देश

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा देशभर करिव ६१ प्रतिशत मतदान

काठमाण्डौं । आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको प्रारम्भिक विवरणअनुसार पूर्वानुमानभन्दा कम करिब ६१ प्रतिशत मतदान भएको छ । मतदानबारे निर्वाचन आयोगको सूचना प्रणालीमा विवरण प्रविष्ट हुने क्रम जारी छ । मतदानलाई सहज र शान्तिपूर्णरूपमा सञ्चालन गराउने प्रयासका बाबजुद सुर्खेत, नवलपरासीपूर्व, गुल्मी र बाजुरा जिल्लाका गरी १५ मतदानस्थलमा मतदान स्थगन भएको निर्वाचन आयोगले जनाएको छ । मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो झडप हुँदा एकजना सर्वसाधारण नागरिकको मृत्यु तथा अन्य केही स्थानमा केही नागरिक घाइते भएका छन् ।… पुरा पढौ

निर्वाचन आमरूपमा शान्तिपूर्ण र व्यवस्थित रह्यो : पर्यवेक्षण संस्था

काठमाण्डौं । निर्वाचन पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भएको निर्वाचन छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको जनाएको छ । मतदानमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै वर्ग, समुदाय, लिङ्ग र अवस्थाका मतदाताको उत्साहवद्र्धक सहभागिता भएको आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले जानकारी दिएको छ । निर्वाचन शान्तिपूर्ण हुनुमा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित, सहयोगात्मक र शान्त भएको पाइएको संस्थाका महासचिव कृष्णमान प्रधानले बताए । बिहान प्रारम्भिक चरणमा मतदाताको पातलो उपस्थिति देखिए पनि दिउँसो मतदाताको… पुरा पढौ

कास्कीमा ६० प्रतिशत मत खसेको अनुमान

पोखरा, मंसिर ४ कास्कीमा करीब ६० प्रतिशत मत खसेको पूर्वानुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीले कास्कीमा करीब ६० प्रतिशत मत खसेको पूर्वानुमान गरेको हो । जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रवक्ता रुद्र न्यौपानेले भने,‘यो हाम्रो पूर्वानुमान मात्र हो, यसमा केहि प्रतिशत तलमाथि हुनसक्छ ।’ यसअघि स्थानिय तहको निर्वाचनमा कास्कीमा ६९ प्रतिशत मत खसेको थियो । मतदान सकिएलगत्तै मटपेटिका संकलन कार्य शुरु भएको छ । मतदान सकिएका मतदान स्थलहरुबाट मतपेटिका संकलन कार्य शुरु भएको प्रवक्ता न्यौपानेले जानकारी दिए । उनका… पुरा पढौ

मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा समस्या

कावासोती । पूर्वी नवलपरासी कावासोती-६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गरेका छन् । मतदान महत्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताए । शारीरिक रुपमा अशक्त पनि ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको काफ्ले बताए । कावासोती–६ विष्णुनगरको जनता माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मत खसाले । कावासोतीकै गोमता भूर्तेल पनि शारीरिकरुपमा अशक्त छन् । उनी पनि ‘ह्विलचियर’ प्रयोग गर्छन् । तर गत स्थानीय तहको निर्वाचनमा मतदानस्थल अपाङ्गमैत्री नहुँदा उनलाई मत खसाल्न गाह्रो भयो ।… पुरा पढौ

देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदान

काठमाडौ । आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन्। साथै, प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा मतदान जारी रहेको बताए । पुरा पढौ

तनहुँमा १ सय १३ वर्षीया पोखरेलद्धारा मतदान

तनहुँ । तनहुँमा १ सय १३ वर्षीया वद्धाले मतदान गरेकी छन् । भानु नगरपालिका–५ सेपाबगैंचास्थित महादेवता प्रावि मतदान केन्द्रबाट गोपीमाया पोखरेलले मतदान गरेकी हुन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभर बिहानैदेखि मतदान भइरहेको छ । पुरा पढौ

‘मौसम सफा छ, ढुक्कले मतदान गरौँ’

काठमाडौ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ । मतदानको प्रतीक्षामा रहेका मतदातालाई मौसम कस्तो होला भन्ने चासो हुनसक्छ । देशभरको मौसम सामान्यतया सफा रहने भएकाले ढुक्कका साथ मतदान गर्न पाउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले आज देशैभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिए । “आज देशभरको मौसम सफा रहेको छ । हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ, तर, त्यति धेरै असर हुने… पुरा पढौ

मुख्यमन्त्री पोख्रेलद्वारा मतदान

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले मतदान गरेका छन् । उनले शमशेर माध्यमिक विद्यालय गैँडाकोट– १ जौजुवामा ‘क’ केन्द्रबाट मतदान गरेका हुन् । पुरा पढौ

पोखरामा प्रतिनिधि सभा समानुपातिकतर्फको मत पत्र दिनुपर्नेमा प्रदेशको मतपत्र दिएपछि……..

पोखरा, मंसिर ४ कास्कीका १४ जनाले दोहोरो मतदान गरेका छन् । आईतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा कास्की, पोखरा महानगरपालिका वडा नम्बर–१३ का १४ जनाले दुईपटक मतदान गरेका हुन् । उनीहरुले ढाँटेर, छलेर वा अर्कैको नाममा मतदान भने गरेका होईनन् । बरु निर्वाचनमा खटिएका कर्मचारीको लापर्वाहीका कारण उनीहरुले आफ्नै नाममा दुई पटक मतदान गर्न पाएका हुन् । कास्की निर्वाचन क्षेत्र नम्बर १(२)मा पर्ने पोखरा–१३ स्थित मौला ईश्लामिक सामुदायिक (मदरसा) आधारभुत विद्यालयमा रहेको मतदान स्थलको केन्द्र (ख) मा… पुरा पढौ

देशभर मतदान शुरु, मतदान गर्न परिचय पत्र अनिवार्य

पोखरा, मंसिर ४ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मतदान शुरु भएको छ । निर्वाचन आयोगले तय गरेको निर्वाचनको मिति आज मंसिर ४ गते देशभर एकैसाथ मतदान शुरु भएको हो । मतदान विहान ७ बजेदेखि शुरु भएको छ भने अपराह्न ५ बजेसम्म मतदान गर्न सकिनेछ । मतदानको समय ५ बजेसम्म मात्र तोकिएपनि सो समयसम्म लाईनमा बसेकाहरुले जतिसुकै समय लागेपनि मतदान गर्न पाउनेछन् । मतदानका लागि मतदाताहरु विहानैदेखि लाईनमा बसेका छन् । मतदान गर्न परिचय पत्र अनिवार्य गरिएको छ ।… पुरा पढौ