देश

नेपालका संविधानमा कृषि र किसान

काठमाडौँ । नेपालको पहिलो संविधान जारी भएको ४६ वर्ष पछिका संविधानले कृषि उत्पादनलाई जोड दिएको इतिहास छ । ‘नेपाल सरकार वैधानिक कानून’ का नामबाट जारी नेपालको पहिलो संविधान २००४ सालमा बनेको हो । यो संविधान २००५ वैशाख १ गतेदेखि लागू भएको थियो । पञ्चायती व्यवस्थाको अन्त्यपश्चात् जारी ‘नेपाल अधिराज्यको संविधान– २०४७’ को भाग ४ को धारा २६ को उपधारा ५ मार्फत पहिलो पटक कृषि उत्पादन बढाउन संविधानले प्रष्ट बोलेको छ । संविधानका जानकारले संविधानलाई मूल कानूनकारुपमा व्याख्या गरेका छन् ।… पुरा पढौ

एएफसी यु–२० एसियन कप छनोटः नेपालले अन्तिम खेल खेल्दै

बहराइनमा जारी एएफसी यु–२० एसियन कप छनोटमा खराब प्रदर्शन गरेको नेपालले आज (आइतबार) अन्तिम खेल खेल्दैछ । सान्त्वना जितको लक्ष्यसहित नेपालले बंगलादेशविरुद्ध खेल्न लागेको हो । यसअघि, लगातार ३ खेल हारेको नेपाल बंगलादेशविरुद्ध आज पहिलो जितको खोजीमा रहनेछ । नेपालको खेल शेख अलि बिन मोहमद अल खालिफा रंगशालामा राति राती ८ः४५ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको भुटानसँग २–० ले पराजित बनेको थियो । दोस्रो खेलमा कतारसँग ३–१ ले पराजित भएको नेपाल तेस्रो खेलमा आयोजक… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुदको ट्रफी सुदूरपश्चिममा

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सुदूरपश्चिम प्रदेशको धनगढी रंगशालामा शनिबार प्रदर्शन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री गोविन्द बोहरा, सुदूरपश्चिम खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक सिंह, सुदूरपश्चिमका ९ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष, खेलाडी, प्रशिक्षक, सुरक्षाकर्मी, रनिङ ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट, सदस्यहरु दीपक श्रेष्ठ, मिरा राई र अरुणा शाहीलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको हो । बृहत राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ ट्रफी निर्माण गरिएको हो । ट्रफीलाई ७… पुरा पढौ

निर्वाचन प्रकिया आजबाट सुरु, समानूपातिकतर्फको बन्दसूची आज र भोली पेश गर्ने कार्यतालिका

आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रकिया आज आइतबार)बाट सुरु भएको छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दैछन् । निर्वाचन आयोगले आज र भोली समानूपातिकतर्फको बन्दसूची पेश गर्ने तालिका तय गरेको छ । उम्मेदवारको बन्दसूची छानबीन गरि आवश्यकता अनुसार सच्याउन असोज ४ देखि ९ गतेसम्मको समय दिइएको छ । यस्तै, सो बमोजिम राजनितिक दलहरुले उम्मेदवारको बन्दसूची संशोधन गरि पेश गर्नका लागि असोज १० गते देखि असोज १६ सम्मको… पुरा पढौ

पोखरा विश्वविद्यालयमा सम्बन्धनको चलखेल: प्राध्यापक र विद्यार्थी विरोधमा

पोखरा । पोखरा विश्वविद्यालयले हालसम्म ५८ वटा कलेजहरुलाई सम्बन्धन दिएको छ । त्यसमध्ये अधिकांश कलेजका विभिन्न कार्यक्रममा विद्यार्थी अपुग छ । पोखरा विश्वविद्यालयले सम्बन्धन दिएका कलेजहरुमा ईञ्जिनियरिङ, मेडिकल साईन्स, हेल्थ कार्यक्रमहरुमा विद्यार्थी नपुग्दा कतै कार्यक्रम नै स्थगित गरिएको छ भने कतै न्यून विद्यार्थी राखेर अध्यापन गराउनुपर्ने बाध्यतामा कलेजहरु पुगेका छन् । सम्बन्धन दिएका कलेजहरुलाई कडाई गरेर कार्यक्रम सञ्चालनका लागि वातावरण बनाउन विश्वविद्यालयले कहिल्यै चासो दिएको छैन । नत कार्यक्रम सञ्चालनमा देखिएका समस्या समाधान गर्नेतर्फ नै विश्वविद्यालयले चासो दिएको छ ।… पुरा पढौ

स्वदेशी फूलको कारोबारमा वृद्धि

काठमाडौँ । स्वदेशमा उत्पादन हुने विभिन्न प्रकारको फूल आव २०७८र७९ मा रु दुई अर्ब ३० करोडको कारोबार भएको छ । आव २०७७र७८ मा रु एक अर्ब ६३ करोडको व्यापार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । विभिन्न ४८ जिल्लामा हाल एक सय ७८ हेक्टर क्षेत्रफलमा फूलको खेती गरिएको छ । गत वर्ष भारत, चीन, नेदरल्याण्ड, भियतनाम, जापान, थाइल्याण्डबाट करिब ३६ करोडको फूल आयात भएको छ भने करिब एक करोडको निर्यात पनि गरिएको एशोसिएशनले जनाएको छ । एशोसिएशनको ३० औँ वार्षिक… पुरा पढौ

डेङ्गु नियन्त्रण गर्न सांसदको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सांसदले निर्धारित अवधिमा सडक ठेक्का सम्पन्न नहुँदा नागरिकले खेपेको हैरानी र निरन्तर फैलिरहेको डेङ्गु नियन्त्रण सरकारको ध्यान दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा उनीहरुले निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने र डेङ्गु रोकथाममा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद विद्या भट्टराई निर्माणाधीन राजमार्ग जोखिम राजमार्ग बनेको भन्दै तीनलाई चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए । सांसद सीताराम महतोले सुनसरीको इनरुवाको बाटो ठेक्का लागेको आठ महिना भए पनि काम अघि नबढेकाले मन्त्रालयको ध्यानाकर्षण गराए ।… पुरा पढौ

लेखक तथा पत्रकार समथिङको निधन

पाँचथर । जिल्लाका अगुवा सामाजिक अभियन्ता, लेखक एवं पत्रकार रामप्रकाश समथिङको बिहीबार साँझ निधन भएको छ । शरीरमा अक्सिजनको कमी, रगतमा ‘प्लेटलेस’ तथा रक्तचापमा कमी लगायत समस्या भोगिरहेका उनको उपचारका क्रममा झापाको विर्तामोडिस्थित बिएण्डसी अस्पतालमा निधन भएको हो । विसं २०२६ माघ २९ गते जिल्लाको नांगीनमा जन्मेका समथिङ पत्रकारिता र गैरसरकारी संस्थामार्फत सामाजिक क्षेत्रमा क्रियाशील थिए । उनको वास्तविक नाम रामबहादुर गुरुङ रहे पनि उनी समथिङ नामले चिनिएका थिए । फिदिममा रहेर हालसम्म उनका ५५ वटा कृति प्रकाशन भएका छन्… पुरा पढौ

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल असोज १ गते रातिपछि सकिने

काठमाडौँ । निर्वाचन आयोगले विद्यमान प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आगामी असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने स्पष्ट गरेको छ । आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ गतेको पत्र र भदौ २९ गतेको राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको हो… पुरा पढौ

पाल्पाली कांग्रेस नेता घिमिरेको निधन

रामपुर । जिउँदो सहिदका नामले परिचित नेपाली कांग्रेस पाल्पाका नेता विजयराज घिमिरेको निधन भएको छ । लामो समयदेखि आन्द्राको क्यान्सर रोगबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा बिहीबार साँझ ८ः३० बजे काठमाडौँस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । दुई हप्ताअघि स्वास्थ्यमा थप समस्या आएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । विसं २०५६ मा पहिलो पटक प्रतिनिधिसभामा उम्मेदवार बनेका घिमिरे २०७४ को निर्वाचनमा उम्मेदवार थिए । विसं २०२५ मा पाल्पाको रामपुर नगरपालिकामा जन्मेका भएका घिमिरे विद्यार्थी जीवनदेखि नै आफ्नो राजनीतिक… पुरा पढौ