देश

आन्तरिक पर्यटकलाई सहरभन्दा गाउँ प्यारो

कास्कीका मुख्य पर्यटकीय गाउँमा पाहुनाको घुइँचो लाग्न थालेको छ । दसैँ–तिहारलगत्तै कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङघलेललगायत गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पोखरा घुम्न आएकाहरू आजभोलि पोखरामा मात्र सीमित हुन चाहँदैनन् । उनीहरुको रोजाइ हुने गरेको छ, वरपरका गाउँबस्ती र थुम्का । पोखराको सुविधासम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटक गाउँसम्म पुगेर त्यहाँको आतिथ्यता र प्राकृतिक सुन्दरतासँग रमाउन थालिसकेका छन् । पर्यटकीय गाउँ घान्द्रुकमा दैनिक दुई हजारभन्दा बढी पर्यटक पुग्ने गरेको स्थानीय व्यावसायी अमृत गुरुङले जानकारी दिए । कोरोनाका… पुरा पढौ

विकासे अभियन्ता विश्वप्रकाश : जसले हारे पोखराले हार्छ ?

पोखरा, कात्तिक २५ कोहि कोहि उम्मेदवार यस्ता हुन्छन् जसले हारे व्यक्तिले हार्दैन । बरु सिंगो ठाउँले हार्छ । समाजले हार्छ । अनि देशले हार्छ । त्यस्ता व्यक्तिलाई जिताउनका लागि व्यक्ति स्वार्थ भन्दा माथि उठ्नुपर्छ । कार्यकर्ता पार्टी भन्दा माथि उठ्नुपर्छ । र सिंगो गाउँ, टोल, समाज, नगर र क्षेत्रका जनता एक ढिक्का भई उसको पक्षमा उभिनुपर्छ । हो त्यस्तै उम्मेदवार हुन् कास्की निर्वाचन क्षेत्र नम्बर २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछाने । झट्ट सुन्दा नमिठो लाग्न सक्छ । आवाज कर्कश… पुरा पढौ

तीन तहमै एकीकृत निर्वाचन सुरक्षा कक्ष सञ्चालनमा: सेना

नेपाली सेनाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा एकीकृत निर्वाचन सुरक्षा कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्वाचन सुरक्षार्थ सात सय ७९ स्थानमा फौज परिचालित भई तैनाथ भइसकेको जानकारी दिइएको छ । सेनाले मतदानस्थलमा बाहिरी घेरामा रही सुरक्षा प्रदान गर्ने छ । सेनाले निर्वाचन सुरक्षाका सन्दर्भमा… पुरा पढौ

राजनीतिलाई समाज सेवा ठान्ने गणेशमान

पोखरा, कात्तिक २६ प्रायजसो सबै नेताले पेशा के गर्नुहुन्छ ? भनेर सोध्यो भने राजनीति भन्छन् । किनकी उनीहरुले राजनीतिलाई नै पेशा बनाए । खासमा राजनीति सेवा हुनुपर्ने हो । तर नेपालमा राजनीतिलाई सेवा भन्दा पेशा नै ठान्नेको भीड छ । तर सबैलाई एउटै बास्केटमा हालेर सबै उहि ड्याङ्को मुला त हो नि भनिहाल्नुपनि हतारो हुन्छ । किनकी राजनीतिलाई सेवा ठान्नेहरुपनि छन् । ती मध्ये एक हुन् कास्की निर्वाचन क्षेत्र नम्बर–३ (१) का एमाले उम्मेदवार गणेशमान गुरुङ । तस्बिर : उमेश… पुरा पढौ

सुकुम्बासी भूमिहीनको समस्या समाधान गर्छौं : कास्की–२ गठबन्धन

पोखरा, २५ कात्तिक ।कास्की २ बाटउम्मेद्वार बनेका नेताहरुले सुुकुम्बासीभूमिहीनको समस्या समाधान गर्ने बताएका छन् ।शुक्रबार पोखरा १७ बेलघारी टोलमा पाँचदलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा कास्की २ का उम्मेदवार श्रीनाथ बरालले भूमिहीन दलित, भूमिहीन सुकुुम्वासी र अव्यवस्थीत बासोबासीको समस्या समाधान गर्ने बताएका हुन् । गठबन्धनको सरकारको पालामा नै कास्कीमा सुकुम्बासीहरुको हित हुने काम भएकाले आफू निर्वाचित भएपछिपनि त्यसलाई निरन्तरता दिने उनले बताए । गठबन्धन सरकारको पालामा राष्ट्रिय भूमि आयोगले निस्सा वितरणसँगै रातो पुर्जा वितरणको काम गरेको उनले सुनाए ।संविधानको रक्षा… पुरा पढौ

उम्मेदवार गुरुङको समृद्ध बनाउने खाका : विदेशमा काम होइन, बजार खोज्छौं

पोखरा, २२ कात्तिकदेशको अर्थतन्त्र अहिले कमजोर छ । कतिपयले देश श्रीलंकाकै बाटोमा जान लागेको भन्दै चिन्ता जनाएका छन् । सरकारले कतिपय वस्तु आयातमा प्रतिवन्ध लगाएको छ । तर, अवस्था अपेक्षित सुध्रिएको छैन । देशको अर्थ व्यवस्थालाई दलहरुले एजेन्डामा समावेश गरेका छन् ।कास्की २ ९२० मा एमालेकी उम्मेदवार मीना गुरुङले एमालेकै नेतृत्वमा देशको समृद्धि सम्भव हुने बताएकी छन् । शुक्रबार पोखरा ११ का विभिन्न टोलका मतदातासँग एमाले नेतृत्वको सरकारले गरेका कामको उदाहरण दिँदा अब बन्ने सरकारले देशमा उत्पादनका सम्भावना खोज्ने बताइन्… पुरा पढौ

मनोसामाजिक अपाङ्गता भएकाहरुको मताधिकार सुनिश्चितताको माग

पोखरा २४ कात्र्तिकआसन्न मङ्सिर ४ गते हुन गइरहेको आमनिर्वाचनमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने वातावरण नभएको भन्दै प्रदेश निर्वाचन अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।मनोसामाजिक अपांगतामा रहेको व्यक्ति इन्द्रराज सुवेदी, कल्याणवन्धु वाग्ले सहितको टोलीले विभिन्न कानुन निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपाङ्गता भएकाहरु मताधिकार एवम् उम्मेदवार हुने अधिकारबाट बञ्चित हुनु परेको जनाउँदै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।मतदाता नामावली ऐन २०७३ स्थानीय तह निर्वाचन ऐन, २०७३ प्रतिनिधि सभा सदस्य… पुरा पढौ

ईमान्दारिताका प्रतिमूर्ति दुर्गा : जोसँग छ जनताको अवस्था बदल्ने हुटहुटी

पोखरा, कात्तिक २५ देशमा ब्यबस्था बदलिएर गणतन्त्र आयो । संघीयता आयो । संविधान बन्यो । तर जनताको अवस्था भने बदलिएन । देशको ब्यबस्था र जनताको अवस्था बदल्न हिंडेकाहरु बरु आफै बदलिए । थोत्रा लुगा लगाउनेहरु टाईसुटमा बदलिए । खुट्टामा चप्पलसमेत नलगाउनेहरु टलक्क टल्किने जुत्ता लगाउने भए । गाउँमा विहान खायो बेलुका के खाउँ, अनि बेलुका खायो विहान के खाउँ भन्नेहरु कोहि बार्दलीको सिंहासनमा विराजमान भए । तर जसलाई काँध थापेर जिताउने जनताहरु, नेता बनाउने कार्यकर्ताहरुको अवस्था भने ज्यूँका त्यूँ छ… पुरा पढौ

महानगरद्धारा १९२ जना खेलाडीहरुलाई नगद सहित सम्मान

पोखरा । गण्डकी प्रदेशमा हालै मात्र सम्पन्न ९ औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरू गरी १९२ जनालाई सम्मान गरिएको हो । स्वर्ण पदक विजेता ३५ जना, ३२ जना रजत पदक विजेता र ८५ जना कांस्य पदक विजेता खेलाडीहरूलाई महानगरपालिकाले सम्मान गरेको हो । उनीहरूलाई क्रमशः नगद रु।१५ हजार, रु।१० हजार र रु।५ हजार सहित सम्मान पत्र प्रदान गरिएको छ । यस्तै ३६… पुरा पढौ

बलियो सरकार बन्छ, अवस्था बद्लिन्छः गठबन्धन

पोखरा । बारम्बार बदलिने सरकार र सधै उस्तै रहने मतदाताको अवस्थाले धेरै नेपाली दिक्दार छन् । पटक पटक व्यवस्था परिवर्तनका लागि नेता, कार्यकर्तासँगै कहिले सशस्त्र त कहिले निशस्त्र रुपमा जनताले योगदान गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रपछि व्यवस्था परिवर्तनको एजेन्डा सकिएको छ, जनताको अवस्था बदल्ने चुनौती बाँकी छ । देशैभर जस्तै कास्की २ मा पनि गठबन्धनका उम्मेदवार अब देशलाई बलियो स्थिर सरकार दिँदै जनताको अवस्था बदल्ने वाचाका साथ मैदानमा छन् । पोखरा १७ छोरेपाटनका स्थानीयसँग गठबन्धनका उम्मेदवार कास्की २ का… पुरा पढौ