देश

माघ ५ मा सभामुखको निर्वाचन

काठमाण्डौं । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिए । उनले सभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत तोकेका छन् । नेपालको संविधानमा निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते बसेको थियो । प्रतिनिधिसभाको अर्को… पुरा पढौ

विश्वासको मत दिने सांसदप्रति प्रधानमन्त्री प्रचण्डद्वारा आभार प्रकट

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्यलाई विशेष आभार प्रकट गरेका छन् । उनले भने, “प्रतिनिधिसभाबाट करिब सर्वसम्मतिले विश्वासको मत प्रदान गर्नुभएकोमा माननीय सदस्यहरू र सिङ्गो संसद्प्रति विशेष आभार व्यक्त गर्दछु ।” प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भनेका छन्, “तपाईहरूको यो विश्वासप्रति इमान्दार रहँदै सहमतिका साथ सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने सङ्कल्प गर्दछु ।”प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिन सफल

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कूल दुई सय ७० सांसद उपस्थित थिए । बैठकमा पाँच जना सांसद अनुपस्थित रहे । सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिए । सांसदहरू अम्बिका बस्नेत, किशोरसिंह राठौर र मनोरमा शेरचन सदनमा अनुपस्थित थिए । यस्तै सभाका… पुरा पढौ

राष्ट्रनिर्माताको सम्मानमा सार्वजनिक बिदा महत्वपूर्ण हुने

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको स्मरणमा सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसको विभिन्न क्षेत्रबाट स्वागत भएको छ । आधुनिक नेपाल एकीकरणको नेतृत्व गरेर बाइसे चौबिसे राज्यमा छरिएका भूभागलाई एकीकरणमा महत्वपूर्ण योगदान गरेकाले अधिकांश नेपालीले जन्मजयन्तीमा बिदाको माग गर्दै आएका थिए । सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकबाट बिदा दिने निर्णय गरेको हो । दोस्रो जनान्दोलन अगाडिका सरकारले जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनाका साथै उक्त दिन सार्वजनिक बिदा दिने गरेकामा विसं २०६२÷६३ को राजनीतिक परिवर्तनसँगै त्यो प्रचलनको अन्त्य गरिएको… पुरा पढौ

नेपाली र अमेरिकी सेनाकी संयुक्त अभ्यास प्रारम्भ

नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी त्यसको पूर्वतयारीका लागि चन्द्रागिरिमा केबलकार उद्धार अभ्यास गरेको छ । चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सेनाले चन्द्रागिरिमा सफल केबलकार उद्धार अभ्यास गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरूलाई डोरीद्वारा सुरक्षितरूपमा जमिनमा उतार्ने अभ्यासमा नेपाली सेनाका उद्धारकर्ता र चन्द्रागिरि हिल्स् लिमिटेडका उद्धार टोली सहभागी थिए । उक्त केबलकारसँग रहेका उद्धार सामग्री र नेपाली सेनासँग रहेका उद्धार सामग्रीको प्रयोग गरी सोमबार अभ्यास सञ्चालन… पुरा पढौ

संसद् बैठक दिउसो १ बजेलाई सर्‍यो

सोमबार बिहान ११ बजे निर्धारित बैठक २ घण्टापछि सारिएको संसद सचिवालयले जनाएको हो । एक सूचना टाँस गरी संसद बैठक सारिएको हो । सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिदै छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने कार्यसूची रहेको छ । विश्वासको मत दिने बारे निर्णय गर्न कांग्रेसले बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको थियो । तर, अहिलेसम्म पनि सो बैठक सुरु हुन सकेको छैन । कांग्रेसका पदाधिकारीहरुसहित शीर्ष नेता यतिबेला पार्टी… पुरा पढौ

आजको मौसमः हल्का हिमपातको सम्भावना

पश्चिम न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्यबदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही देशको उच्च पहाडी र हिमाली भू–भागका केही… पुरा पढौ

राप्रपाले पृथ्वी जयन्तीमा जलपान समारोहको आयोजना गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल एकीकरणको अभियानका प्रणेता पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा यही पुस २७ गते बुधबार जलपान समारोहको आयोजना गर्ने भएको छ । नेपाल एकीकरणका अभियन्ता तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती यही पुस २७ गते परेकाले त्यस दिनलाई ‘३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’का रूपमा मनाउन जलपान समारोहको आयोजना गरिएको राप्रपाले जनाएको छ । बुधबार दिउँसो १ देखि अपराह्न ४ बजेसम्म काठमाडौँको भृकुटीमण्डपमा जलपान समारोहको आयोजना गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी… पुरा पढौ

विश्वासको मत प्राप्त गर्नासाथ सरकारले पूर्णता पाउँछ : अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्नासाथ सरकारले पूर्णता पाउने बताएका छन् । सत्ता साझेदार दलले बनाएको सरकारको ‘नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम’ प्रधानमन्त्री दाहाललाई आज सिंहदरबारमा बुझाउँदै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेपछि सरकारले पूर्णता पाउने बताए । “भोलि नै प्रधानमन्त्रीज्यूले विश्वासको मत प्राप्त गर्नु हुनेछ”, उनले भने, “विश्वासको मत लिने बित्तिकै मन्त्रिपरिषद् विस्तारलगायतको काम तीव्रताका साथ अगाडि गर्दछाँै ।” विश्वासको मत प्रधानमन्त्रीले लिइसकेपछि सरकारका कार्यक्रमले गति लिने… पुरा पढौ

सभापति देउवाद्वारा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने आश्वासन

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन् । आज साँझ प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच भएको भेटका क्रममा सभापति देउवाले त्यसबारेमा पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसबारे आधिकारिक निर्णय भने मङ्गलबार बिहान बस्ने कांग्रेस संसदीय दलको बैठकले गर्नेछ । नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहितको सत्ता गठबन्धन दलले… पुरा पढौ