देश

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सुनुवाइ आज संवैधानिक इजलासमा सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेसी तोकिएको छ । संवैधानिक इजलासले यही पुस ६ गते सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षको छलफल आजका लागि राख्ने निर्णय गरेको थियो । आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा बहस हुने जनाइएको छ । अधिवक्ता रविराज बसौला,… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने सरकारको निर्णय

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । उक्त आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने र यसबाट मुलुकले यथेष्टरुपमा लाभान्वित हुने अवस्था सिर्जना गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको जनाउँदै उनले विमानस्थलको भरपुर प्रयोगका लागि गर्नुपर्ने काममध्येको महत्वपूर्ण काम भन्सार कार्यालय स्थापना गर्ने निर्णय… पुरा पढौ

एक महिने स्वस्थानी व्रत आरम्भ

काठमाडौ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा… पुरा पढौ

भुटनिज युथ स्पोर्टस् क्लब यूएसएपनि आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

पोखरा, पुस २२ भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी) यूएसएपनि पोखरामा जारी २२ औं आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा आहा ! रारा गोल्डकपमा पहिलो पटक सहभागिता भएको भुटनिज युथ स्पोर्टस् क्लबले चर्च ब्वाइज क्लबमाथि १–० को कठीन जित हात पार्दै फाइनल भिडन्त पक्का गरेको हो । अब उपाधिका लागि भुटनिज युथ स्पोर्टस् क्लबले अर्को फाइनलिस्ट संकटा क्लबसँग शनिबार प्रतिष्पर्धा गर्नेछ । उपाधि भिडन्त पक्का गरेका दुबै टोली पहिलो पटक फाइनलमा… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ अङ्कले उकालो लागेर दुई हजार एक सय ४३ दशमलब ९३ मा पुगेको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ५१ अङ्कले उकालो लागेर चार सय ११ दशमलब २३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको… पुरा पढौ

प्रधानमन्त्रीद्वारा मूल्य कटौती गर्न निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिीपरषद्को कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन । आपूर्ति सचिव नेपाल आयल निगमको अध्यक्ष रहने व्यवस्था छ । निगमको पछिल्लो… पुरा पढौ

सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय पुग्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख दुई हजार चार सय थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन… पुरा पढौ

अनुकूलन कोषको बोर्ड सदस्यमा उपसचिव शर्मा चयन

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिअन्तर्गतको अनुकूलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा चयन भएका छन । मन्त्रालयको सिफारिसमा उनी अतिकम विकसित राष्ट्रको समूह (एलडिसिज ग्रुप)का तर्फबाट अनुकूलन कोषको बोर्ड सदस्यमा छनोट भएका मन्त्रालयले जनाएको छ । कोषमा अन्य विभिन्न समूहका गरी करिब २० पदाधिकारी रहन्छन् । उपसचिव शर्मा दुई वर्ष (सन् २०२३ र २०२४)का लागि सो पदमा चयन भएका हुन । उक्त पदमा विभिन्न मुलुकबाट विभिन्न व्यक्तिले आवेदन दिएका थिए । कोषको बोर्ड सदस्यमा उनी… पुरा पढौ

पूर्वाधार निर्माणमा महानगर र एनआरएनबीच हातेमालो

पोखरा । पोखरामा सुविधायुक्त सार्वजनिक शौचालय, चमेनागृह जस्ता आधारभूत सहरी पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिका र गैरआवसीय नेपाली सङ्घ (एनआरएन) बीच सहकार्य अघि बढेको छ । पर्यटक र सर्वसाधारणको सुविधालाई हेरेर पोखरा–९ महेन्द्रपुलमा आधुनिक शौचालय निर्माणका लागि महानगर र एनआरएनबीच सम्झौता भएको छ । शौचालयसहित चमेनागृह र स्तनपान कक्षका लागि रु एक करोड खर्च लाग्ने जनाइएको छ । जसमा ६० प्रतिशत लगानी एनआरएन र ४० प्रतिशत महानगरको रहनेछ । महानगरप्रमुख धनराज आचार्यले तीन महिनाभित्रैमा काम सक्ने लक्ष्यसहित निर्माण अघि बढ्ने… पुरा पढौ

संकटा आहा ! रारा पोखरा गोल्डकपको उपाधि नजिक

पोखरा, पुस २० संकटा फुटबल क्लव आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भईरहेको २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा डिफेन्डिङ च्याम्पीयन एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा फुटबल क्लब फाईनलमा प्रवेश गरेको हो । संकटालाई फाइनलमा पु¥याउनका लागि विदेशी खेलाड स्टेफन बिनोङ र मेसुके ओलामाउले २–२ गोलको योगदान गरे । पराजित एपीएफका लागि भने हरि कार्कीले सान्त्वना एक गोल गरे ।… पुरा पढौ