देश

ढिकुरे भनेर केपी ओलीले कस्केली जनताको अपमान गरे : मुल्मी

पाेखरा,१९ कात्तिक । नेपाल उद्योग बाणिज्य महासङ्घका पुर्व केन्द्रीय अध्यक्ष आनन्द राज मुल्मीले एमालेका अध्यक्ष केपी शर्मा ओलीले कास्कीको अपमान गरेकाे बताएका छन्। पाेखरा-२ मा आज भएकाे गठबन्धनका उम्मेदवारकाे परिचय कार्यक्रममा उनले ओेलीले शुक्रबार भएकाे चुनावी कार्यक्रममा प्रचण्डकाे आलोचना गरि ढिकुरपाेखरीकाे नाम बिगारेर ढिकुरे भनेर कस्केली जनताको अपमान गरेकाे उल्लेख गरे । मुल्मीले सचेत कास्कीवासीले ओली अभिव्यक्तिकाे बिराेध गर्नु पर्ने बताए । स्थिरता र विकासका लागि गठबन्धनले विजयी हासिल गर्नुपर्नेमा जाेड दिए । पुरा पढौ

झापामा क्यान्सर विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

झापाको मेचीनगरमा क्यान्सर रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस २०२२’ आज सुरु भएको छ । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र नेपाल क्यान्सर फाउन्डेसनले संयुक्तरुपमा आयोजना गरेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका दुई सय विशेषज्ञ चिकित्सकको सहभागिता छ । सो सम्मेलन कात्तिक २० गतेसम्म सञ्चालन हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका ‘मेडिकल डाइरेक्टर’ एवं सम्मेलनका कार्यक्रम निर्देशक डा वीरेन्द्र यादवले जानकारी दिए । विश्वभरि फैलिइरहेको क्यान्सर रोगको अवस्था, यसको निदानका लागि भइरहेका वैज्ञानिक खोज अनुसन्धान र उपचार प्रविधिका बारेमा चिकित्सकीय… पुरा पढौ

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के के छन् एजेण्डा ?

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) आइतबारदेखि सुरु हुँदैछ । सम्मेलन यही कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदैछ । उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी तथा महत्वाकाङ्क्षी परिणाम दिने अपेक्षा गरिएको छ । साथै उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यमबाट… पुरा पढौ

तनहुँमा डेङ्गु सङ्क्रमित बढ्दै

चिसो मौसम सुरु हुँदा पनि तनहुँमा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा छ । डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछि सदरमुकामस्थित अस्पतालहरुमा सङ्क्रमितको भिड लागेको छ । कात्तिकमा मात्रै ८८ जनामा सङ्क्रमण देखिएको दमौली अस्पतालका प्रमुख डा दिवस ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार २१५ जनाको नमूना परीक्षणमा सबैमा डेङ्गु सङ्क्रमण देखिएको हो । जिल्लामा भदौको अन्तिम सातादेखि डेङ्गुको सङ्क्रमण फैलिएको थियो भने असोजमा मात्रै एक सय एक जनामा सङ्क्रमण पुष्टि भएको डा ढकालले बताए । डेङ्गुको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, जोर्नी र… पुरा पढौ

एमालेलाई बहुमत आवश्यक छ : अध्यक्ष ओली

महेन्द्रनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा नेकपा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार साँझ आयोजित चुनावीसभामा उनले विकास, शान्ति, जनता र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताए । “एमाले एक्ललैले बहुमत ल्याउन परेको छ”, अध्यक्ष ओलीले भने, “अनि मात्रै देशमा विकासको अभियान चल्न सक्छ ।” विगतमा एमाले पहिलो वा दोस्रो पार्टी हुने गरेको भए पनि बहुमत नपाएको उनले स्पष्ट पारे । “अहिले २०७४ सालमा बमुहत प्राप्त गरेर सरकार चलाउन… पुरा पढौ

लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो : प्रधानमन्त्री देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनुपरेको बताएका छन् । गृहपालिका गन्यापधुरा–२ वडालमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धन बहुमतका साथ विजयी हुने दाबी गरे । सबै पक्ष, जातजाति र भूगोल तथा अन्यायमा परेका मानिसको पक्षमा रहेका गठबन्धका उम्मेदवारलाई विजयी बनाउन उनले आग्रह गरे । राजनीतिमा स्थायी शत्रु र मित्र नहुने भएकाले राजनीति परिस्थितिअनुसार चल्ने उनको भनाइ थियो ।… पुरा पढौ

सहारा क्लबको देउसी भैलो ७ लाख १७ हजार रुपैयाँ संकलन

पोखरा । तिहार अवसरमा सहारा क्लब पोखराले देउसी भैलो कार्यक्रमबाट ७ लाख १७ हजार रुपैयाँ संकलन गरेको छ । विगत २ वर्ष कोरोनाका कारण संचालन हुन नसकेको देउसी भैलो कार्यक्रम यसपालि ४ दिनसम्म खेलिएको थियो । संस्कृतिको जगेर्ना गरौं, सहारा फुटबल एकेडेमीलाई सहयोग गरौं भन्ने मूलनाराका साथ संचालित कार्यक्रमबाट बचत रकम क्लबले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील मोफसलको प्रतिष्ठित सहारा क्लबले दोबिल्लामा संचालन गरेको एकेडेमीमा कठिन… पुरा पढौ

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्रने आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहसपछि आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । उक्त मुद्दामा बुधबारबाट थुनछेक बहस प्रारम्भ भएको थियो । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ मा मुद्दा दायर गरेको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने… पुरा पढौ

उम्मेदवार लाउँछन् विकासका नारा, जनतालाई महंगी र बेरोजगारीको चिन्ता

पोखरा, कात्तिक १८ । कास्कीमा चुनावी रन्को ह्वात्तै बढेको छ । उम्मेदवारहरु घरदैलो गर्न ब्यस्त छन् । कामको चटारोले जनतालाई चुनावी गफ सुन्न फुर्सद छैन । तर घर र काम गरेकै ठाउँमा नेता र उम्मेदवार पुगेपछि सर्वसाधारण जनता व्यस्तताका बाबजुद उनीहरुको कुरा सुन्न बाध्य छन् । करीब पाँच वर्षपछि जनताको घरदैलोमा पुगेका नेता र उम्मेदवारहरुले पुरानै नारा र अजेण्डा उठाएका छन् । उनीहरु उहि पुरानो बाटो, पु्ल, पानी, सिंचाईलगायतका विकासका आश्वासन बाँढ्छन् । तर जनताले भने उनीहरुको विकासको खोक्रो आश्वासन… पुरा पढौ

ब्याजदर वृद्धिविरुद्ध उद्योगी व्यवसायीको साङ्केतिक प्रदर्शन

बैंकहरुले ब्याजदर वृद्धि गरेको विरोधमा उद्योग व्यवसायीले आज यहाँ प्रदर्शन गरेका छन् । ब्याजदरमा स्थायित्व हुनुपर्ने, सहजरुपमा ऋण नवीकरण गर्न पाउनुपर्ने, आधारदरका कारण बढेको प्रिमियम घटाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले लिइरहेको सेवाशुल्क घटाउने तथा अतिरिक्त शुल्क लिन नपाउनेलगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् । ब्याजदर वृद्धिलगायत विभिन्न कारणले उद्योग व्यवसायको लागत बढेको भन्दै उद्योगी व्यवसायीहरुले सम्बन्धित निकायको ध्यानाकर्षणका लागि माइतीघर मण्डलामा प्रदर्शन गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । “बैंकको ब्याजदर वृद्धि उद्योगी व्यवसायीले खप्नै नसक्ने… पुरा पढौ