देश

झोलुङ्गे पुलले छोटियो दूरी

मादी नदीको दायाँबायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन् । वारी व्यास–१० को परेवाडाँडा र पारी व्यास–५ को चिन्तुटार । दुबै वडाको बीचमा मादी नदी बग्छ । मादी नदीमाथि पुल नहुँदा हिँडेर एक घण्टा लाग्ने दूरी अहिले पुल बनेपछि दश मिनेटमा आउजाउ गर्न सकिन्छ । दैनिक दुई वडाका वासिन्दाको आवातजावत सहज बनाइदिएको व्यास–१० का पूर्ववडाध्यक्ष तुलसीराम सापकोटाले बताए । आर्थिक वर्ष २०७६÷७७ मा पुल निर्माणको लागि ठेक्का सम्झौता गरे पनि विद्युत्को हाइटेन्सन लाइन र कोरोनाका कारण दुई वर्ष ढिलो गरी उक्त… पुरा पढौ

समानुपातिकतर्फ अब करिब नौ लाख मतगणना बाँकी

काठमाडौ । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत ९एक करोड नौ लाख ७३ हजार २७० मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको देखिएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले निरन्तर अग्रता लिइरहेको छ । हालसम्म उक्त दलले २७… पुरा पढौ

सिगानाका सुन्तला बोटबाटै बिक्री

गलकोट । सुन्तला गाउँका नामले परिचय बनाएको बागलुङ नगरपालिका–८ सिगानामा बोटबाटै सुन्तला बिक्री हुन थालेको छ । सिगानाका यामबहादुर केसीले आफ्ना एक दर्जन सुन्तलाका बोटलाई एकमुष्ठ रु ४५ हजारमा पोखराका व्यापारीलाई बिक्री गरे । सुन्तला व्यापारीले बोटबाटै टिपेर सुन्तला लैजाने गरी सिगानाका अधिकांश सुन्तला किसानले सम्झौता गर्ने गरेका छन् भने केहीले आफै टिपेर पोखरा पठाउने गरेका छन् । केसी मात्रै होइन् सिगानाका सुन्तला किसान टोपबहादुर केसीले आफ्नो सुन्तला बगान रु दुई लाखमा व्यापारीलाई बिक्री गर्ने सम्झौता गरिसक्नुभयो भने अर्का किसान… पुरा पढौ

१६१ क्षेत्रको मतपरिणाम सार्वजनिक, ४ स्थानको बाँकी

निर्वाचन क्षेत्रतर्फ प्रतिनिधि सभा सदस्यका लागि हालसम्म १ सय ६१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। अब, १६५ मध्ये ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगको पछिल्लो मत गणनाको नतिजाअनुसार सुनसरी–४ मा मतगणना जारी छ। सुनसरी–४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै छ। उनले २५ हजार ९ सय ४४ प्राप्त गरेका छन्। कार्कीलाई पछ्याइरहेका नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मत ल्याएका छन्। दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना… पुरा पढौ

सुनसरी–४ मा कार्की ३२२ मतले अगाडि

सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रतालाई कायम राखेका छन्। सूचना तथा संचार प्रविधि मन्त्रीसमेत रहेका कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार जगदीशपैसाद कुसियैतभन्दा ३२२ मतले अग्रता लिएका छन्। मत गणनाको पछिल्लो नतिजाअनुसार कार्कीले २५ हजार ९४४ मत प्राप्त गर्दा कुसियैतले २५ हजार ६२२ मत प्राप्त गरेका छन्। सुनसरी–४ मा मतगणनामा विवाद हुँदा रोकिएपनि मंगलवार साँझदेखि मतगणना पुन: थालिएको हो। पुरा पढौ

उदयपुर–१ बाट प्रतिनिधिसभामा परराष्ट्रमन्त्री डा खड्का निर्वाचित

उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री डा नारायण खड्का निर्वाचित बनेका छन्। नेपाली काँग्रेसका उम्मेदवार डा खड्काले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी महिला उम्मेदवार मञ्जुकुमारी चौधरीलाई २ हजार ३७९ को मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजाअनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका डा खड्काले ३१ हजार २७० मत पाएका छन्। त्यस्तै, डा. खड्काका निकटतम प्रतिद्वन्द्वी मञ्जुकुमारीले २८ हजार ८९१ मत पाएकी छिन्। पुरा पढौ

सुनसरी–३ बाट प्रतिनिधिसभामा एमालेकी भगवती निर्वाचित

सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी महिला उम्मेदवार भगवती चौधरी निर्वाचित भएकी छिन्। भगवतीले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजयकुमार गच्छदारमाथि ५ हजार १८८ को फरक मतान्तर निकाल्दै प्रतिनिधिसभा सदस्यका लागि विजयी बनेकी हुन्। मत गणनाको अन्तिम नतिजाअनुसार भगवतीले ४० हजार ७८८ मत प्राप्त गरिन् भने वाम विजयकुमार गच्छदारले ३५ हजार ६०० मत प्राप्त गरे। पुरा पढौ

एकाघरका २ दाज्यूभाई लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित

एकाघरका २ दाज्यूभाइलाई लुम्बिनी प्रदेशसभा सदस्य बन्ने अवसर मिलेको छ। लुम्बिनी प्रदेशसभाका लागि दुबै दाज्यूभाईले नेकपा एमालेबाट उम्मेदवार बन्दै चुनाव जितेका हुन्। पाल्पा जिल्लाको निर्वाचन क्षेत्र नं (१) बाट राजुप्रसाद श्रेष्ठ (भाई) र रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट भोजप्रसाद श्रेष्ठ (दाजू) निर्वाचित भएका हुन्। पाल्पा–१ को प्रदेशसभा (१) बाट राजुप्रसादले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्यामकान्त खनाललाई ५ हजार ३९० को फरक मतान्तरले जित हात पारेका हुन्। मतगणनाको अन्तिम नतिजाअनुसार राजुप्रसादले १७ हजार ६४२ मत पाउँदा… पुरा पढौ

४६ मतान्तरले पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेम्वाङ नै निर्वाचित

पाँचथर जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा बसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन्। नेम्वाङले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई ४६ को झिनो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजामा नेम्वाङले ३२ हजार १३५ मत प्राप्त गर्दा वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका आङदेम्बेले ३२ हजार ०८९ मत ल्याए। निर्वाचन आयोगको कार्यालय पाँचथरले नेम्वाङलाई विजयको घोषणा गरेको हो। यसअघि, पाँचथरको समानुपातिकको मत गणना नसकिञ्जेल विजयी उम्मेदवारको घोषणा रोकिएको थियो। अहिले, त्यहाँको समानुपातिकतर्फको मतगणना सकिएको छ र नेम्वाङलाई… पुरा पढौ

स्याङ्जा र बाजुराको मतगणना गर्न कांग्रेसको आग्रह

काठमाण्डौं । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना चाँडो गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य प्रदीप पौडेललगायतका नेताले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेटेर स्याङ्जा–२ र बाजुराको मतगणना चाँडो सम्पन्न गर्न आग्रह गरेका हुन् । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले मतगणना चाँडो सुरु गर्न आग्रह गरिएको जानकारी दिए । स्याङ्जा र बाजुरामा विधिवत्रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मतगणना रोक्नु आवश्यक… पुरा पढौ