पोखरा, मंसिर १ बर्खास्तमा परेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गरेको अनियमितताको अडियो, भिडियो सार्वजनिक गर्ने चेतावनी दिएका छन् । बर्खास्तमा परेको दुई दिनपछि पत्रकार सम्मेलन गरेर खड्काले मुख्यमन्त्रीले अनियमितता गर्दाको अडियो, भिडियो आफूसँग रहेको र त्यो केहि दिनपछि सार्वजनिक गर्ने चेतावनी दिएका हुन् । मैले के अपराध गरेँ र मलाई बर्खास्त गरियो,उनले भने,‘यसको चित्तबुझ्दो जवाफ मुख्यमन्त्रीले नदिए म उहाँको गोप्य अडियो, भिडियो सार्वजनिक गर्दिन्छु ।’ उनले चुनाव अघि नै…
पुरा पढौ