अर्थ

केपी ओलीको आरोप : कांग्रेस सत्तामा आउँदा अलच्छिन लाग्छ, अहिलेपनि देशको ढुकुटी रित्तियो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सत्तामा आउने वित्तिकै देशमा अलच्छिन लाग्ने गरेको आरोप लगाएका छन् । नेकपा एमाले कास्की जिल्ला स्तरिय बृहद कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले यस्तो गम्भीर आरोप लगाएका हुन् । कांग्रेस सत्तामा आउने वित्तिकै अलच्छिन किन लाग्छ ? प्रश्न गर्दै उनले अगाडि थपे,‘यिनीहरु आएपछि सहकाल समाप्त हुन्छ, अनिकाल लाग्छ । पैसा हुँदैन । व्यक्तिसँग मात्रै होईन अहिले त बैंकसँगपनि पैसा छैन । तरलता अभाव छ, ऋण दिनेपनि पैसा… पुरा पढौ

व्यावसायिक तरकारी खेतीबाट आम्दानी

लेखनाथ । पोखराका उपभोक्ताले पाँच दिन अघि मात्र प्रतिमुठा साग रु एक सय ५० तिरेर खरिद गरेका थिए । एक महिना अघि मात्र प्रतिकेजी धनियाँको साग एक हजारमा बिक्री भएको थियो । तिहारमा सयपत्री फूलको मूल्य प्रतिकेजी रु एक हजार पुगेको थियो । यसैबाट प्रमाणित हुन्छ कि अब कास्कीका किसानले उत्पादन गरेको वस्तुले मूल्य पाउन थाल्यो । पोखरा महानगरपालिका–२२ भुम्दी निवासी २४ वर्षीया अप्सरा मिजारसँग आफ्नो जमिन नभए पनि दई रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेकीमा भदौ र आसोज… पुरा पढौ

सफल घ्यू नयाँ आर्कषक प्याकेजसहित बजारमा

पोखरा । सुजल डेरी प्रा.लि. द्वारा उत्पादित सफल घ्यू नयाँ प्याकमा बजारमा सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ प्याकमा ७(लेयर प्याकेजिंगका साथै उत्पादनलाई थप आकर्षक बनाउनका लागि ३ लेयर लेमिनेसन पनि गरिएको छ । त्यस्तै नयाँ प्याकको ग्लस्सी फिनिस र गोल्डेन प्याटर्नले उत्पादनलाई थप प्रिमियम बनाएको छ । जसले घ्यूको गुणस्तर लामो समय कायम गर्दै, स्वादमा ताजापन राख्नका लागि मद्दत पुग्ने कम्पनीले दावी गरेको छ । घ्यूको गुण र शुद्धतालाई अझै बढी राम्रो बनाउँदै नेपाली परिवारको आवश्यकतासँग जोड्ने उद्देश्यले आर्कषक… पुरा पढौ

भेडा मर्न थालेपछि समस्यामा किसान

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । दुई महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुनिनेलगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताए । दुई महिनामा किसान छन्त्यालका २४ भेडा मरेका छन् । साना पाठापाठीदेखि ठूला भेडाखसी मरेर क्षति पुगेको छन्त्यालले बताए। ठाडाखानीमा पूर्णबहादुर छन्त्याललेसमेत १७ भेडा मरेका बताए। त्यहाँका करिब तीन दर्जन बढी घरमा परम्परागत रुपमा भेडापालन हुँदै आएको छ । भेडापालनको पकेट क्षेत्रका रुपमा यहाँ सिद्ध… पुरा पढौ

उम्मेदवारलाई धन्यवाद भन्दै मतदाताले मागे कालोपत्रे र खानेपानी

पोखरा, २० कात्तिक सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण नै हो । तथापि नेपालका विकास, निर्माणको अगुवाइसमेत सांसदले गर्दै आएका छन् । सोही कारणले अहिले उम्मेदवारसँग मतदाता विभिन्न विकास, निर्माणका प्रतिवद्धता मागिरहेका छन् । कास्की ३ का मतदाताले पनि शनिबार सत्ता गठबन्धनका उम्मेदवारसँग आफूले भोग्नुपरेका अप्ठेरा सुनाए । आवश्यक विकास, निर्माणको प्रतिवद्धता मागे । कास्की ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बराल (जीवन)ले निर्वाचनपछिको विकास, निर्माणका काममा पनि गठबन्धनकै सहकार्यमा अघि बढ्ने बताए । उनले मेलबोट अस्ताम, धिताल धुम्पुस… पुरा पढौ

उपकार बचत तथा ऋण सहकारी संस्था लि.को साधारण सभा सम्पन्न

कात्तिक १९, पोखरा । पोखरा महानगगर पालिका वडा नं ६ बैदाम स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । शनिबार भएको सभाले आर्थिक वर्ष ०७८\०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।कार्यक्रमको प्रमुख अतिथि सहकारी रजिस्टार कार्यलय गण्डकी प्रदेशका प्रम्ुख रमेश घर्तिले सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्दै… पुरा पढौ

कोरियाका सांसद पो.उ.वा. संघमा, प्रविधि हस्तान्तरणमा सघाउन संघको आग्रह

पोखरा । दक्षिण कोरियाको राष्ट्रिसभा सदस्य लि साङ हनले पोखराको पर्यटन प्रवद्र्धनको जिम्मा निजी क्षेत्रले लिनुपर्नेमा जोड दिएका छन् । नेपालले सुन्दरताको लागि इश्वरीय बरदान पाएको बताउँदै उनले पोखराका उद्योगी÷व्यवसायीहरुलाई प्राकृतिक स्रोत परिचालनबाटै लाभ लिन सुझाएका छन् । ‘नेपाल इश्वरीय बरदान प्राप्त मुलुक हो’,शुक्रबार पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुसँगको छलफलको क्रममा उनले भने,पदाधिकारी तथा सदस्यहरुसँगको छलफलको क्रममा उनले भने,‘तपाईंहरुले यहाँका उत्पादनहरुको ब्राण्डिङ गर्न सक्नुपर्छ ।’ उनले पानीको उदाहरण दिँदै थपे,‘यहाँको पानीलाई विश्वकै अग्ला हिमालको शुद्ध पानी भनेर संसारभर… पुरा पढौ

सहारा क्लबको देउसी भैलो ७ लाख १७ हजार रुपैयाँ संकलन

पोखरा । तिहार अवसरमा सहारा क्लब पोखराले देउसी भैलो कार्यक्रमबाट ७ लाख १७ हजार रुपैयाँ संकलन गरेको छ । विगत २ वर्ष कोरोनाका कारण संचालन हुन नसकेको देउसी भैलो कार्यक्रम यसपालि ४ दिनसम्म खेलिएको थियो । संस्कृतिको जगेर्ना गरौं, सहारा फुटबल एकेडेमीलाई सहयोग गरौं भन्ने मूलनाराका साथ संचालित कार्यक्रमबाट बचत रकम क्लबले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील मोफसलको प्रतिष्ठित सहारा क्लबले दोबिल्लामा संचालन गरेको एकेडेमीमा कठिन… पुरा पढौ

युवा व्यवशायी श्रेष्ठको जम्मदिनको अवसरमा निः शुल्क कम्प्युटर शिक्षा

पोखरा । युवा व्यवशायी पूर्ण कुमार श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी विभिन्न व्याक्तिहरुलाई निः शुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने भएका छन । पोखरामा रही दर्जन बढी संघ संस्थामा आवद्ध श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी १२ जना युवाहरुलाई निःशुल्क कम्प्यूटर शिक्षा प्रदान गर्न लागेका हुन । श्रेष्ठले जन्मदिनको अवसरमा साथीहरु संघ रमाइलो गरी खर्च गर्ने पैसाले आफु भन्दा कम अवसर पाएको र पर्याप्त तालिमको कमीका कारण रोजगार बिहिनहरुलाई रोजगार दिने उद्देश्यले १ लाख बरावरको खर्चमा उक्त तालिम निशुल्क रुपमा प्रदान गर्न… पुरा पढौ

मानवता प्रवद्र्धनका लागि पुस १२ गते पोखरामा हुँदैछ ‘नेपथ्य लाइभ कन्सर्ट’, तयारी तिब्र

पोखरा । कास्कीको पोखरामा रहेको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ आगामी पुस १२ गते पोखरा प्रदर्शनी केन्द्रमा बृहत ‘नेपथ्य लाईभ कन्सर्ट’ हुने भएको छ । आश्रमको भवन निर्माण सम्पन्न गर्न नेपथ्य व्याण्डसँगको सहकार्यमा लाइभ कन्सर्ट आयोजना गरिएको हो । कुल रु १० करोड लागतमा निर्माण सम्पन्न गर्न लागिएको भवनका बाँकी काम पुरा गर्न आर्थिक अभाव भएपछि सांगीतिक कार्यक्रम गरी आर्थिक सङ्कलन अभियान अन्तरगत शुरु हुन लागेको महिनाव्यापी नेपथ्य लाइभ कन्सर्टको तयारी तिब्र पारिएको आश्रमको कास्की शाखाले जनाएको छ । उक्त… पुरा पढौ