देश

गृहमन्त्री खाणद्वारा क्रिसमसको शुभकामना

गृहमन्त्री बालकृष्ण खाणले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देशमार्फत् उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको र विविधतायुक्त सबै जाति, भाषा, धर्म, समूदाय र संस्कृतिको संरक्षण गर्न तथा तिनीहरूको प्रवद्र्धन गर्न सरकार सकारात्मक रहेको उनले उल्लेख गरे । रासस पुरा पढौ

‘क्रिसमस डे’ मनाइँदै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले राससलाई जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति… पुरा पढौ

सामाजिक न्याय : अग्रगमन कि पश्चगमनतर्फ ?

पोखरा । कानुनमा जातीय हिंसा अन्य भए पनि व्यवहारमा कार्यान्वयन नभएको अधिकारकर्मीले बताएका छन् । बुकवर्म फाउन्डेसनद्वारा आयोजित पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिबलको सामाजिक न्याय : अग्रगमन कि पश्चगमनतर्फ ? विषयक सत्रका वक्ताले कानुनमा उत्कृष्ट व्यवस्था भए पनि कार्यान्वयन फितलो भएको भनाइ राखेका हुन् । पोखरा लेकसाइडमा बिहीबारदेखि सुरु भएको फेस्टिभलको दोस्रो दिन उक्त विषयमा छलफल भएको थियो । छलफलमा पूर्व सांसद तथा नेकपा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य र अधिकारकर्मी प्रदीप परियारबीच अन्तरक्रिया भएको थियो । सत्रलाई किरण… पुरा पढौ

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ

नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ । उनीहरुले तीन जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजारदेखि एक हजार पाँच सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ मा काठमाडौँबाट… पुरा पढौ

सांसदद्वय यादव र राईद्वारा शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनहरुलाई शपथ गराए । शपथ समारोहमा सचिवालयका महासचिव डा भरतराज गौतम, सचिवलगायत संसद्का कर्मचारीको उपस्थिति थियो । प्रतिनिधिसभाका दुई सय ७० सदस्यले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ लिएका थिए । यादव र राई कारणवश शपथ लिन छुटेका थिए । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक एक सय १०… पुरा पढौ

घट्यो सुनचाँदीको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले ओरालो लागेको छ । हिजो प्रतितोला रु एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन मूल्य रू एक लाख एक हजार थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो… पुरा पढौ

नेपाल बङ्गलादेशसँग पराजित

बंगलादेश । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको हो । बङ्गलादेशसँग नेपाल पहिलो सेटमा २४–२६ ले पराजित भयो भने दोस्रो सेटमा २२–२५ ले पराजित भयो । त्यसैगरी नेपालले तेस्रो तथा अन्तिम सेट २१–२५ ले गुमायो । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । नेपालले अब आफ्नो दोस्रो खेल भोलि… पुरा पढौ

पोखराको रानीवन आर्किडमा भोलिदेखि प्रदेश पक्वान मेला हुँदै

पोखरा, पुस ७ पोखरामा भोलिदेखि प्रदेश पक्वान मेला शुरु हुने भएको छ । तमु ल्होसार, क्रिसमस डे र अंग्रेजी नया वर्षको अवसर पारेर पोखराको लेकसाईडस्थित रानीवन आर्किडमा प्रदेश पक्वान मेला आयोजना हुने भएको हो । रानीवन आर्किडको ४५ औं वार्षिकोत्सवको अवसरमा भोलिदेखि शुरु हुने मेला अंग्रेजी नया वर्षको पहिलो दिन पुस १७ गतेसम्म आयोजना हुने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । मेलामा सातै प्रदेशका लोकप्रिय खानाका परिकारहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिने होटल रानीवन आर्किडका सञ्चालक हरि भुजेलले… पुरा पढौ

दाहाललाई दलको नेता बनाउने माओवादी निर्णय

नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए । बैठकले सङ्घीय सांसदबाट मासिक रु १२ हजार लेबी उठाउने निर्णयसमेत गरेको छ । केही दिनअघि बसेको माओवादी पदाधिकारी बैठकले नवनिर्वाचित सांसदको शपथ ग्रहणपछि दलको नेता चयन गर्ने निर्णय गरेको थियो… पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्ना दशमलव एक अङ्कले ओरालो लागेर एक हजार आठ सय ६७ दशमलव २१ मा सीमित भएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने एक दशमलव ७२ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलव शून्य छ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्य वृद्धि हुँदा १० उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ… पुरा पढौ