देश

बैतडीमा छ महिनादेखि हवाई सेवा बन्द

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा हुने गरेको हवाई उडान छ महिनादेखि बन्द रहेको हो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । यहाँ हवाई उडान नहुँदा आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन् । हवाई उडान नहुँदा आकस्मिकरुपमा बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जाने नागरिक समस्यामा परेका हुन् । सार्वजनिक गाडीको यात्राबाट धनगढी पुग्न… पुरा पढौ

दुई हजार बढी सक्रिय सङ्क्रमित

काठमाडौँ । पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्कअनुसार कोरोना भाइरसको सङ्क्रमण दर लगातार घटिरहेको छ । मन्त्रालयका अनुसार आज एक सय १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । चार हजार ८४ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज एक सय ३० सङ्क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार एक सय ९१ छ । काठमाडौँमा पाँच सय बढी, ललितपुर र चितवनमा दुई… पुरा पढौ

राष्ट्रिय विज्ञान दिवस मनाइँदै

काठमाडौँ । ‘विज्ञान प्रविधिमा लगानीको विस्तार ः समुन्नत र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ २०७९ असोज १ गते १०औँ राष्ट्रिय विज्ञान दिवस मनाइने भएको छ । नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारी २०७० सालदेखि हरेक वर्ष असोज १ गते देशव्यापीरूपमा विज्ञान दिवस मनाउने गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा भएका अध्ययन, अनुसन्धान तथा नवप्रवर्तनीय खोजमूलक विषयहरूको प्रचारप्रसार गरी… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव १९ अङ्कले वृद्धि भई तीन सय ८५ दशमलव ३६ मा पुगेको छ । कूल दुई सय २७ कम्पनीको ४६ लाख १८ हजार पाँच सय १६ कित्ता शेयर रु एक… पुरा पढौ

भ्रष्टाचार गरेको अभियोगमा खुलालविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले घूससहित पक्राउ परेका सिनियर प्लम्बर गणेशबहादुर खुलालविरुद्ध आज विशेष अदातलमा मद्दा दर्ता गरेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्कालचौर शाखामा कार्यरत खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घूस मागेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले गत साउन ३१ गते रु पाँच हजारसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग घूस माग गरेको पुष्टि हुन आएको भन्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।… पुरा पढौ

अध्यक्ष प्रचण्डसँग अमेरिकी राजदूतको भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले बिदाइ भेटवार्ता गरेका छन । खुमलटारस्थित अध्यक्ष निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाइ ज्ञापन गरेका उनको सचिवालयले जनाएको छ ।रासस पुरा पढौ

बालबालिका सचेत हुनुपर्छ मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले साथीभाइ, छिमेकीलगायत नजिकैका व्यक्तिबाटै बालबालिकाविरुद्ध दुव्र्यवहारका घटना हुनसक्ने भएकाले त्यो हुन नदिन पहिले नै सचेत हुनुपर्ने बताएकी छन। अन्ठाउन्नौँ राष्ट्रिय बाल दिवसका अवसरमा आज मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले कुनै पनि किसिमका घटना भइहालेमा तुरुन्तै आमा, दिदीबिहिनिलगायत नजिकका व्यक्तिलाई खबर गर्न बालबालिकालाई सल्लाह दिएकी छन। भविष्य बनाउनुपर्ने समयमा धेरै बालबालिका सुधार गृहमा गइरहेकाले बालबालिकाले आफूले गर्न हुने र नहुने कामका बारेमा पनि सचेत हुनुपर्ने उनले बताकी छन । मन्त्रालयका सचिव डिल्लीराम… पुरा पढौ

प्रतिनिधिसभामा सांसदहरुले भने, ‘आज यो अन्तिम बैठक हो’

काठमाडौँ ।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रतिनिधिसभाको कार्यकाल सकिन लागेको र सम्भवतः यो आफ्नो अन्तिम बैठक भएको बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसद रङ्गमती शाहीले कर्णालीका पीडा पोख्ने क्रममा मन्त्री र नेता कसैको व्यक्तिगत चित्त दुखाएको भए क्षमा माग्दै आफ्नो अन्तिम बैठक भएको बताए । सांसद राजेन्द्रकुमार केसीले वर्तमान संसद् बैठकमा आफ्नो अन्तिम दिन रहेको र संसद्को कार्यकाल समाप्त हुने विषय विवाद नै रहेकाले उक्त विषयमा निष्कर्ष निकाल्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । यस्तै सांसद यज्ञबहादुर बोगटीले यो संसद्को कार्यकाल… पुरा पढौ

टोखाद्वारा ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । टोखाले ५८ राष्ट्रिय बाल दिवसका अवसर पारेर आज साउथ वेष्टर्न स्कुल वसुन्धरामा आयोजित कार्यक्रममा नगरपालिकाभित्रका कक्षा १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको हो । सो नगरपालिकाले २० विद्यार्थी, ४१ शिक्षक तथा १२ विद्यालयलाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीलाई रु १२ हजार पाँच सय पुरस्कार, प्रमाणपत्र र खादा लगाएको थियो । यस्तै उत्कृष्ट शिक्षकलाई रु पाँच… पुरा पढौ

न्यायको विषयलाई राजनीतिकरण गर्नु हुँदैन : प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिकरण गर्न नहुने बताउनुभएको छ । मंगलवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उाले यस्तो बताउनुभएको हुन् । अध्यक्ष दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सहमतिकै आधारमा अघि बढाइनुपर्ने बताए । उनले संक्रमणकालीन न्यायको विषयमा राजनीतिक आग्रहरपूर्वाग्रह हुनु नहुने बताए । अध्यक्ष दाहालले भने, ‘संक्रमणकालीन न्यायको विषय हामी सबैको चासो, सरोकार र चिन्ताको… पुरा पढौ