काठमाण्डौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझ ७ बजेसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५३, नेकपा (एमाले) ४२, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १० क्षेत्रमा विजयी भएका छन् । साथै, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात, जनता समाजवादी पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन,…
पुरा पढौ