देश

होटल व्यवसायी महासंघ गण्डकीको महाधिवेशन चैत २५ र २६ गते

सन्देश श्रेष्ठपोखरा, चैत २३ गण्डकी प्रदेशमा करीब बीस प्रतिशत होटल व्यवसायी पलायन भएका छन् । होटल व्यवसाय महासंघ गण्डकीले कोभिड र त्यसको असरका कारण करीब २० प्रतिशत होटल व्यवसायी पलायन भएको जनाएको हो । महासंघको प्रथम ऐतिहासिक महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै होटल व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष अर्जुन चोखालले भने,‘कोभिडले कतिपय पहिल्यै पलायन भइसकेका थिए । त्यसपछि अहिले आर्थिक मन्दी र बैंक ब्याजदरका कारण पलायन हुनेको संख्या बढ्दो छ ।’ व्यवसायी पलायनसँगै मजदुरहरुपनि पलायन हुने क्रम बढेको… पुरा पढौ

गण्डकीका श्रष्टाको जीवनी तयार पार्ने क्रम जारी

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले यसवर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ श्रष्टाको व्यक्तिगत जीवनी तयार पारेको छ । प्रतिष्ठानले स्थापनाको दोस्रो वर्ष पूरा हुन लागेको अवसरमा श्रष्टाको जीवनी तयार गरेको हो । स्रष्टाहरु डा रविलाल अधिकारी, तीर्थ श्रेष्ठ, यादवचन्द्र भुर्तेल, दुर्गा बराल वात्स्यायन, काजी रोशन, प्रेम छोटा, जीवन शर्मा, खड्ग गर्बुजा, शान्ति नारायण श्रेष्ठ, इन्द्र विकल्प, सुन्दरकुमार जोशी, डा कुशुमाकर न्यौपाने, अम्बर गुरुङ, पुरुषोत्तम न्यौपाने, आलोक गुरुङ, पृथ्वीनारायण श्रेष्ठ, माया गुरुङ, कृष्ण गुरुङ, डा बमबहादुर जिताली, रोशन गुरुङ, रामचन्द्र घिमिरे… पुरा पढौ

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

शुक्रबारदेखि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आचारसंहिता लागू हुनेभएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी भोलि शुक्रबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आगामी वैशाख १० गते चितवन क्षेत्र… पुरा पढौ

चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति

चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यही चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ३० गते निर्वाचन गराउन सहमति… पुरा पढौ

पोखरामा बलियो नेपाल कप–२०२३ क्रिकेट प्रतियोगिता शुरु

पोखरा, चैत २२ पोखरामा बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगिता शुरु भएको छ । बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभको आयोजनामा १९ वर्ष मुनिको बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज अचार्यले उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन कर्णाली क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीले बिजयी शुरुवात गरे । उद्घाटन खेलमा कर्णाली क्रिकेट एकेडेमीले पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंलाई १० रनले हरायो । कर्णालीले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर केवल… पुरा पढौ

नरसिंहकोटमा थपिँदै पर्यटन पूर्वाधार

बागलुङ । उदीयमान सहर बुर्तिबाङको शिरमा छ नरसिंहकोट । बागलुङको निसीखोला गाउँपालिका–७ मा स्थित नरसिंहकोटको धार्मिक, पर्यटकी तथा ऐतिहासिक रूपमा निकै चर्चित ठाउँ हो । पर्यटकीय हिसाबले चर्चित भए पनि पूर्वाधार नबन्दा केही वर्ष अगाडिसम्म पर्यटकको आगमन न्यून थियो । जब निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दियो, त्यसपछि यहाँ दैनिकी पर्यटक आउन थालेका छन् । गाउँपालिकाले पनि नरसिंहकोटलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणमा जुटेको छ । नरसिंहकोट पुरोना राज्यसमेत भएको हुँदा यहाँ पर्यटकहरू बढी आउने गरेको पाइन्छ । तत्कालीन… पुरा पढौ

राजनीतिशास्त्र विभागमा उत्कृष्ट नतिजा ल्याउने ३ जनालाई छात्रवृत्ती वितरण

पोखरा । पृथ्वीनारायण क्याम्पस पोखराको स्तानतकोत्तर कार्यक्रममा राजनीतिशास्त्र अध्ययन गरि उत्कृष्ठ नतिजा हासिल गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । शेर बहादुर–पुर्ण कुमारी–गणेश बहादुर गुरुङ अक्षयकोषले २० औँ साधारणसभाको अवसरमा मंगलबार ३ वटा सेमेष्टरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । सरिता अधिकारीले पहिलो, सुधिर शर्मा पराजुलीले दोश्रो र तेश्रो तथा सञ्जिव बाबु पौडेलले तेश्रो सेमेष्टर (२०७७) मा उत्कृष्ट नतिजा ल्याएको र उनिहरुलाई कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइराला, विभागका प्रमुख प्रा. ठान बहादुर क्षेत्री, पुर्व… पुरा पढौ

सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आज यहाँ आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित गर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले भने, ‘‘संविधानसभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीति, अर्थनीति, शासन प्रणाली कस्तो हुने भन्नेबारे लामो, गम्भीर, बहुपक्षीय र बहुआयमिक छलफल गरेका थियौँ । सोही छलफलको जगमा अवको… पुरा पढौ

यचु हेयर आयल अब पोखरामा

चैत २१ पोखरा । एमडिआर इण्डष्ट्रिजको उत्पादन रहेको यचु हेयर आयल अब पोखरामा उपलब्ध हुने भएको छ । कम्पनीले मंगलवार पोखरा पत्रकार सम्मेलन आयोजना गरि यसका बारेमा जानकारी दिइएको हो । पोखराको चिप्लेढुँगामा रहेको यू.एफ.ओ. भवनमा यचुको शाखा रहनेछ । .तेल बिशुद्ध नेपाली उत्पादन भएको र नेपालमै पाइने विभिन्न जडिबुटीजन्य तथा तेलजन्य कच्चापद्धार्थबाट केमिकलरहित तरिकाले उत्पादन हुने यचु हेयर आयलका अध्यक्ष उज्वल मानन्धरले बताए । पछिल्लो समयमा शहरी क्षेत्रका व्यक्तिहरुमा कपाल सम्बन्धि समस्या धेरै रहेको हँुदा कम उमेरमै कपाल झर्ने… पुरा पढौ

विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्ने बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेर उनले प्राधिकरणले गरिरहेका कामको जानकारी लिने क्रममा नेपाल जलवायु परिवर्तनको जोखिममा रहेकाले यसको न्यूनीकरण तथा व्यवस्थापनका कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।उपप्रधानमन्त्री श्रेष्ठले विपद्का ठूला घटना भएपछि त्यसको चर्चा हुने तर भविष्यमा हुनसक्ने विपद् कम गर्नेतर्फ पर्याप्त काम नहुने अवस्थाको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै यसतर्फ ठोस पहलकदमी लिइने विश्वास व्यक्त गरे । विपद् जोखिम न्यूनीकरण… पुरा पढौ