देश

साँघुमुख महेन्द्रपुल बजार समितिको अध्यक्षमा नबराज कोइराला

चैत २५ साँघुमुख महेन्द्रपुल बजार समितिको अध्यक्षमा नबराज कोईराला चयन भएका छन् । समितिको शनिबार सम्पन्न एघारौं साधारण सभा तथा छैटौं अधिवेशनले निवर्तमान उपाध्यक्ष कोईरालालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा उपाध्यक्ष नारायण बास्तोला, महासचिवमा दुर्गा रन्जित श्रेष्ठ , सचिवमा राजु सुनार र कोषाध्यक्षमा राजेन्द्र अधिकारी चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा कृष्णहरी भट्टराई, श्रीराम गौतम, शिव आचार्य, रमेश सापकोटा, दीपा कार्की, मनिषा रेग्मी, केदार बराल र रुद्र बस्नेत चयन भएका छन् । यसअघि अधिवेशनको पोखरा महानगरपालिकाका प्रवक्ता… पुरा पढौ

होटल व्यवसायी महासंघ गण्डकीको महाधिवेशन शुरु, पर्यटन ऐन फेर्ने पर्यटन मन्त्रीको घोषणा

पोखरा, चैत २५ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चाँडै नया पर्यटन ऐन ल्याउने बताएका छन् । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले आफूभन्दा जेठो ऐन काम नलाग्ने अवस्थामा पुगेकाले फेर्न लागिएको बताए । मभन्दा जेठो पर्यटन ऐनले केहि लछारपाटो लगाउँदैन, उनले भने,‘त्यसैले यो ऐन फेर्दैछौं । हामी अहिलेको समयसापेक्षित पर्यटन ऐन ल्याउँदैछौं ।’ पर्यटन मन्त्री किराँतीले नया पर्यटन ऐनले पर्यटनलाई उद्योगको रुपमा विकास गर्ने बताए । अहिलेको ऐनमा धेरै कुराहरु सुधार्नुपर्नेछ,उनले… पुरा पढौ

एमालेको प्रश्न, साझा न्यूनतम कार्यक्रम सदन बाहिर किन ?

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालु रहेका बेला सदनबाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको प्रतिक्रिया दिएको छ । उक्त पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलगायत सरकार संसद्प्रति उत्तरदायी बन्ने सुन्दर लोकतान्त्रिक पक्षलाई बेवास्ता गर्दै सदन चलिरहेकै समयमा सदनबाहिर त्यस्ता कार्यक्रम प्रस्तुत गरिनु गम्भीर चिन्ताको विषय भएको टिप्पणी गरे ।उनले भने, “सरकारले के ग¥यो भन्नेबारे प्रतिनिधिमूलक संस्था संसद्ले थाहा पाउनुपर्छ, सदन चलिरहेको छ, सरकारले बिजनेश दिन सकेको छैन, संसद्लाई… पुरा पढौ

कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा सुधार

काठमाण्डौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा भण्डारीको स्वास्थ्य पछिल्लो समय राम्रो हुँदै गएको हो । गत फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारीको स्वास्थ्यमा राम्रो सुधार आएको उनी निकट कांग्रेसका नेता माधव न्यौपानेले जानकारी दिए । “डा भण्डारीको अनुहारको छाला राम्रो भइरहेको छ, बायाँ हातको पट्टी खोलिएको छ,… पुरा पढौ

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुने सङ्ख्या ५ पुग्यो

रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) भएको बलेरो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछपका अनुसार थप मृत्यु हुनेमा मन्थली नगरपालिका–७ कौछिनी का ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगर रहेका छन् । बाँकी रहेका ११ घाइतेमध्ये तीन गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । दैनिकरूपमा कौछिनीबाट मन्थलीसम्म चल्दै आएको उक्त बलेरो आज अपराह्न १६ यात्रु र समान लिएर रामेछापको मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गर्दा ब्रेक… पुरा पढौ

सरकारको साझा कार्यक्रमः संविधानको पूर्ण कार्यान्वयनदेखि जनतालाई राहतसम्म

काठमाण्डौं । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संवर्द्धन, संविधानको रक्षा, समस्यामा परेको अर्थतन्त्रलाई सुधार गर्नेलगायतका विभिन्न अवधारणा समेटिएको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । साझा कार्यक्रम सरकारमा सहभागी भएका र गठबन्धनमा आबद्ध १० राजनीतिक दलको साझा अवधारणाका रूपमा आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा गठबन्धनमा आबद्ध दलका शीर्षनेताको उपस्थितिमा १३ पृष्ठ लामो साझा कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यक्रममा विभिन्न नौ बुँदामा सरकारको प्राथमिकता तय गरिएको छ । यस्तै… पुरा पढौ

सरकारको न्यूनतम कार्यक्रम : नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थल बनाइने

काठमाण्डौं । सरकारले नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्यस्थलको रूपमा विकास गर्ने लक्ष्य लिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सार्वजनिक गरिएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा उक्त लक्ष्य प्राप्तिका लागि आवश्यक पूर्वाधार विकास गर्ने योजना ल्याइएको हो । पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आवश्यक योजना बनाउने साझा न्यूनतम कार्यक्रममा समेटिएको छ । विमानस्थल, हवाई उड्डयन, हिमाली लोकमार्ग जस्ता पूर्वाधारको विकास गर्नुका साथै पर्यटकीय क्षेत्रका होटल, ट्राभल एजेन्सी, टे«किङ एजेन्सीलगायतका सेवा प्रदायकहरूको विकास तथा गुणस्तर व्यवस्थित गर्ने सरकारको प्राथमिकता… पुरा पढौ

संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम (पूर्णपाठ सहित)

काठमाण्डौं । सत्ता गठबन्धनले शान्ति प्रक्रियाका बाँकी कामलाई तत्काल पूर्णता दिनेलगायतका विषय समेटिएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूको उपस्थितिमा सदाचार, सुशासन तथा आर्थिक विकासलाई ध्यानमा राखिएको साझा कार्यक्रम सार्वजनिक गरिएको हो । संयुक्त सरकारका प्राथमिकतामा विभिन्न नौ बुँदा समेटिएको छ । त्यसमा संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जन÷विकास गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र सङ्घीयता कार्यान्वयन गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । त्यस्तै… पुरा पढौ

अर्थतन्त्र आतिनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री

काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन् । अर्थ मन्त्रालयमा आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा उनले अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे सजग रहेर सुधारको दिशामा अघि बढ्नुपर्ने खाँचो औँल्याए । उनले भने, “अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । खर्च कम गरेर उत्पादनशील क्षेत्रमा लगाउने र जनतामा देखिएको नैराश्यलाई कम गर्न केही सुधारका काम गर्नु अपरिहार्य छ ।” अर्थमन्त्री डा महतले अनावश्यक खर्च कम गर्ने र… पुरा पढौ

बलियो नेपाल क्रिकेट कप : कर्णालीले लगातार दोश्रो जित निकाल्दा स्टार क्रिकेट एकेडेमीको बिजयी शुरुवात

पोखरा, चैत २३ बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगितामा कर्णालीले लगातार दोश्रो जित निकालेको छ । बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभको आयोजनामा बुधबारदेखि शुरु भएको १९ वर्ष मुनिको बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगितामा कर्णालीले लगातार दोश्रो जित निकालेर अपराजित बन्दै महत्वपूर्ण ४ अंक प्राप्त गरेको छ । प्रतियोगिता अन्तर्गत विहीबार भएको खेलमा कर्णालीले ईलाम क्रिकेट एकेडेमी फर युथलाई ३२ रनले पराजित ग¥यो । पहिले व्याटिङ गरेको कर्णालीले १३ ओभरमा छोट्याइएको खेलमा ४ विकेट गुमाएर १२२ रन बनाएको थियो । १२३ रनको लक्ष्य… पुरा पढौ