देश

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिए ।उनले भने, “मन्त्रिपरिषद्ले आज दुई वटा निर्णय गरेको छ, एउटा पृथ्वी जयन्तीको अवसरमा पुस २७ मा सार्वजनिक बिदा दिने र अर्को सरकारको न्यूनतम कार्यक्रम मन्त्रिपरिषद्बाट पास गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको छ ।” सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राख्दै आएको मागलाई सम्बोधन… पुरा पढौ

यमन माझि सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित

काठमाडौँ । बहुप्रतिभाका धनी गायक एंव नायकको रुपमा परिचित यमन माझि सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित भएका छन । मनास्लु मिडिया प्रा।लि।द्वारा सञ्चालित मनास्लु पोष्ट न्युज पोर्टलको अयोजनामा छैठौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई सांगीतिक क्षेत्र साथै माझि जातिय पहिचानको लागि विगत लामो समयदेखी पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डमार्फत प्रमाण पत्र प्रदान गर्दै सम्मान गरिएको हो । माझी किङ यमनले अवार्ड प्राप्त गरिसकेपछी आफुलाई थप हौसला मिलेको बताए ।उनले आफ्नो भाषा,संस्कार र… पुरा पढौ

लोकतन्त्रको रक्षाका लागि सक्रिय भूमिका खेल्छौँ : अध्यक्ष राउत

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सीके) राउतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्मान गर्दै यो व्यवस्थाको दिगोपनाका लागि पार्टीले सक्रिय भूमिका खेल्ने बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले विश्वकै उत्कृष्ट व्यवस्थाको रक्षा गर्न पार्टी जिम्मेवार ढङ्गले लाग्ने विश्वास व्यक्त गरे । उनले भने, “गणतान्त्रिक व्यवस्थाप्रति हाम्रो उच्च सम्मान रहेको छ, त्यस्तै लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि पार्टीले सदैव अग्रणी भूमिका खेल्नेछ ।” अध्यक्ष राउतले आफूहरुलाई संसद्मा पु¥याउन भूमिका खेल्ने जनताको अभिमतलाई धन्यवाद दिँदै आफ्नो निर्वाचन क्षेत्रबाट यसअघि निर्वाचित उम्मेदवारको पनि… पुरा पढौ

हामीले पाएको मत आशाको हो : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको भएको बताएका छन । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले प्राप्त गरेको मत निराशाको नभई आशाको भएको बताएका हुन । उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनि भएको स्पष्ट पारे । उनले भने, “म यसलाई निराशाको होइन, नेपाली जनताले दिएका आशाका मत चन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो ।” उनले नेपाली जनताले… पुरा पढौ

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

पोखरा, पुस २५ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री अधिकारीले आजै साँझ सपथ लिने बताइएको छ । मुख्यमन्त्रीमा नियुक्त अधिकारी नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता हुन् । पूर्व गृह तथा स्वास्थ्यमन्त्रीसमेत रहेका उनी नेकपा एमालेका संगठन विभाग प्रमुख पनि हुन् । यसअघि अधिकारीले… पुरा पढौ

एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने बताएका छन । निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले संविधानको रक्षाका लागि काम गर्ने बताए । “अहिलेको समीकरणले संविधानको रक्षाका लागि काम गर्नेछ”, उनले भने, “राष्ट्रियता, अखण्डता, देशको सार्वभौमसत्ता, स्वाभिमानको पक्षमा सरकार उभिन्छ ।” सुशासन, भ्रष्टाचार नियन्त्रणमा सरकारको महत्वपूर्ण नीति हुने जनाउँदै भ्रष्टाचारप्रति शून्यसहनशीलतालाई जनताले पत्याउने गरी अगाडि लैजाने उनले विश्वास दिलाए । “अब हामीले गम्भीर शिक्षा लिनुपर्छ । मुख्यरुपमा लोकतान्त्रिक… पुरा पढौ

नेपाली जनताले असाधारण सङ्कल्पको अपेक्षा गरेका छन् : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले हामीबाट असाधारण सङ्कल्पको अपेक्षा गरेको बताएका छन । “यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो । परम्परागत अभ्यास र राजनीतिले मात्रै जनतामा जानसक्ने अवस्थामा छैनौँ । हामीले बिर्सनु हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौँ”, प्रधानमन्त्रीले भने, “मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्ने छौ । हामी साझा राजनीतिक लक्ष्यका साथ एक ठाउँमा उभिने छौँ ।” प्रतिनिधिसभाको पहिलो बैठकलाई आज लिखित सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनताका अपेक्षा, गुनासा चासो र चिन्तालाई नजिकबाट… पुरा पढौ

यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन् : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने, “हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो ।” सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको बताउँदै यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप यसको कार्यान्वयन अनिवार्य शर्त भएको… पुरा पढौ

‘सरकारलाई विश्वासको मत दिन आग्रह’

राष्ट्रिय सभाको बैठक नयाँ बानेश्वसरस्थित संसद् भवनमा सुरु भएको छ । सोही क्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहिलो वैठकको प्रारम्भमा सदस्यलाई स्वागत गरे । बैठकमा लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदप्रति एक मिनेट मौनधारण गरी उहाँहरुप्रति सम्मान प्रकट गरियो । अध्यक्ष तिमिल्सिनाले सदन आह्वान तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए । अधिवेशन प्रारम्भका अवसरमा दलीय प्रतिनिधित्वका तर्फबाट शुभकामना मन्तव्य दिने क्रममा नेकपा (माओवादी केन्द्र)का उर्मीला अर्यालले नवगठित मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गर्दै… पुरा पढौ

सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक भएको हो । आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैंक नेपालको पहिलो बैंक बनेको बताए । मुलुकको वित्तीय क्षेत्रको कूल बजार हिस्साको करिब १० प्रतिशत ओगट्ने आकारमा यो बैंक पुगेको उनको दाबी छ । “यसअघि पनि… पुरा पढौ