देश

लघुवित्तले बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने

काठमाण्डौं । लघुवित्त कम्पनीले ग्राहकबाट सेवा शुल्कबापत अतिरिक्तरुपमा लिएको रु एक अर्ब ६० करोड बराबर रकम एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स सङ्घ, लघुवित्त सङ्घ नेपाललगायतको बैठकबाट लघुवित्त कम्पनीले वार्षिक एक दशमलव पाँच प्रतिशतभन्दा बढी सेवा शुल्क नलिने सहमतिसमेत भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले आज जारी गरेको प्रेस नोटअनुसार एउटा ग्राहकले एकभन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको प्रभावकारी… पुरा पढौ

गोङ्गबु घटनाको गम्भीररुपमा छानबिन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

फागुन ३ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दिउँसो काठमाडौँको गोङ्गबुमा भएको घटनाको गम्भीररूपमा छानबिन गर्न सुरक्षा अङ्गका प्रमुखलाई निर्देशन दिए । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर उनले घटनाको गहिरो गरी छानबिन गर्न र अन्यायमा परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले भने, “गोङ्गबुमा सोमबार भएको घटनालाई मैले गम्भीररूपमा लिएको छु । राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीररूपमा लिनुपर्छ । घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो… पुरा पढौ

नेकपा एस कुनै अर्को पार्टीसँग बिलय हुँदैन : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले बिचार मिल्ने दलहरुसँग सहकार्य, एकता र मोर्चा बनाउँदै जाने बताएका छन् । समाजवादी प्रेस संगठन गण्डकीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले बिचार मिल्ने दलहरुसँग एकता, सहकार्य र मोर्चा बनाउँदै गएपनि आफ्नो पार्टी कुनै अर्को पार्टीमा विलय भने नहुने स्पष्ट पारे । ‘कसैले कुनै दलसँग हाम्रो पार्टी नेकपा एस विलीन् हुन्छ भन्ने भ्रम पालेको भए त्यो फाले हुन्छ । तर बिचार, भावना… पुरा पढौ

एमालेलाई राष्ट्रपति दिए देश बर्बाद हुन्छ : नेपाल

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिपनि एमालेको भए देश बर्बाद हुने बताएका छन् । समाजवादी प्रेस संगठन गण्डकीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले सभामुख र राष्ट्रिय सभाको अध्यक्ष एमालेबाटै भइसकेकाले सन्तुलन मिलाउनपनि एमालेलाई राष्ट्रपति दिन नहुने बताएका हुन् । ‘राष्ट्रिय राजनीतिमा सन्तुलन मिलाउन जरुरी छ । सन्तुलन मिलाईयो भनेमात्र फेरी प्रतिगमन हुँदैन’–उनले भने । अध्यक्ष नेपालले सबैलाई स्वीकार्य व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताए । संविधानको रक्षा गर्ने, गणतन्त्र, धर्मनिरपेक्षता… पुरा पढौ

मेची किनारबाट देश प्रतिगमनतर्फ जान लागेको संकेत पाएका छौं : नेपाल

पोखरा, फागुन ३ नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले देश प्रतिगमनतर्फ जान उद्यत रहेको बताएका छन् । समाजवादी प्रेस संगठन गण्डकीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एसका अध्यक्ष नेपालले देश प्रतिगमनतर्फ जान उद्यत रहेको र त्यसको संकेत मेची किनारबाट संकेत मिलेको बताएका हुन् । वर्तमान सत्ता गठबन्धनलाई खिचडीको गठबन्धनको संज्ञा दिदै उनले भने,‘यो खिचडी गठबन्धन संविधानप्रति प्रतिबद्ध छैन । गणतन्त्रप्रतिपनि प्रतिबद्ध छैन र संघीयताप्रतिपनि प्रतिबद्ध छैन । यो परिवर्तन प्रतिपनि गौरव बोध… पुरा पढौ

अनेरास्ववियुले नयाँ नेतृत्व चयन गर्दै

नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन आज पनि जारी छ । आजदेखि बन्दसत्र सुरु हुने छ । अनेरास्ववियुका महासचिव समिक बडालका अनुसार बन्दसत्र सकिएपछि आजैदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । बन्दसत्र सञ्चालनका लागि एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको अध्यक्षमा नौ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । अध्यक्षमण्डलका सदस्यमा विनोद ढकाल, खिमलाल भट्टराई, रचना खड्का, माधव ढुङ्गेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर र सुनिता बराल रहेका छन् । अध्यक्षमण्डलले सहमतिको प्रयास गर्ने र सहमति नभए निर्वाचन प्रक्रियामार्फत नयाँ… पुरा पढौ

पोखरा महानगरमा अझै कायम छ कटुवाल प्रथा

अन्नपूर्ण । विगतमा नेपालमा आमसञ्चारका लागि कटुवाल प्रथा निकै उत्तम माध्यम थियो । कटुवालले दिएको सूचनाका आधारमा गाउँले भेला हुने र सो आवाजअनुसार उनीहरुले अन्य धेरै काम गर्दथे । अहिले सेटेलाइट र इन्टरनेटको प्रयोगका कारण आमसञ्चार क्षेत्रमा पनि निकै परिवर्तन आइसकेको र नेपाली परम्परागत रैथाने सञ्चार प्रणाली धेरै गाउँबाट बिस्तारै हराउन थालेको छ । लोप हुने अवस्थामा रहेको कटुवाल प्रथा भने पोखरा महानगरपालिका–१६ अर्मलाकोट गाउँमा अझै कायमै छ । यहाँका डिलप्रसाद जैसीले यो काम गरिरहनुभएको छ । छयत्तर वर्षका उहाँको… पुरा पढौ

यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता

काठमाडौ । यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर सङ्गठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी भएको हो । मजदुर सङ्गठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । यातायात मजदुर सङ्गठनले आज उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सम्मिलित वार्तापछि यस्तो समझदारी भएको उहाँका प्रेस विज्ञ कमल गिरीले जानकारी दिए । ट्राफिक जरिवाना घटाउनु पर्नेसहित… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेशसचिव क्वात्राको भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेशसचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशसचिव क्वात्राले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विदेशसचिव क्वात्रा परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज आइतपुगेका हुन् । यसअघि उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । आजै उनले परराष्ट्रमन्त्री डा… पुरा पढौ

रास्वपा केन्द्रिय कमिटीमा रमेश प्रशाई सहित १६ जना मनोनित

फागुन १ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिमा थप १६ जना मनोनित भएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले १६ जनालाई केन्द्रिय समितिमा मनोनित गरेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले यसअघि २४ जना रहेको केन्द्रिय कमिटीमा १६ जना थपेर ४० सदस्यीय बनाइएको जानकारी दिए । मनोनित हुनेमा निशा मेहता, विन्ध्यवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला, हरि भट्ट, ध्रुव गिरी,… पुरा पढौ