देश

निर्वाचन प्रणालीको विधिमा सुधार आवश्यक : अध्यक्ष ओली

मोरङ । लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन गर्ने दस्तावेज भए पनि शासन प्रणालीमा सुधार गर्न अहिलेनै यो संशोधन गर्नुपर्ने बेला नभएको स्पष्ट पारे । अध्यक्ष ओलीले नेकपा एमालेको राष्ट्रपति पदमा उम्मेदवार हुनु भनेको सत्ता पक्ष र वर्तमान सत्ता समीकरणको उम्मेदवार भएको स्पष्ट पारे । सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री पाउनुपर्ने तर त्यो पार्टीले कसलाई… पुरा पढौ

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीका लागि २ दिन पर्खिने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयको सम्बन्धमा निर्णय गर्न दुई दिनको समय दिएको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा आज साँझ बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले गृह मन्त्रालय रास्वपालाई नै दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई दुई दिनको समय दिने निर्णय गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए । उनले भने, “आजको बैठक बस्नुभन्दा पहिला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई… पुरा पढौ

सरकारलाई नागरिक उन्मुक्ति पार्टीको २४ घण्टे ‘अल्टिमेटम’

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाले सरकारलाई २४ घण्टे ‘अल्टिमेटम’ दिएको छ । नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद अरुण चौधरीको रिहाइको माग गर्दै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको हो । सांसद चौधरीको पक्राउले सम्पूर्ण आदिवासी थारू र पहिचानवादीहरूमाथि विभेद गरेको भन्दै नागरिक उन्मुक्तिले २४ घण्टाभित्र रिहाइको माग गर्दै प्रेस विज्ञप्ति निकालेको हो । पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै सांसद चौधरीलाई पक्राउ गरिएकोप्रति भत्र्सना गरेका छन् । पुरा पढौ

पूर्वकप्तान पारसद्वारा क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन

काठमाडौ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान (क्रिकसल)को उद्घाटन गरेका छन्। सो अवसरमा उनले क्रिकेट खेलको विकासका लागि आफ्नो संस्था क्रिकेट एक्सिलेन्स सेन्टर र एक्सेल्सियर स्कुलबीच सहकार्य गर्ने घोषणा गरे । पूर्वकप्तान खड्कासहितका व्यक्तिले क्रिकेट खेलको विकासका लागि केही वर्षदेखि महाराजगञ्जमा क्रिकेट एक्सिलेन्स सेन्टर सञ्चालन गरिरहेका छन् । उदघाटनका अवसरमा खड्काले भने, “हरेक क्षेत्रमा मेहनत आवश्यक पर्छ तर सफलताका लागि इमान्दारी र लगनशीलता पनि आवश्यक पर्छ । यस… पुरा पढौ

पानी नपरेपछि किसान चिन्तित,हिउँदेबालीमा सिँचाइको अभाव

रसुवा । दसैँयता वर्षा नभएपछि यहाँ लगाइएका हिउँदेबालीमा सिँचाइको अभाव भएको छ । समय–समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउदेबाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलुसमेतलाई सिँचाइको अभाव भएको हो । सिँचाइ अभावका कारण यस वर्षको हिउँदे खेतीबालीको उत्पादन ५० प्रतिशतले घट्ने अनुमान किसानले गरेका छन् ।“मङ्सिरमा पर्नुपर्ने हिउँ अहिलेसम्म नपरेकाले गहुँको बोट भुइँ झारकोजस्तै तलै छन् । यसले उत्पादनमा ह्रास आउने सम्भावना देखिएको छ”, स्थानीय किसान याकबहादुर लिम्बूले भने । हिउँदेबालीको उत्पादनमा कमी आउने देखिएपछि खाद्यान्नको… पुरा पढौ

सामाजिक सुरक्षामा झण्डै चार लाख श्रमिक समेटिए

काठमाडौ । योगदनमा आधारित सामाजिक सुरक्षा योजनामा झण्डै चार लाख श्रमिक समेटिएका छन् । हालसम्म योजनामा सूचीकृत हुने श्रमिकको सङ्ख्या तीन लाख ९१ हजार एक सय ५६ पुगेको सामाजिक सुरक्षा कोषले जनाएको छ । १७ हजार छ सय ४६ रोजगारदाता पनि कोषमा समावेश भएका छन् । कोषमा सबैभन्दा बढी बागमती प्रदेशबाट दुई लाख ९९ हजार आठ सय ३५, प्रदेश नं १ बाट ३८ हजार आठ सय ४९, मधेसबाट २१ हजार ५६, गण्डकीबाट १४ हजार आठ सय ९३, लुम्बिनीबाट १३ हजार… पुरा पढौ

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार ९४ दशमलव ५४ मा सीमित भएको छ । आजको कारोबारपछि ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८० अङ्कले ओरालो लागेर तीन सय ९८ दशमलव ३७ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । नेप्सेका अनुसार कारोबार भएकामध्ये १९ कम्पनीको शेयर मूल्य… पुरा पढौ

गण्डकी प्रदेशसभाद्वारा दुई वटा अध्यादेश स्वीकृत

पोखरा । गण्डकी प्रदेशसभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारबाट जारी भएका निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गरेको हो । बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले अध्यादेशलाई स्वीकृत गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको हो । आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले पृथ्वीराजमार्गको पोखरा मुिग्लन सडकखण्ड… पुरा पढौ

सङ्कटमा छन् झलनाथले सम्झिएका असला

गण्डकी । नेपाली राजनीतिका शीर्षस्थ नेताद्वय झलनाथ खनाल र चित्रबहादुर केसीले एक टेलिभिजनको हालैको अन्तर्वार्तामा पुराना अनुभव साटासाट गरे । पचास वर्षअघिको समाज, शिक्षा र राजनीतिका विषयमा अनुभव पनि साटे । पूर्वी इलामका खनाल र पश्चिमका केसीबीचको चिनजान भने शिक्षकका रुपमा सुरु भएको थियो । केसी २०२५र२६ सालतिर बाग्लुङ गलकोटमा रहेको गलकोट माध्यामिक विद्यालयमा प्रधानाध्यापक थिए । विद्यालयमा विज्ञान पढाउने शिक्षकका रुपमा इलामका खनाललाई उनले नै बोलाएका थिए । शिक्षणसँगै राजनीति सुरु गरेका उनीहरुमध्ये खनाल प्रधानमन्त्री भइसक्नुभएको छ भने केसी… पुरा पढौ

सवारी दुर्घटनामा २५ जनाले ज्यान गुमाए

दाङ । गत कात्तिक २२ गते तुलसीपुरबाट सल्यानको कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ श्रीखोलामा भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भयो । सो दुर्घटनामा परी आठ जना गम्भीर घाइते भए भने मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ का एकै गाउँका थिए । त्यसैगरी गत असार १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको रा ३ प २९१२ नंको मोटरसाइकलले घोराही उपमहानगरपालिका–७ को बेसाहीमा तीन वटा साइकललाई ठक्कर दिँदा साइकल चालक सोही ठाउँका १६ वर्षीय… पुरा पढौ