देश

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने बताएका छन् । केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो केन्द्रको क्षमता विस्तार गर्ने बताएका हुन् । उक्त अवसरमा प्रधानमन्त्रीले आफ्नो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गरेका छन् प्रधानमन्त्रीले अगाडि भने, “डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्यमन्त्रीद्वारा अङ्गदान गर्ने घोषणा

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डलाई केन्द्रका निर्देशक डा पुकारचन्द श्रेष्ठले दाता कार्ड हस्तान्तरण गरेका थिए । यस्तै स्वास्थ्यमन्त्री गिरीलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गरे । रासस पुरा पढौ

सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सभामुख घिमिरेलाई शपथ गराइन् । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो । सो अवसरमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख तथा सुरक्षा अङ्गका प्रमुखहरुको सहभागिता थियो । घिमिरे बिहीबार प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका थिए । रासस पुरा पढौ

सभामुख घिमिरेद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

काठमाण्डौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारक गई शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण पश्चात् उनी स्मारकस्थलमा गएका थिए । सभामुख घिमिरेले शहीदको सम्झनामा बनाइएको स्मारकमा माल्यार्पण गर्नाका साथै एक मिनेट मौनधारणसमेत गरेका थिए । रासस पुरा पढौ

बाग्लुङको निसी प्रहरीचौकी प्रमुख गुरुङको स्वागत

माघ ५ बाग्लुङ । बाग्लुङको निसीखोला गाउँपालिकास्थित निसी प्रहरीचौकीका नव आगान्तुक प्रमुख प्रहरी सहायक निरीक्षक (असई) भोजकुमार गुरुङलाई स्वागत गरिएको छ । यस अघि बाग्लुङकै बिहुस्थित प्रहरीचौकीमा कार्यरत गुरुङलाई बिहीबार एक कार्यक्रमका विच निसीखोला गाउँपालिका वडा नं ५ का वडाध्यक्ष हर्कमन घर्तिमगर, वडा सदस्य भरतसिंह सुनार, ताराबहादुर विक, तथा प्रहरीचौकीमा कार्यरत प्रहरी कर्मचारीले स्वागत गरेका हुन् । चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक लिलामणी उपाध्यायको बिहुँमा सरुवा भएपछि गुरुङ उनको ठाउँमा कमाण्ड सम्हाल्ने गरि निसीखोला पुगेका हुन् । सोही कार्यक्रममा सरुवा… पुरा पढौ

विमान दुर्घटनापछि हवाई यात्रु घटे, भाडापनि घट्यो

काठमाण्डौं । यही माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ । पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या घटेको हो । भरतपुर नागरिक उड्ययन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौँ जाने र आउनेको सङ्ख्या घट्दै गएको हो । कार्यालयका निमित्त प्रमुख दीपक विकेका अनुसार पुस २८ मा दुई सय ६० जना, पुस २९ मा तीन सय २५ जना, पुस ३० मा दुई सय ६० जना भरतपुरबाट हवाई मार्ग हुँदै काठमाडौँ गएका थिए… पुरा पढौ

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नेछौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमति खोज्ने प्रयासमा आफूहरु रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गराउन कोशिस जारी राख्ने बताए । सत्ता साझेदार दल र आफूले पनि राष्ट्रपतिमा सबै दलहरुबीच समझदारी बनाउने पहल गरिरहेको जनाउँदै उनले राष्ट्रपतिको निर्वाचन आउने दिनसम्म राष्ट्रिय सहमति हुने विश्वास व्यक्त गरे । “राष्ट्रपतिको निर्वाचन आउन अझै समय बाँकी छ । हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै एउटा… पुरा पढौ

प्रतिनिधिसभामा विमान दुर्घटनासम्बन्धी शोक प्रस्ताव पारित

काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकले पोखरामा गत आइतबार विहान भएको यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी शोक पारित गरेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । काठमाडौँबाट पोखराका लागि प्रस्थान गरेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त हुँदा चालक दलका चारसहित ७२ जनाको निधन भएको थियो । दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकमा मौनधारण गरिएको थियो । यसअघि आजकै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विमान दुर्घटनाका बारेमा… पुरा पढौ

यती दुर्घटना : १० नेपाली र दुई कोरियन नागरिकको शव बुझाइयो

काठमाण्डौं । गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौँ ल्याइएकामा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी आज परिवारलाई बुझाइएको छ । माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएका ७१ मध्ये २२ जनाको शव पोखरामा नै परीक्षण गरी आफन्तलाई बुझाइएको थियो । काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएका ४९ मध्ये १२ जनाको शव परीक्षण गरी आज सम्बन्धित परिवार र नेपालस्थित कूटनीतिक नियोगमा जिम्मा लगाइएको यती एयरलाइन्सले जनाएको छ… पुरा पढौ

उपसभामुखको निर्वाचन माघ ७ गते

काठमाण्डौं । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् । उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । सचिवालयलाई उक्त निर्वाचनसम्बन्धी सूचना आजै जारी गर्न बैठकले निर्देशन गरेको छ । रासस पुरा पढौ