देश

ज्येष्ठ सदस्य राणाबाट प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरुलाई शपथ गराएका हुन । शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थियो । संसद सचिवालयका अनुसार २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिनुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए ।… पुरा पढौ

जनप्रियलाई जग्गा प्रबन्ध गर्न प्रतिवद्ध छु : प्रमुख आचार्य

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनप्रिय बहुमुखी क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका लागि जग्गा प्रबन्ध गर्न प्रतिवद्ध रहेको जनाएका छन् । क्याम्पसको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रममा प्रमुख अतिथिका रूपमा बधाई तथा शुभकामना मन्तव्य राख्दै आचार्यले भने हामी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै छौं, पर्यटन क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा जनप्रियले स्वायत्त कार्यक्रम विएमटिम चलाइरहको हुँदा प्राज्ञिक उन्नयनसँगै विशिष्टता हाँसिल गर्न आग्रह गरे । पदस्थापनापछि नवनिर्वाचित वीरेन्द्रनारायण अध्यक्ष बिजुक्छेले ‘जनप्रिय क्याम्पस समुदायबाट सञ्चालित शैक्षिक संस्था भएकाले संरक्षक… पुरा पढौ

राष्ट्रिय पोसाकमा शपथ लिन एमालेको निर्देशन

काठमाण्डौं । नेकपा (एमाले) ले प्रनिनिधिसभाका सांसदलाई शपथ ग्रहण समारोहमा राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको छ । एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचत सबै सांसदलाई राष्ट्रिय पोसाकमा उपस्थित हुन निर्देशन दिएको पार्टी केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । यही पुस ५ गते एमालेले संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभाका ज्येष्ठ… पुरा पढौ

शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले बिकिनी किलर चाल्र्स शोभराज (गुरुमुख) लाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज निजलाई आजै कैदमुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको हो । “अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र देश फर्काउन आवश्यक व्यवस्थासमेत गर्न यो आदेश जारी गरिएको छ”, सर्वोच्चको आदेशमा भनिएको छ, “सम्बन्धित जिल्ला अदालतमार्फत कारागार कार्यालय… पुरा पढौ

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराद्वारा पदबहाली

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज सिंहदरबारस्थित संसद् सचिवालयमा गई पदबहाली गरेका छन । ज्येष्ठ सदस्य राणाले बिहीबार प्रतिनिधिसभामा नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उनले देशको भलोका लागि सन्तुलित रुपमा निष्पक्ष भएर काम गर्ने बताए । बहुदलीय प्रजातान्त्रिक संसदीय शासन व्यवस्थालाई अघि बढाउन अभिभावकका रुपमा भूमिका निर्वाह गर्न लागिपर्ने ज्येष्ठ सदस्य राणाले जानकारी गराए । उनले आजै शीतल निवासस्थित राष्ट्रपति कार्यालय पुगेर शपथ ग्रहण गरेका थिए । प्रतिनिधिसभा बैठक सुरु भएर सभामुखको निर्वाचन… पुरा पढौ

हिमाल आरोही शेर्पालाई सम्मान तथा पुरस्कार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल दोहो¥याएर आरोहण गरेका विश्वको प्रथम आरोहीको रुपमा कीर्तिमान राख्न सफल सानु शेर्पालाई सम्मान गरेको छ । सङ्खुवासभा, मकालु गाउँपालिकाका शेर्पाको साहसिक आरोहणले नेपाललाई विश्वसामु चिनाएको भन्दै आज यहाँ आयोजित कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सम्मान गरे । उनलाई कदरस्वरुप मन्त्री श्रेष्ठले आफूले पाउने एक महिनाको पारिश्रमिक (रु सत्तरी हजार सात सय ३० ) सहित सम्मान गरेका हुन ।त्यस अवसरमा मन्त्री श्रेष्ठले शेर्पाको कार्य वर्तमान आरोही पुस्ताका लागि प्रेरणाको… पुरा पढौ

लोसपाको संसदीय दलको नेतामा ठाकुर चयन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन । लोसपाको आज बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष ठाकुर सर्वसम्मत चयन भएका पार्टीका कार्यकारिणी सदस्य केशवकुमार झाले जानकारी दिए ।रासस पुरा पढौ

विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न मन्त्री पौडेलको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाली विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गर्न सरकारले आवश्यक सहजीकरण गर्ने बताएका छन। काठमाडौँ विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत योगिक साइन्स, हेल्थ म्यानेजमेन्ट, हस्पिटालिटीलगायतका कार्यक्रम भारतीय सहरमा सञ्चालन गर्ने सम्भाव्यताका लागि सहकार्य गर्ने गरी आन्ध्र प्रदेशको तिरुपतीस्थित विश्वेश्वरा योग रिसर्च इन्ष्टिच्युटससँग लेटर अफ आशयपत्रमा हस्ताक्षर गर्न आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाएका हुन । मन्त्री पौडेल र विश्वविद्यालयका उपकुलपति डा भोला थापाको उस्थितिमा तिरुपतिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । तामिलनाडू, आन्ध्र प्रदेश तथा तेलङनास्थित उच्च… पुरा पढौ

राष्ट्रपतिद्वारा ज्येष्ठ सदस्य राणालाई शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष राणाले शपथ लिनुभएको हो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । राणा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य हुनुहुन्छ । नागरिकताको प्रमाणपत्र अनुसार, उहाँको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद… पुरा पढौ

नेपालमा नै मुटुको कृत्रिम भल्व राख्न थालेपछि विदेश जाने घटे

नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम भल्व राख्ने गरेको छ । यसअघि उक्त कृत्रिम भल्व राख्न भारतलगायत बिरामी विदेश जाने गर्दथे । उपचार पनि सस्तो र सजिलो भएकाले बिरामीले कृत्रिम भल्व नेपालमा नै राख्ने गरेका छन् । हृदय केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले अहिलेसम्म छ बिरामीको मुटुको कृत्रिम भल्व राखिएको जानकारी दिए । एक कृत्रिम भल्व ह्याम्स… पुरा पढौ