देश

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । सो दलको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति लामिछानेलाई सर्वसम्मतिले नेता चयन गरेको केन्द्रीय सदस्य एवं प्रतिनिधि सदस्य सोविता गौतमले जानकारी दिए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ३ गते आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै प्रतिनिधिसभामा प्रतिनिधित्व… पुरा पढौ

नेकपा एकिकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष नेपाल

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई निर्विरोध चयन गरेको छ । दलको नेता छनोटका लागि पार्टीका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको आज बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतिबाट जिम्मेवारी प्रदान गरेको हो । त्यसैगरी बैठकले दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई तथा प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वालालाई छनोट गरेको छ । उपाध्यक्ष पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री हुन् । प्रतिनिधिसभामा १० सदस्य निर्वाचित पार्टीमा प्रदेशसभामा २५ सदस्य छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार गठनका लागि… पुरा पढौ

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी आज कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता भीष्मराज आङ्दम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन । तालिका अनुसार मतदाता नामावली प्रकाशन पुस ४ गते दिउँसो २ बजे, उम्मेदवारका लागि दर्खास्त पुस ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन… पुरा पढौ

निर्वाचन प्रणालीका उपलब्धिलाई संस्थागत गर्दै थप सुधार गर्न आयोग दृढ सङ्कल्पित छः प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पछिल्ला निर्वाचनका सिकाइ, अनुभव र उपलब्धिलाई संस्थागत गर्दै थप सुधारका निम्ति अग्रसर हुन आयोग दृढ सङ्कल्पित रहेको बताएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएका अवसरमा निर्वाचन आयोग नेपालद्वारा आयोग परिसरमा आज आयोजित जलपान समारोहमा मन्तव्य दिँदै उनले निर्वाचन सम्पन्न गराउने क्रममा आयोगबाट केही नवीनतम् असल अभ्यास अवलम्बन गरिएको जनाए । “आयोगले यो निर्वाचनमा सार्वजनिक क्षेत्रबाट हुने खर्चलाई निश्चित सीमामा राखी राजनीतिक दल र उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसार खर्चलाई पद्धतिगत नियन्त्रण र नियमन… पुरा पढौ

न्यूनचापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना

भारतको विहारमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशका पूर्वी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले पूर्वी क्षेत्रको उच्च पहाडी भेगमा हिमपात साथै केही क्षेत्रमा हल्का वषाकोसमेत सम्भावना रहेको जानकारी दिए । उनले भने, “विहारमा न्यूनचापीय प्रणालीको सानो प्रणाली देखापरेकाले देशका पूर्वी भेगमा बादल बढ्ने र हिमपात हुने सम्भावना छ, केही क्षेत्रमा हल्का वर्षाको पनि… पुरा पढौ

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा राउत

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन भएका छन । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए । डा राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टी समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ ।रासस पुरा पढौ

नेकपा (एस): संसदीय दलको बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उपत्यका बाहिर रहेका आफ्ना प्रतिनिधिसभा सदस्यलाई काठमाडौँमा बोलाएको छ । पार्टीले संसदीय दलको नेता छनोटका लागि ती सदस्यलाई केन्द्रमा बोलाएको हो । प्रतिनिधिसभामा १० सदस्य निर्वाचित पार्टीका नेता चयनका लागि आज दिउँसो बैठक बस्ने र त्यसका लागि सबै प्रक्रिया सुरु भइसकेको छ । संसदीय दलको नेतृत्व छनोट गर्न बैठक बस्न लागेको पार्टी कार्यलय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिए । उनका अनुसार पार्टीले दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गर्ने र सर्वसम्मत भएमा उनलाई… पुरा पढौ

जिल्लाका नौ जना वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएर लामो समयसम्म सम्पर्कविहीन

तनहुँ । तनहुँमा वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर लामो समयसम्म घरपरिवारसँग सम्पर्कमा नआउने गरेका छन् । घरपरिवारसँग धेरै वर्षसम्म सम्पर्कमा नआएका जिल्लाका नौ रहेको आप्रवासी कामदार हकहित संरक्षण केन्द्र तनहुँका अध्यक्ष दीपेन्द्र खनालले जानकारी दिए । वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर घरपरिवारसँग लामो समयदेखि सम्पर्कविहीन भएका उनले बताए। वैदेशिक रोजगारीमा गएको नौदेखि २० वर्षसम्मका रहेका जनाइएको छ । वैदेशिक रोजगारीमा मलेसिया गएदेखि ९२० वर्ष० हालसम्म ऋषिङ गाउँपालिका–७ का ओमप्रकाश परियार परिवारसँग सम्पर्कमा नआएका उनले बताए । त्यस्तै दुवई गएको १५… पुरा पढौ

‘बटमलाइन’ केही पनि छैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताए । अध्यक्ष दाहालले भने, “समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ । समझदारीबाट अरुनै हुन पनि सक्छ ।” गठबन्धनका बीचमा यसअघि लिखित औपचारिक रुपमा केही नभएको भन्दै उनले थपे, “गठबन्धन गर्दा आलोपालो गर्ने कुरा भएको हो, अहिले पनि यो… पुरा पढौ

सरकार गठनका लागि सत्ता गठबन्धन दलसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाण्डौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा आगामी सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न सत्ता गठबन्धन दलहरूसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्ने निर्णय गरेको हो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि आजै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा स्थापित भइसकेको कांग्रेस हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुलुकको सबैभन्दा… पुरा पढौ