देश

उपसभामुख राना राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग

प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले दलीय आबद्धताबाट अलग भएको घोषणा गरेकी छिन्। प्रतिनिधिसभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उनले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको आज घोषणा गरेकी हुन्। गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएकी थिइन् । उनले आजै उपसभामुख पदको सपथ लिदै छिन् । रासस पुरा पढौ

कांग्रेस नेताहरुबीच केन्द्रीय समितिको आगामी बैठक बारे छलफल

काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहका नेताहरुबीच समसामयिक राजनीति र पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठक तयारी बारे छलफल भएको छ । सो समूहका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, अन्य नेताहरुको आज भएको भेलामा यही माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकमा गरिने समीक्षा र समसामयिक राजनीति विषयमा छलफल भएको हो । साथै भेलामा निर्वाचनको परिणाम पछिको अवस्था, पार्टीका भ्रातृ र शुभेच्छुक संस्था गठन तथा पूर्णता दिने, प्रभावकारी र चलायमान बनाउनुपर्नेलगायत विषयमा छलफल भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए… पुरा पढौ

पोखरा हवाई दुर्घटना : अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या

पोखरा । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिए। उनका अनुसार ती शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो । “ती शव अत्यधिक रुपमा जलेको हुनाले हामीलाई फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या भएको छ”, उनले भने, “आज साँझसम्म पनि हामी शव पहिचान गर्ने… पुरा पढौ

आज सोनाम ल्होसार: तामाङ समुदायले विशेष कार्यक्रम गरी मनाउँदै

आज सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैदेखि सुँगुर वर्ष पूरा भइ मुसा वर्ष सुरु भएको मानिन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ । सोनाम ल्होसारको अवसरमा आज देशैभर सार्वजनिक बिदा दिइएको छ । यस्तै, दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक… पुरा पढौ

प्रतिनिधिसभाको उपसभामुखमा रास्वपाकी इन्दिरा राना निर्वाचित

काठमाण्डौं । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो । सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उनलाई उसपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित सङ्ख्याको बहुमत पुगेकाले राना उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरे । उक्त प्रस्तावको विपक्षमा जम्मा ९७ मत खसेको थियो । मतदानमा जम्मा दुई सय ६४ मत खसेको थियो । एक… पुरा पढौ

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त

पोखरा, माघ ७ गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई शनिबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । मुख्य न्यायाधिवक्तामा नियुक्त भएका बराल पोखरा महानगरपालिका वडा नम्बर–२६ बरालडाँडाका हुन् । उनले पूर्व महान्यायाधिवक्ता रमेश बडालसँग मिलेर काठमाडौंमा सिरमर ल फर्म सञ्चालन गर्दै आएका थिए । नवनियुक्त महान्यायाधिवक्ता बरालले शनिबार नै सपथ लिएका छन् । उनलाई उच्च अदालत पोखराका मुख्य न्यायाधीस डिल्लीराज आचार्यले सपथ गराएका थिए । सपथ समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ,… पुरा पढौ

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृहमन्त्रालयको निर्देशन

काठमाण्डौं । गृहमन्त्रालयले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ का लक्ष्मी महतो कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी प्रेमबहादुर विकको जाहेरीले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी रहेका महतोलाई पक्राउ गरी कारवाही गर्न उपप्रधानमन्त्री एवम गृहमन्त्री रवि लामेछानेबाट पटकपटक मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै पक्राउका लागि निर्देशन दिएको हो । “निज प्रतिवादीलाई कानुन मबोजिम पक्राउ गरी तत्काल कारवाही अघि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्येहोरा… पुरा पढौ

लगानीबाटै मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला तयार हुनेछ : अध्यक्ष नेपाल

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा वृद्धि गरिने लगानीबाट मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला सिर्जना हुने बताएका छन् । अखिल नेपाल किसान महासङ्घ र स्वयमसेवक आवद्ध सामाजिक संस्थाद्वारा आज आयोजित उत्कृष्ट युवा तथा महिला किसान सम्मान कार्यक्रममा अध्यक्ष नेपालले यस क्षेत्रमा हुने लगानीले उत्पादन वृद्धि र कृषक वर्गको आम्दानी तथा खर्च गर्ने क्षमताको विकास भई राष्ट्रिय अर्थतन्त्रका बहुपक्षीय आयामलाई गतिशील बनाउन योगदान पुग्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देशमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्न उद्यमशीलताको विकास… पुरा पढौ

नेलम्बोले पोखरा-२२ मा माघ ८ गते देखि निःशुल्क दन्त शिविर गर्ने

पोखरा ६, माघ नेलम्बो नेपालको आयोजनामा पोखरा २२ (पुम्दी भुम्दी) मा यही माघ ८ गते देखि निःशुल्क दन्त शिविर हुने भएको छ । पोखरा २२ को वडा कार्यालय परिसरमा यही माघ ८ देखि १२ गतेसम्म दन्त शिविर हुने भएको कार्यकम संयोजक भिम प्रसाद भण्डारीले बताए । उक्त शिविरमा दाँत परिक्षण, दाँत भर्ने, दाँत निकाल्ने, दाँतको एक्स रे, दाँतको गिजाको उपचार, दाँतको आरसिटि(जरैबाट) भर्ने लगायतको सेवा हुने भएको संयोजक भण्डारीले बताए । उक्त शिविरमा निःशुल्क औषधि समेत वितरण समेत गनिरे भएको… पुरा पढौ

उपसभामुखमा गठबन्धनबाट रास्वपाकी इन्दिरा राना मगरको उम्मेद्वारी दर्ता

माघ ६ काठमाण्डौं । प्रतिनिधिसभाको उपसभामुख पदमा सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरले उम्मेद्वारी दर्ता गरेकी छन् । उम्मेद्वारी दर्ता गराएकी मगरको रास्वपा सांसद सोविता गौतम प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका सांसद राजेन्द्र प्रसाद लिङ्देन समर्थन गरेका छन् । मगरलाई आज बिहान बसेको रास्वपा संसदीय दलको बैठकले उपसभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । उपसभामुखकी उम्मेदवार इन्दिरा राना मगरले आम नागरिकका पक्षमा हुने काममा निर्णायक भूमिका खेल्ने प्रतिबद्धता जनाइन् ।संसद… पुरा पढौ