काठमाण्डौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले काठमाडौँ महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको छ । सिंहदरबारमा बसेको बैठकले काठमाडौँ उपत्यकाको फोहर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र आवश्यक पहल अघि बढाउने निर्णय गरेको हो । “काठमाडौँ महानागरपालिकाको फोहर स्थानीय तहले उठाउने कानूनी व्यवस्था छ, नीतिगत रूपमा भएको व्यवस्थाअनुसार काम गर्नुपर्छ”, बैठकपछि पत्रकारलाई जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री…
पुरा पढौ