देश

सदस्य सचिव सिलवालसहित १० सदस्यीय ओलम्पिक टोली आज जापान जाँदै

टोकियो ओलम्पिकमा सहभागी हुन आज १० सदस्यीय टोली जापान जाँदैछ। राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा जुडो खेलाडी सोनिया भट्ट, जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, सुटिङकी कल्पना परियार, सुटिङका प्रशिक्षक असिम यादव, नेपाल ओलम्पिक कमिटी एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, टिम लिडर रहेका सुनिलकुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रुपमा सूर्यनारायण श्रेष्ठ जापान जाँदैछन्। एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भने आउँदो सोमवार ५ सदस्यीय टोली जापान जानेछन्। यस्तै, साउनको १० गते राखेप उपाध्यक्ष शिव… पुरा पढौ

गण्डकी प्रदेशमा अबको ३ दिन नै ठूलो पानी पर्ने

गण्डकी प्रदेश लगायतका पश्चिमी क्षेत्रका केही ठाउँमा आज (शुक्रबार) ठूलो पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज (शुक्रबार) बिहान ६ बजे गरेको मौसम पूर्वानुमानमा आज (साउन १ गते, शुक्रबार) देखि पर्सि (साउन ३ गते, आइतबार) सम्म गण्डकी प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा चट्याङ र मेघगर्जनसहित भारी वर्षा हुने जनाइएको छ। पश्चिमका यि क्षेत्रका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यमखालको पानी परिरहेको छ। दिउँसो पछि भने ठूलो पानी पर्ने संभावना छ । विभागका अनुसार मनसुनी… पुरा पढौ

टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाइ गरिन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा उनले सफलताको शुभकामना दिएर नेपाली टोलीलाई बिदाइ गरेकी हुन् । सो अवसरमा उनले नेपाली टोलीको सेफ द मिसन रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरे । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र चार प्रशिक्षकसहित २६ सदस्सीय टोलीले सहभागिता जनाउने छ । पुरा पढौ

संसद्को अधिवेशन आइतबार

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को आजका सिफारिशमा आगामी साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पुरा पढौ

काठमाण्डौं उपत्यकामा १० दिन निषेधाज्ञा थप

काठमाण्डौं । काठमाडौँ उपत्यकामा आगामी साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।आज उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहितको संयुक्त बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो । साउन १ गतेदेखि लागू हुने उक्त आदेशानुसार यसपाली भने पसल तथा अन्य व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । यसअघि ६ बजेसम्म सञ्चालन गर्न भनिएको थियो । आदेशमा भीडभाड हुने सबै गतिविधि सिनेमा हल, पार्टी प्यालेस डान्बार, मनोरञ्जनस्थल, रङ्गशाला, सङ्ग्रहालय, सभा, सम्मेलन गर्न रोक लगाइएको… पुरा पढौ

राजधानीको निषेधाज्ञा आज सकिदैँ, भोलिदेखि लामो दूरीको सवारीसाधन संचालन

राजधानी काठमाण्डौंमा जारी निषेधाज्ञा आज (बिहीबार) बाट सकिदैँछ। कोरोनाको फेरि संक्रमण बढ्दै गएपनि खोपको व्यवस्थापन गरेर जनजीवनलाई खुकुलो बनाउने उद्देश्यसहित काठमाण्डौं लगायत उपत्यकाको ३ जिल्ला प्रशासनको तयारी रहेको समाचारहरुमा जनाइएको छ। लामो दूरीमा २ महिनाभन्दा बढी समयदेखि रोकिएको यातायात सेवा संचालन गर्न दिने तयारीमा राजधानी उपत्यकाका जिल्ला प्रशासनहरु रहेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीबीच भोलि (शुक्रबार)देखि लामो दूरीका सार्वजनिक यातायात संचालन गर्न दिने तयारीबारे छलफल भएको समाचारहरु बाहिर आएका छन्। लामो दूरीको यातायात संचालन… पुरा पढौ

मार्सल लगाएर बजेट पारित गर्न खोज्दा एमालेको नाराबाजी

मार्सल लगाएर बजेट पारित गरेपछि बिपक्षी एमालेले प्रतिरोध गरेको छ । बजेट सच्याउन गरेको मागको बेवास्ता गर्दै मार्सल लगाएर बजेट पारित गर्न खोजेपछि एमाले सांसदहरुले नाराबाजी गर्नुका साथै टेबल तोडफोडसमेत गरेका छन् । बजेट निर्णयार्थ पेश गर्न सभामुखले समय दिएपछि रोस्टममा जान लागेका अर्थमन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई एमाले सांसदहरुले रोक्न खोजेका थिए । तर मर्यादापालकले रोकेपछि उनीहरुले नाराबाजी शुरु गरे । त्यहिबेला अचानक आक्रोसित रुपमा प्रस्तुत भएका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका एमाले सांसद रामशरण बस्नेतले टेबल… पुरा पढौ

गण्डकी प्रदेशको बजेट मार्सल लगाएर पारित

गण्डकी प्रदेशको बजेट बुधबार पारित भएको छ । बिपक्षी एमालेको अवरोधका बाबजुद मार्सल लगाएर बुधबार बजेट पारित गरिएको हो । बजेट माथिको छलफल शुरु भएलगत्तैदेखि प्रतिपक्षी दल एमालेले बजेट परिमार्जन गर्नुपर्ने, असारमा गरिएको रकमान्तरको फेहरिस्त दिनुपर्नेलगायतका १० बुँदे माग राख्दै प्रदेश सभामा लगातार अवरोध गर्दै आएको थियो । विशेष गरेर बजेटमा आफ्नो सरकारले ल्याएका राम्रा योजनाहरु कायम राख्नुपर्ने एमालेको माग थियो । तर सत्ता पक्षले उक्त माग सम्बोधन नगर्ने स्पष्ट पार्दै बरु पेलेर जाने संकेत गरेपछि एमालेले निरन्तर अवरोध गर्दै… पुरा पढौ

आदिवासी जनजातिको अमूर्त संस्कृति बचाउन प्रतिष्ठानले प्रोत्साहन गर्छ : उपाध्यक्ष घर्तीमगर

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरले सबै आदिवासी जनजाति समुदायको अमूर्त संस्कृति बचाउन प्रतिष्ठानले प्रोत्साहन गर्ने बताउनुभएको छ ।प्रतिष्ठानले बुधबार प्रदेश राजधानी पोखरामा आयोजना गरेको “आदिवासी जनजाति मगर समुदायको लोपोन्मुख अमूर्त संस्कृति कौराहा नाचको अभिलेखीकरण”सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष घर्तीमगरले लोपोन्मुख अमूर्त संस्कृतिको संरक्षणका लागि प्रतिष्ठानले सबैलाई प्रोत्साहन गर्ने बताउनुभयो ।आधुनिकीकरणका नाममा अमूर्त संस्कृतिको मौलिकता मर्न दिन नहुनेमा सचेत गराउँदै उहाँले समयानुकूल परिमार्जन हुन सक्ने भएपनि मौलिकता भने बचाउनुपर्ने बताउनुभयो । तीव्र कोरोना संक्रमणका कारण समयमा कार्यक्रम… पुरा पढौ

स्थानीय तहमा मातृभाषा शिक्षा नीतिको आवश्यकता सम्बन्धी दुई दिने गोष्ठी सम्पन्न

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा “स्थानीय तहमा मातृभाषा शिक्षा नीतिको आवश्यकता”सम्बन्धी गण्डकी प्रदेशस्तरीय दुई दिने गोष्ठी बुधबार सम्पन्न भएको छ ।मंगलबारदेखि पोखरामा सुरु भएको गोष्ठीको समापनका अवसरमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गणेश थकालीले मातृभाषा संरक्षणका लागि यस्ता कार्यक्रमले उत्प्रेरित गराउने धारणा राख्नुभयो । संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै बाँकी अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ने भन्दै उपाध्यक्ष थकालीले मातृभाषा बचाउन आदिवासी जनजाति समुदाय जागृत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।महासंघका पूर्व उपाध्यक्ष सूर्यबहादुर भुजेलले अरुलाई आरोपित गरेर मात्रै अघि बढ्न… पुरा पढौ