देश

पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेको छ : पूर्वराष्ट्रपति यादव

काठमाण्डौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेकाले त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिएका छन् । आज नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेश समितिको दोस्रो वार्षिक साधरणसभामा उनले पत्रकारिता क्षेत्रको चुनौतीको चर्चा गरे । “जहाँ लोकतन्त्र छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । तर स्वतन्त्रता विस्तारै सङ्कुचनमा गइरहेको छ”, उनले भने, “यहाँ मात्र होइन संसारमै यो चुनौती देखिन थालेको छ ।” उनले विश्वमा भइरहेको लोकतन्त्रको लडाइँमा साथ दिनका लागि नेपाली पत्रकारको ध्यानाकर्षणसमेत गरे… पुरा पढौ

कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नयाँपन दिनुपर्छः महामन्त्री थापा

काठमाण्डौं । काठमाडौँ क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतामा नयाँपन दिन सक्नुपर्ने बताएका छन् । आज काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा २ ले यहाँ आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै उनले नागरिकले खोजेको परिवर्तनलाई मध्यनजर गर्दै कांग्रेसले सकारात्मक सोचका साथ नयाँपन दिनसक्नुपर्ने बताएका हुन् । “अब केही दिनभित्रै सरकार बनाउनुपर्नेछ भने राष्ट्रपतिको निर्वाचन पनि आएको छ”, उनले भने, “राष्ट्रपति बनाउँदा संविधानले जे परिकल्पना गरेको छ सोही मर्मलाई ध्यानमा राख्नुपर्नेछ ।”… पुरा पढौ

‘निर्वाचनमा राज्यका सबै संयन्त्रले सक्रियता एवं इमान्दारिता देखाए’ : प्रमुख आयुक्त थपलिया

विराटनगर। निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनमा राज्यका सबै संयन्त्रले देखाएको सक्रियता एवं इमान्दारिताका कारण निर्वाचन सफल भएको भन्दै धन्यवाद दिएका छन् । कर्मचारी मिलन केन्द्र विराटनगरद्वारा आज सुनसरीको शान्तिवनमा आयोजित रमाइलो वनभोज तथा जिल्ला अधिवेशनमा बोल्दै उनले निर्वाचन आयोगको नेतृत्वदायी भूमिका र कर्मचारीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए । आफू निजामती सेवामा प्रवेश गरेको ४० वर्ष भएको स्मरण गर्दै कर्मचारी मिलन केन्द्रले आफ्नो इतिहास र परम्परालाई कायम राख्नुपर्ने बताए । मोरङका प्रमुख… पुरा पढौ

संसद्मा प्रभावकारी भूमिका खेल्न सभापति देउवाको निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् । कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्री कार्कीले भने, “सम्माननीय प्रधानमन्त्रीज्यूले प्रतिनिधिसभाका सबै सांसदलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गर्नुभएको छ ।”सत्ता गठबन्धनलाई निर्वाचनमार्फत जनताले अनुमोदित गरेकाले राष्ट्रिय राजनीतिका सन्दर्भमा… पुरा पढौ

सङ्क्रमण घटेपछि खोप ल्याइएन

कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन । सङ्क्रमण घट्दै गएको र ठूलो सङ्ख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो । कोरोना भाइरसको सङ्क्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए । कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो । अहिले सङ्क्रमण दर एक प्रतिशत भन्दा… पुरा पढौ

हल्का हिमपातको सम्भावना

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश एक, बागमती र गण्डकी प्रदेशकै पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा सोही प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । राति प्रदेश नं १ का पहाडी भू–भागमा आंशिकदेखि पूर्ण बदली… पुरा पढौ

सभापति देउवाद्धारा नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले आज अपराह्न ३ बजे पार्टीका सबै सांसदलाई बोलाउनुभएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ । सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्ता गठबन्धनको नयाँ… पुरा पढौ

‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को १० औँ संस्करण आयोजना हुने भएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा पुस ३ देखि ६ गतेसम्म काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको हलमा महोत्सव सञ्चालन हुनेछ । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ को नारासहित आयोजना गरिने महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स, टप अफ द वल्र्ड’ र समापन समारोहमा दीपक रौनियार निर्देशित ‘फोर नाइट्स’ देखाइनेछ । विश्वभरिबाट खुला आवेदनमार्फत सङ्कलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायत… पुरा पढौ

राष्ट्रिय मुद्दाका विषयमा दलबीच सम्झौता र सहमति आवश्यक : महासचिव गुरुङ

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राजनीतिक स्वार्थलाई त्यागेर राष्ट्रिय मुद्दाको विषयमा दलबीच सम्झौता र सहमति आवश्यक रहेको बताएका छन् । सञ्चार डबलीद्वारा आज आयोजित हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले नयाँ दलको आगमनसँगै अरु दलका लागि चुनौती खडा भएकाले सबै दलले गम्भीरतापूर्वक सोच्न जरुरी रहेको बताए । उनले राष्ट्रिय मुद्दाको विषयमा सम्झौता र सहमति गरी एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरे । महासचिव गुरुङले हुम्ला जिल्लाको समग्र आर्थिक समुन्नतिका लागि कृषि, पशुपालन,… पुरा पढौ

‘शिक्षालाई गुणस्तरीय र समतामूलक बनाइनुपर्ने’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले गुणस्तरीय तथा समतामूलक शिक्षा हासिल गर्न पाठ्यक्रममा समयानुसार परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन । शिक्षा पत्रकार समूह र युनेस्को काठमाडौँको संयुक्त आयोजनामा यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले आधारभूत तहमा विद्यार्थीको सहभागिता उत्साहप्रद देखिए पनि माथिल्लो तहमा विद्यार्थीको पहुँचमा कमी भएको बताए । युनेस्को काठमाडौँका प्रतिनिधि धु्रव रेग्मीले २०७२ सालको भूकम्पले अस्तव्यस्त पारेको नेपालको शिक्षा क्षेत्रलाई कोभिड–१९ ले अरु समस्याग्रस्त बनाएको भन्दै शिक्षाको गुणस्तर सुधारका लागि सबै क्षेत्रको सामूहिक प्रयास आवश्यक रहेको बताए… पुरा पढौ