अर्थ

जनकपुरधाको दसैँ बजारमा तीन करोडको कारोबार

असोज २८ महेन्द्रनगर । दसैँका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्तो बजारमा यस वर्ष रु तीन करोडको कारोबार भएको छ । गत वर्ष करिब सात/आठ करोडको कारोबार भएको बजारमा यसवर्ष व्यापार घटेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताए । सङ्घका वरिष्ठ उपाध्यक्ष मनोज साहकाअनुसार यस वर्ष सस्ता बजारको व्यापारमा गिरावट आएको छ । करिब १० वर्षदेखि स्टल राख्दै आउनुभएका शुलभ किचेन सेन्टरका सञ्चालक गङ्गाराम साहले यो वर्ष ५० प्रतिशत पनि व्यापार नभएको र खर्चसमेत नउठेको गुनासो गरे… पुरा पढौ

पोखरामा च्याङ्ग्रा सकियो, सस्तिएला र किनौंला भनेर पुगेका उपभोक्ता रित्तै फर्किन बाध्य

पोखरा, असोज २५ पोखरा–२७ भण्डारढीकका हेमराज आचार्य र उनका साथी बडादशैंको नवौं दिन अर्थात महानवमीका दिन शुक्रबार च्याङ्ग्रा लिन पोखराको हरिचोक पुगे । अघिल्ला वर्षहरुमाजस्तै यस वर्षपनि शुरुमा महङ्गो र नवमीदेखि सस्तो हुने आशामा उनीहरु यस दिन च्याङ्ग्रा लिन महानवमीको दिन हरिचोक पुगेका हुन् । तर उनीहरुले त्यहाँ च्याङ्ग्रा देखेनन् । त्यसपछि च्याङ्ग्रा खोज्दै सिमपानी, याम्दीहुँदै हेमजा मिलनचोकसम्मै पुगे तर कतैपनि च्याङ्ग्रा भेटेनन् । च्याङ्ग्रा नभेटेपछि रित्तै फर्किदै गरेका उनले भने,‘घरमा च्याङ्ग्रा लिएर आउँछु भनेर आएँ, तर यहाँ त भेटिएन… पुरा पढौ

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

असोज २४ काठमाण्डौं । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु ७३ करोडबराबरको क्षति भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण रु ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो । क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको रु ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको रु दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको रु ६०… पुरा पढौ

उड्नै लागेको बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि…

असोज २४ काठमाण्डौं । विराटनगरबाट जनकपुरका लागि उड्नेक्रममा रहेको बुद्ध एयको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपतकालिन ढोका) खोलेका छन् । बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णका अनुसार आज बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०५ विमान भिजिबिलिटी कमजोर हुदाँ जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि विराटनगर विमानस्थलमा अवतरण गरिएको थियो । आपतकालिन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृतरूपमा यात्रुलाई जानकारी गराएका हुन्छन् । आपतकालिन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पु¥याउँछ ।… पुरा पढौ

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

असोज २३ काठमाण्डौं । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब रु चार अर्बमा सिमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट करिब दुई अर्ब र अन्य… पुरा पढौ

‘झाँगाझोली’को सुन्दरताले पर्यटकलाई लोभ्याउदै

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । नेपालीहरुको महानपर्व बडादसँैं नजिकिएसँगै दैनिक यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित यस क्षेत्रमा पर्यटकको आवागमन बढ्दै गएको छ । तीन खोले मन्दिर नजिकै झाँगाझोली रहेको छ । मन्दिर जानेआउने एवं भक्तजन र पर्यटकहरु झाँगाझोली आउन छुटाउँदैनन् । विशेष गरी साँझको समयमा पर्यटकको चहलपहल बढ्ने गरेको स्थानीय शङ्रप्रसाद अधिकारीले बताए। रातिको समयमा यहाँबाट गौरादेवी उद्यानको अवलोकन गर्न पर्यटक लालायित हुने… पुरा पढौ

२० रुपैयाँको पानीको बोतल रु एक सयमा बेच्दा

कास्की । तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु दुई लाख जरिवाना गरेको छ । पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । सोही स्थानका एक ग्राहकले रु २० पर्ने एक बोतल मिनरल वाटर रु एक सय तिरेको बिलसहित प्रशासनमा सिकायत… पुरा पढौ

चाडपर्वका अवसरमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट

असोज २२ पोखरा । पर्यटन राजधानी पोखराका होटेलमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको छ । होटेल सङ्घ नेपाल पोखराद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष लक्ष्मण सुुवेदीले चाडपर्वलाई लक्षितगरी सङ्घ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा बडादसैँदेखि तिहारसम्म प्रकाशित दररेट (आवासमा) मा पाहुनालाई ३० प्रतिशतसम्म छुटको घोषणा गरिएको जानकारी दिए । यस प्रकारको छुटबाट लाभान्वित हुन आन्तरिक पर्यटकलाई उनले अनुरोध गरे । भ्रमण र पदयात्राका लागि पोखरा र सिङ्गो गण्डकी प्रदेश सबै मौसमका लागि उपयुक्त छ भन्ने मान्यताअनुरूप… पुरा पढौ

भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीको शुभकामना आदान प्रदान

पोखरा । भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुको महान चाड दशै तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समपन्न गरेको छ । सामूदायिक भवन पिपलागैरामा संस्थाका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक मुक्तिनाथ पौडेलले चाड पर्व कत्ति पनि तडक भडक नगरी आफ्नै मौलिकता र मित्रभावले मनाउन आग्रह गरे । कार्यक्रममा घार्मी जनजागर आमा समूहका सचिव हिरादेवी पौडेल, घार्मी कृषी वातावरण तथा पर्यटन सहकारीका सचिव राजकुमार पौडेल, मैदान टोल विकास संस्थाका उपाध्यक्ष भिम प्रसाद… पुरा पढौ

चाँडपर्वको मुखमा पोखरा–१ मा वडाको अनुगमन

पोखरा, असोज २२ पोखरा महानगरपालिका वडा नम्बर–१ ले चाँडपर्वको मुखमा वडा भित्रका मासुजन्य तथा खाद्यान्न पसलहरुमा अनुगमन गरेको छ । चाँडपर्वको अवसरमा मूल्य बृद्धि गर्ने, म्याद गुज्रेका तथा अखाद्य वस्तुको मिसावट गरी बेच्ने, कृतिम अभाव सिर्जना गर्ने लगायतका कार्यहरु नियन्त्रण गर्ने उद्देश्यले वडाध्यक्ष सहारा प्रधान नेतृत्वको अनुगमन टोलीले मासुजन्य तथा खाद्यान्न पसलहरुमा अनुगमन गरेको हो । अनुगमन टोलीले २४ वटा मासु पसल तथा ४ वटा खाद्यान्न पसलको अनुगमन गरेको वडाध्यक्ष सहारा प्रधानले जानकारी दिए । सो क्रममा ६ वटा मासु… पुरा पढौ