देश

प्रतिपक्षी दलले उपाध्यक्षको टुङगो आइतबार लगाउने

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहितका दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने भएका छन् । सिहदरबास्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान बसेको कांग्रेस, नेकपा(एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेतासम्मिलित बैठकले उम्मेदवारी आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो । कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सङ्घीय संसद्मा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको बताए । उनले भने, “उम्मेवारीका सम्बन्धमा एकसरो कुराकानी र विश्लेषण आज भएको छ, आइतबार बिहानसम्ममा… पुरा पढौ

किसानका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको समाचारप्रति कृषि तथा पशुपक्षी मन्त्रालयको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री दाहालले किसानका माग सम्बोधनको आवश्यक पहल लिन निर्देशन दिएको उनका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। चितवनका किसानले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै शुक्रबार सडकमा तरकारी फालेपछि प्रधानमन्त्रीले कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराए । चिवतनमै रहेकी मन्त्री साहलाई प्रधानमन्त्री दाहालले सरोकारवाला किसानसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशन दिए ।… पुरा पढौ

विश्व क्यान्सर दिवस : सुरुवाती चरणमै थाहा पाए सजिलै निको हुने

आज विश्व क्यान्सर दिवस: विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । क्यान्सरलाई समयमा नै पहिचान गरेर राम्रोसँग उपचार गरे निको हुने डाक्टरको भनाइ छ । डाक्टरहरुका अनुसार शरीरमा कोशिकाको समूह अस्वाभाविक वृद्धि भएमा तिनै कोशिकाबाट गिर्खा या ट्युमर बन्ने गर्छन । फोक्सो, पाठेघर, आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा, स्तन र रगतको क्यान्सर धैरै हुने गर्छ । विश्व स्वास्थ्य… पुरा पढौ

साठीघरे पराजुली समाजको दाबी : पृथ्वीनारायण क्याम्पसले दाबी गर्दै आएको जग्गा हाम्रो खरबारी हो

पोखरा, माघ २० साठीघरे पराजुली समाजले पृथ्वीनारायण क्याम्पसले दाबी गर्दै आएको पोखरा महानगरपालिका वडा नम्बर १ स्थित कित्ता नम्बर ८३३ को जग्गा आफूहरुको भएको दाबी दोहो¥याएको छ । समाजले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर पिएन क्याम्पसले दाबी गरेको सो जग्गा आफूहरुले हकभोग गर्दै आएको जग्गा भएको दाबी दोहो¥याएको हो । यसअघि गत पुस २१ गते पृथ्वीनारायण क्याम्पस पोखराले सो जग्गा क्याम्पसको भएपनि पराजुलीहरुले हडप्न खोजेको आरोप लगाएको थियो । क्याम्पसले भुमाफियाहरुले क्याम्पसको जग्गा व्यक्तिको नाममा लैजाने प्रयास गरेको बताएको थियो… पुरा पढौ

माओवादी स्थायी कमिटी बैठक फेरि स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सरेको छ । प्रधानमन्त्री प्रचण्डको व्यस्थता शुक्रबार दिउँसो ३ बजे बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्थताका कारण शनिबार दिउँसो १ बजेसम्मलाई सारेको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बिहीबार बोलाइएको बैठक एजेन्डामै प्रवेश नगरी स्थगित भएको थियो । यही माघ १२ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक बस्दै सर्दै आएको छ । बैठकले पार्टी एकता, नेताहरुको कार्यविभाजन लगायतका बिषयमा निर्णय लिने बताइको छ । पुरा पढौ

सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

सर्वोच्च अदाललते बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ । लामिछानेलाई थुनामुक्त गर्ने पाटन उच्च अदालतको आदेशविरुद्धको मुद्दामा अदालतले आवश्यक कागजात झिकाउने आदेश दिएको हो । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलसाले आज लामिछानेको मुद्दामा भएको आदेशसम्बन्धी आवश्यक कागजात झिकाउने आदेश गरेको हो । महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा यही माघ १६ गते पुनरावलोकन निवेदन दर्ता गरेको थियो । लामिछानेलाई उक्त मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश खारेज गर्दै सर्तसहित… पुरा पढौ

गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

दुर्लभ एकसिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल आजदेखि यहाँ सुरु हुँदैछ । एसियाका पाँच देशका उच्च अधिकारीहरूको छलफल सहभागी हुनेछन् । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ मा तीन दिनसम्म चितवनको पटिहानीमा छलफल हुन लागेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तका अनुसार नेपाल, भारत, भुटान, इण्डोनेसिया र मलेसियाका उच्च अधिकारी बैठकमा सहभागी हुनेछन् । नेपालबाट निकुञ्ज र वन विभागका महानिर्देशकसहित मन्त्रालयका सहसचिव बैठकमा सहभागी हुने उनले जानकारी दिए । यससँगै अरु देशबाट पनि गैँडासँग सम्बन्धित विज्ञ… पुरा पढौ

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए । नेपाल क्रिकेट सङ्घले सन्दीपलाई आइसीसी विश्वकप लिग(२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एक दिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा समावेश गरिसकेको छ ।… पुरा पढौ

मिस नेपालको आवेदन खुला

काठमाण्डौं । मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले आज आयोजना गरेको पत्रकार सम्मेलनमार्फत नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो । प्रतियोगितामा सहभागी हुन इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्  । यो प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल गरी तीन मुख्य विजेताहरू हुने आयोजकले जनाएको छ । नयाँ संस्करणको प्रतियोगितामा सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ । पत्रकार सम्मेलनमा… पुरा पढौ

गोविन्दसिंह भण्डारी निर्देशित फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक

काठमाण्डौं । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुँदैछ । फस्टलुकमध्ये एकमा फिल्मका प्रमुख कलाकार अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ । पोस्टरमा अरुण र शुभेक्क्षा तथा सृष्टि र अरुणलाई रोमान्टिक भावमा देखाइएको छ । अर्को फस्टलुकमा शुभेक्क्षा, अरुण र सृष्टिलाई खुशीको मुडमा देख्न सकिन्छ । तेस्रो पोस्टरमा शुभेक्क्षा र अरुण रोमान्टिक हुँदा छेउमा… पुरा पढौ