देश

राष्ट्रियसभाबाट तीन विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावमाथि सांसद खिमलाल देवकोटाले यो विधेयक सकारात्मक रहेको बताउँदै स्थानीय र प्रदेश सरकारको भूमिकासमेत यसमा स्पष्ट हुनुपर्ने बताए । उनले सबै प्रकारका आयोजनालाई प्रभावकारी बनाउन तीनवटै तहका सरकारकातर्फबाट अनुगमन गर्ने व्यवस्था गर्नुपर्ने र विधेयकमा यससम्बन्धी प्रावधान राख्नुपर्नेमा जोड दिए… पुरा पढौ

फूलपाती विसर्जन गरी समापन गरियो स्वस्थानी व्रत

पौष शुक्ल पूर्णिमादेखि नै सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने क्रम पनि आइतबार बेलुकी नै समापन गरी वर्तालु रातभर जाग्राम बसेका थिए । जाग्रामपछि आज बिहान एक महिनासम्म स्वस्थानी देवीलाई चढाइएको फूलपाती नजिकको नदी, ताल, तलाउ वा पोखरीमा लगी सेलाउने व्रत विधि छ । विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आइतबार एक सय आठ जनै, एक सय आठ सुपारी, एक सय आठ… पुरा पढौ

सार्कस्तरीय जलवायु परिवर्तन पत्रकार मञ्च गठन

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा जलवायु परिवर्तनका मुद्दा उजागर गर्न तथा वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले यस क्षेत्रका पत्रकारहरूको साझा मञ्च गठन गरिएको छ । गत नोभेम्बरमा इजिप्टको शर्म अल शेख सहरमा भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २७ मा सहभागी सार्क मुलुकका वातावरण पत्रकारहरूको भेलाले दक्षिण एसियाली जलवायु परिवर्तन पत्रकार मञ्च (साउथ एसियन क्लाइमेट चेन्ज जर्नालिस्ट्स फोरम) गठन गरेको थियो । सो तदर्थ समितिमा आबद्ध पत्रकारहरूले भर्चुअल माध्यमबाट विभिन्न चरणमा बैठक गरी संस्था गठनको आवश्यक प्रक्रिया अघि… पुरा पढौ

सरकारलाई दिएको समर्थन रास्वपाले कायमै राख्ने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत पार्टी सभापति रवि लामिछानेले सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले रास्वपाको भागमा परेको गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिने भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको बताए । सभापति लामिछानेले रास्वपाबाट दाहाल नेतृत्वमा बनेका मन्त्रीहरूबाट पनि आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने भएको समेत जनाए… पुरा पढौ

एभरेस्ट एफएमको आयोजनामा पोखरामा स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवीलाई पोखरेली कलाकारको ट्रिब्यूट

पोखरा, माघ २१ पोखरामा स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित अरुणा लामा–तारादेवी स्मृति साँझ सम्पन्न भएको छ । स्वर साम्राज्ञी अरुणा लामाको स्मृति दिवसको दिन पारेर पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा आईतबार पोखराको कुटी–२ रिसोर्टमा स्मृति साँझ आयोजना गरिएको हो । सिटीजन फर्निचर ट्रेड लिंकको प्रस्तुतीमा सम्पन्न स्मृति साँझमा पोखरेली एक दर्जन कलाकारहरुले अरुणा लामा र तारादेवीका कालजयी गीत गुञ्जाएर ट्रिब्यूट दिए । पोखरेली कलाकार सुमधुर स्वरकी धनी… पुरा पढौ

रास्वपा बैठक जारी, सरकारबारे निर्णय लिने

माघ २१ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको आकस्मीक बैठक जारी रहेको छ । पार्टीले गत बिहीबार गृहमन्त्रालयबारे निर्णय लिन दिएको २ दिनको समय सकिएसँगै आकस्मीक बैठक बोलाएको हो । केहीबेर अगाडीबाट शुरु भएको बैठकले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे निर्णय गर्न सक्ने पार्टीका एक नेताले जानकारी दिए । बिहीबार बसेको पार्टीको संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकपछि रास्वपाले गृह मन्त्रालयबारे निर्णय लिन २ दिनको समय दिएको थियो । पुरा पढौ

लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ : महामन्त्री थापा

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएका छन् । बाराको कलैयामा आज आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने खेल भइरहेको बताए । संविधान मान्ने र नमान्ने दुई पक्ष मुलुकमा देखिएका उल्लेख गर्दै उनले संविधान पक्षधर सम्पूर्ण लोकतन्त्रवादी एकजुट हुनुको विकल्प नरहेको बताए । “प्रेसलाई सङ्कुचन पारेर सङ्घीयतालाई समाप्त पार्ने खेल भइरहेको छ”, महामन्त्री थापाले भने– “सबैले सजग र सचेत… पुरा पढौ

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक स्थगित

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक भोलि पुनःसञ्चालन हुने गरी स्थगित भएको छ । विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूबाट धारणा राख्ने क्रम बाँकी रहेकाले भोलिसम्म बैठक स्थगित गरिएको पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा १० समूह बनाइ छलफल सुरु गरिएको छ । उक्त बैठकमा सहभागी केन्द्रीय नेताबाट प्रतिवेदनलाई गहन रुपमा अध्ययन तथा छलफल गरेपछि प्राप्त हुने सुझावका आधारमा… पुरा पढौ

पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ भोलि, तयारी पूरा

पोखरा । पोखरामा आज आईतबार अरुणा लामा–तारादेवी स्मृति साँझ आयोजना हुँदैछ । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा यहि माघ २२ गते आईतबार पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ हुन लागेको हो । स्वर साम्राज्ञी अरुणा लामाको स्मृति दिवसको दिन भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक मध्येको एक एभरेस्ट एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । यसअघि कालजयी गायीका तारादेवीको माघ १३ गते स्मृति दिवस परेपनि दुबैको स्मृतिमा कार्यक्रम गरिन लागेको… पुरा पढौ

गण्डकीमा विनियोजन ऐन संशोधन गरिँदै

गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकमान्तर गरी खर्च गर्न विधेयक संशाधनको प्रक्रिया अगाडि बढाएको हो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने सरकारको लक्ष्य छ । विनियोजन ऐन संशोधन विधेयकमाथि आउँदो मङ्गलबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ । शुक्रबारको बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यले… पुरा पढौ