संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो । बैठकमा सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहने सांसद सदस्यहरुको नामावलीसहितको प्रस्ताव प्रस्तुत गरेका थियो भने सांसद रामकृष्ण यादव र ऋषिकेश पोखरेलले समर्थन गरेको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो । समितिको सदस्यहरुमा अनिता देवी, अमरेशकुमार सिंह, गङ्गाराम चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला,…
पुरा पढौ