको जनाइएको छ । सचिवालयले आइतबारदेखि अध्ययन गरेर सो बारेको यथार्थ सभामुखलाई जानकारी गराउने सङ्घीय संसद्का प्रवक्ता… पुरा पढौ

पहिलो पटक जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे सुजन

वैशाख २ भक्तपुर । मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड निकै बाक्लो भयो । बिस्केट जात्राको अवसरमा हरेक वर्ष २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न दिउँसो १ बजेसम्म मानिस खचाखच भए । दिउँसो २ बजे बाँसको चिम्टी बजाउँदै एकहुल मानिस हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतैतिर केन्द्रित भयो । बीचमा… पुरा पढौ