देश

सोचेको परिणाम नआए पनि लोकप्रियता कायमै छ : एमाले महासचिव पोखरेल

काठमाण्डौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताए । आज यहाँका आयोजित सङ्गठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरुट) अभियानअन्तर्गत बृहत् कार्यकर्ता भेलामा उनले गठनबन्धन शक्तिसँगको चुनाव प्रतिस्पर्धामा एमालेले आफ्नो जनमत कमजोर नभएको पुष्टि गरेको जिकिर गरे । आफूलाई ठूला दल भन्नेले एकल तरिकाले चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने उनले दाबी गरे । उनले भने, “हामी एमालेलाई देशकै पहिलो पार्टी बनाएर… पुरा पढौ

‘वित्तीय संघीयता बिना संघीयता सफल हुँदैन’

पोखरा, बैशाख ५ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बजेटजति संघमा थन्क्याएर संघीयता सफल नहुने टिप्पणी गरेका छन् । नेपाल समाजशास्त्र संघको आयोजनामा मंगलबार पोखरामा भएको ‘नेपालमा संघीयता अवसर र चुनौति’ विषयक बहस कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले कुल बजेटको ५० प्रतिशत बजेट तल नपठाउने हो भने संघीयता असफल हुने चेतावनी दिएका हुन् । वित्तीय संघीयता कार्यान्वयन नभए संघीयता सफल हुँदैन,उनले भने,‘संघीयता सफल बनाउने हो भने कुल राजश्वको ७० प्रतिशत प्रदेश र स्थानिय तहमा आउनुपर्छ ।’ कुल राजश्वको ३० प्रतिशत संघमा तथा… पुरा पढौ

गण्डकीको बेरुजु दुई अर्ब बढी

पोखरा । गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८÷७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७० हजार पुगेको हो । अघिल्लो आवमा फछ्र्योट भई रु एक अर्ब ६५ करोड नौ लाख १३ हजार बेरुजु बाँकी रहेकामा आव २०७८÷७९ मा रु ४९ करोड ३५ लाख ५७ हजार बेरुजु थप भएको प्रतिवेदनमा उल्लेख छ । आव २०७७÷७८ सम्म रु एक अर्ब ७८ करोड ९८ लाख ५१ हजार बेरुजु देखिएको थियो… पुरा पढौ

कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

काठमाण्डौं । कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार आज एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजै एक सय चार नयाँ सङ्क्रमित थपिएका हुन् । पाँच सय ७१ पिसीआर तथा एक हजार ६१ एन्टिजेन परीक्षण गरी जम्मा एक हजार छ सय ३२ नमूना परीक्षणमा एक सय चार जनामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा अहिले कोरोना सङ्क्रमित ३४ आइसोलेशन, सात जना आइसीयु र तीन जना भेन्टिलेटरमा रहेका… पुरा पढौ

सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदनमाथिको छलफलका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले सङ्घीय निजामती ऐन संसद्मा पेस हुने अन्तिम चरणमा पुगेको बताए । “सङ्घीय निजामती ऐनमा सरकोकारवालसँग छलफल भएको छ । यो सरकारको अत्यन्त प्राथमिकताको विषय हो, करिब अन्तिम अवस्थामा छ”, उनले भने, “सङ्घीय मामिला… पुरा पढौ

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छः अर्थमन्त्री महत

काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र निजी क्षेत्र एक आपसमा मिलेर काम गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले अर्थतन्त्रलाई सुधार्न निजी क्षेत्रसँग समन्वय गर्न तयार रहेको बताए । “वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भए पनि केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौंँ । केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र… पुरा पढौ

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाण्डौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन… पुरा पढौ

बक्यौता भुक्तानी नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स खारेज

काठमाण्डौं । बक्यौता भुक्तानी नगरेको स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको इजाजतपत्र (लाइसन्स) स्वतः खारेज भएपछि कम्पनीको सम्पत्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले स्मार्ट टेलिकमको सम्पक्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेकोे हो । प्राधिकरणले स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न वैशाख १ गतेको समय दिएको थियो । तोकिएको समय अर्थात् वैशाख १ गते सार्वजनिक बिदा भएपछि आइतबार साँझ ५ बजेसम्म नवीकरणको समय दिइएको… पुरा पढौ

वायुसेवा निगमले तीन जहाज खरिद गर्ने

काठमाण्डौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाइएको छ । निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो ।… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार नेप्से परिसूचक २३ दशमलव ६४ अङ्कले ओरालो लागेर एक हजार नौ सय आठ दशमलव शून्य चारमा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमव ७८ अङ्कले ओरालो लागेर तीन सय ६२ दशमलब ९६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ । कारोबार रकम भने आज… पुरा पढौ