देश

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा कार्यक्रमको मस्यौदा

काठमाण्डौं । सत्ता साझेदार दलकातर्फ कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ कार्यदलले मस्यौदा प्रतिवेदन बुझाएको हो । सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा सत्ता साझेदार दलले यही पुस १४ गते कार्यदल बनाएको थियो । कार्यदलमा नेकपा ९एमाले० उपाध्यक्षसमेत रहनुभएका उपप्रधान एवं अर्थमन्त्री पौडेलको संयोजकत्वमा नेकपा ९माओेवादी केन्द्र०का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट धवलशम्सेर राणा र जनता समाजवादी पार्टीका… पुरा पढौ

सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाण्डौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहित समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए । नेवाः पत्रकार दवुको चौथो महाधिवेशनमा उनले छ दशक लामो सङ्घर्ष र बलिदानीमार्फत एकात्मक शासन प्रणालीको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेकाले अब सामाजिक न्यायसहित समृद्धि हासिल गर्न लागिपर्नुपर्ने बताए । “सामन्ती, निरंकुश राजतन्त्र र एकात्मक राज्य व्यवस्थाको अन्त्य गरेर राजनीतिक प्रणालीको रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यौँ । आजको मुख्य आवश्यकता भनेकै राजनीतिक परिवर्तनलाई आधार बनाएर सामाजिक–आर्थिक रुपान्तरण गर्ने र सामाजिक… पुरा पढौ

संकटाले जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि

पोखरा, पुस २३ संकटा फुटबल क्लवले दोश्रो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाईनल भिडन्तमा भुटनिज युथ क्लव अमेरिकालाई ३–२ गोलअन्तरले हराउँदै संकटाले दोश्रो पटक आहा ! रारा पोखरा गोल्डकपको जितेको हो । यसअघि संकटाले २०७७ मा पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको जियो । बिजेता संकटाले १२ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको भुटनिज युथ क्लबले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र… पुरा पढौ

जिसस महासंघ गण्डकी प्रदेश अध्यक्षमा कास्कीका पौडेल

जिल्ला समन्वय समिति महासंघ गण्डकीको अध्यक्षमा एमालेका लीलाधर पौडेल निर्विरोध चयन भएका छन् । दलीय भागवण्डा गरेर टुंग्याइएको समितिमा नेकपा माओवादी केन्द्रका सोमबहादुर जिसी, सचिवमा नेपाली कांग्रेसका सरस्वती बगाले, उपसचिवमा एमालेका खड्काराज बगाले चयन भएका छन् । भागवण्डा अनुसार एमालेले अध्यक्ष र उपसचिवसहित ८ सदस्य, नेपाली कांग्रेसले सचिवसहित ४ सदस्य, माओवादीले उपाध्यक्ष र राप्रपाले कोषाध्यक्षसहित २ सदस्य पाएको जनाइएको छ । कोषाध्यक्ष पाएको राप्रपाले नाम नदिदा हाललाई सो पद खाली नै राखिएको छ । पुरा पढौ

जिल्ला सभा व्यवस्थापन र समन्वय समिति संचालन ऐन जारी गर्न जिसस महासंघको माग

पोखरा, पुस २३ जिल्ला सभा व्यवस्थापन र समन्वय समिति संचालन ऐन जारी गर्न माग गर्दै जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद सम्पन्न भएको छ । पोखरामा पुस २२ र २३ गते भएको महासंघको चौथो राष्ट्रिय परिषदले पोखरा घोषणा पत्र जारी गर्दै संविधानको धारा २२० अनुसार जिल्ला सभा व्यवस्थापन र समन्वय समिति संचालन ऐन तत्काल जारी गर्न संघ सरकारसँग माग गरेको हो । सो ऐनमा जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्था तथा यसको काम, कर्तव्य र अधिकार उल्लेख छ… पुरा पढौ

प्रतिभा माविका विद्यार्थीलाई नेतृत्व विकास तालिम

पोखरा, पुस २३विद्यार्थीमा नेतृत्व विकासको महत्व दिलाउन पोखराको पालिखेचोकस्थित प्रतिभा माविले शनिबार विद्यार्थीका लागि एकदिने नेतृत्व विकास प्रशिक्षण दिएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी उक्त प्रशिक्षणमा सहभागि थिए । विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार हरेक सेक्सनबाट २ जना छात्रा र २ जना छात्र गरि ४ जनाका दरले प्रशिक्षणमा सहभागि गराइएको थियो । सबैगरि ३४ वटा सेक्सनबाट छानिएका विद्यार्थी प्रशिक्षणमा सहभागि थिए । विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका ती विद्यार्थीलाई सत्संग प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष… पुरा पढौ

स्वस्थानी व्रतकथा सुरु

काठमाण्डौँ । वैदिक सनातन परम्परा अनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न एक महिने अवधिलाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गरेका हुन् । वैदिक सनातन धर्मावलम्बी पनि… पुरा पढौ

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाण्डौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले आज अन्तरिम आदेश नदिएको हो । अदालतको आदेशसँगै गृहमन्त्री लामिछानेको सांसद पद यथावत रहने भएको छ । “प्रत्यर्थी रवि लामिछानेमा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुने योग्यता रहेको वा नरहेको भन्ने विवादित प्रश्न रहेको छ”, आदेशमा भनिएको छ, “यसरी उठाइएका प्रश्नहरूको छिटो छरितोरूपमा निवेदन उपर पूर्ण… पुरा पढौ

लेखनाथवासीको आशा – विमानस्थल बन्यो अब विकास होला कि ?

पोखरा । पर्यटकीय नगरी पोखरा भन्नेवित्तिकै अधिकांश मानिसहरु ‘फेवाताल’ सम्झन्छन् । पोखराको विकास पनि यसैलाई केन्द्रित गरी भयो । फलस्वरुप आजका दिनसम्म पनि पोखरा जाने अधिकांशको ‘बकेट लिस्ट’मा फेवाताल र लेकसाइड नछुट्ने गन्तव्यमा पर्छन् । तर नजिकैको उत्तिकै सुन्दर र पर्यटकीय गन्तव्य बनेको लेखनाथमा भने अपेक्षाकृत पर्यटक पुगेको भने छैन । लेखनाथ नगरपालिका २०७३ फागुन २५ गते पोखरासँग जोडिएर देशकै ठूलो पोखरा महानगर बनेको थियो । पोखरा महानगरपालिमा समेटिएसँगै यस क्षेत्रको धेरै विकास हुनेमा आशावादी रहेका स्थानीयहरु सोही अनुरुपको पूर्वाधार… पुरा पढौ

टी–२० क्रिकेट : जनकपुरले लुम्बिनीलाई हरायो

पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो । दुवै टोलीको लिग चरणको खेल समाप्त भएसँगै दुवै टोली क्वालिफायरमा पुगेका हुन् । लुम्बिनी अङ्क तालिकाको शीर्ष स्थानमा र जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुग्न सफल भए । जितका लागि एक सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा सात विकेट गुमाएर… पुरा पढौ