देश

पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने पोखरेलीको ५० वर्षदेखिको सपना पूरा

पोखरा, पुस १७ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने पोखरेलीको सपना पूरा भएको छ । पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने पोखरेलीको सपना पूरा भएको हो । विमानस्थलको आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे । उद्घाटन अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उडान र अवतरण भएका थिए । शुरुमा बुद्ध एयर र त्यसपछि यति एयरलाईन्स, गुण, सौर्य र हिमालय एयरलाईन्सका जहाज अवतरण भएको थियो । त्यसपछि भने पोखराबाट उडान शुरु गरिएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले जनाएको छ । उद्घाटन समारोहमा… पुरा पढौ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २६ अङ्कले उकालो लागेर दुई हजार ४६ दशमलव २९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव शून्य दुईमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको भने शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका… पुरा पढौ

तनहुँमा अठ्ठाइस २८ करोडको सुन्तला उत्पादन

तनहुँमा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । मौसमले साथ दिएको र किसानले मलजल, पानीको व्यवस्था तथा गोडमेलमा ध्यान दिएकाले यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार यसवर्ष रु २८ करोड बराबरको सुन्तला उत्पादन भएको छ । एक हजार चार सय ८० हेक्टरबाट नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको तिवारीले बताए। अघिल्लो वर्ष रु २६ करोड ५० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । त्यसवर्ष एक हजार चार सय… पुरा पढौ

जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने हो भनेका छन। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उनले जनतालाई विश्वासमा लिएर सकारात्मक काम गर्नु नै सरकारको प्रमुख कर्तव्य भएको बताएका हुन । प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी रहेको भन्दै दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर भए पनि राम्रो गर्न निर्देशन दिएका प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । दाहालले आफूले गरेको राम्रो कामको प्रचार हुन… पुरा पढौ

ईस्वी संवत् २०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् । ईस्वी संवत् २०२३ को उपलक्ष्यमा आज यहाँ जारी शुभकामना सन्देशमा उनले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताए । उनले सन्देशमा भनेका छन्, “एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्शालाई पूरा गर्न चाहन्छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका… पुरा पढौ

इस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्वी संवत् २०२३ का अवसरमा नेपाल तथा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले इस्वी संवत् २०२३ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भनी कामना गर्नुभएको छ । प्रधानमन्त्री दाहालले नेपाल र नेपालीको उन्नति र बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्ने सङ्कल्पको आह्वान गरेका छन् । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी संवत् सुरुआत भएको भन्ने… पुरा पढौ

धरानलाई हराउँदै एपिएफ आहा–रारा पोखरा गोल्डकपको सेमीफाइनलमा

पोखरा, पुस १६ डिफेन्डिङ च्याम्पीयन सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा धरान फुटबल क्लवलाई २–० ले पराजित गर्दै एपीएफ सेमीफाइनलमा प्रवेश गरेको हो । एपीएफले दुबै गोल पहिलो हाफमा ग¥यो । शुरुदेखि नै आक्रामक खेलेको एपीएफले ३७ औं मिनेटमा अग्रता लियो । एपीएफका लागि विकु तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । उनले मैदानको मध्यभागबाट आएको पासलाई सदूपयोग गरेका हुन् । उनले… पुरा पढौ

पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको उद्घाटनको अवसरमा महानगरमा आईतबार सार्वजनिक बिदा

पोखरा, पुस १६ पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको उद्घाटनको अवसरमा पोखरा महानगरमा सार्वजनिक बिदा दिइएको छ । विमानस्थलको उद्घाटनलाई भव्य बनाउन र जनसहभागिता व्यापक बनाउन भन्दै पोखरा महानगरपालिकाले महानगरभित्र सार्वजनिक विदा दिएको हो । विमानस्थलको आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यतालिका रहेको छ । महानगरपालिकाले शनिबार एक सार्वजनिक सूचना निकाल्दै विमानस्थल उद्घाटनको दिन आईतबार महानगरमा सार्वजनिक बिदा दिएको जनाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जारी गरेको विज्ञप्तीमा आईतबार महानगरपालिका कार्यालयसहित महाशाखा, शाखा, वडा कार्यालय तथा महानगरभित्रका… पुरा पढौ

आहा ! रारा गोल्डकपमा चर्च व्वाईजको डेब्यू खेलमै जादू, ६ पटको बिजेता पुलिस २–१ ले पराजित

पोखरा, पुस १५ चर्च व्वाईज युनाइटेड क्लवले आहा ! रारा गोल्डकपको डेब्यू खेलमै जित हात पारेको छ । डेब्यू खेलमै जादू चलाएको चर्च व्वाईजले ६ पटकको उपाधि बिजेता नेपाल पुलिस क्लवलाई २–१ ले पराजित गर्दै बिजयी शुरुवात गरेको हो । २२ औं संस्करणको आहा रारा गोल्डकपको सर्बाधिक बिजेता पुलिसले अग्रता जोगाउन नसकेपछि चर्च व्वाईजलाई नतिजा सुम्पियो । पुलिसले खेलको २५ औं मिनेटमा अग्रता लिएको थियो । पुलिसका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका थिए । उनले निरकुमार राईको पासलाई… पुरा पढौ

बसपार्क अतिक्रमण गरी बनाइएका संरचना हटाइयो

म्याग्दी । म्याग्दीको कालीपुल बसपार्कमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अव्यवस्थित भौतिक संरचना हटाइएको छ । बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने कालीपुलको बसपार्क विस्तार र निर्माणका लागि टिकट काउन्टर, रेष्टुराँ, सार्वजनिक शौचालय र भवन हटाइएको हो । बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले बसपार्कलाई व्यवस्थित बनाउन त्यहाँ रहेका भौतिक संरचना डोजर चलाएर हटाइएको जानकारी दिए। “सार्वजनिक जग्गा भाडामा लिएर अस्थायी संरचना बनाइ व्यवसाय गर्दै आएका सम्बन्धित व्यक्ति, संस्था र यातायात कम्पनीसँग गरिएको सम्झौताको म्याद बसपार्क निर्माणको काम… पुरा पढौ