अर्थ

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज सूचना प्रकाशित गर्दै पाँच वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने जानकारी दिएको हो ।बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्तामध्ये प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् रु १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् रु दुई अर्ब २५ करोड बराबरको… पुरा पढौ

आदर्श लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौँ।आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आईपिओमा १६ लाख ७४ हजार ६५२ जनाले एक करोड ८४ लाख २४ हजार ९०० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये एक हजार ८५८ जना आवेदकको आवेदन रद्ध भएको र बाँकी १६ लाख ७२ हजार ७९४… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडाँै । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि हुँदा चरम खडेरीमा पानी परेको जस्तै भएको लगानीकर्ताको टिप्पणी छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९४।९२ अङ्कले उकालो लागेर एक हजार ९५६।९८ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १७।९३ मा पुगेको छ ।कूल २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर रु दुई अर्ब १९ करोड ६१ लाख… पुरा पढौ

युवा उद्यमी जन्माउन पोखरा महानगरलाई एनवाईईएफले सघाउने

पोखरा । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) कास्कीले युवा उद्यमी जन्माउन पोखरा महानगरपालिकालाई सघाउने भएको छ । युवा उद्यमीहरुको छाता संस्था एनवाईईएफले युवाहरुलाई स्वरोजगार बनाउँदै रोजगारीको सिर्जना गर्नका लागि युवा उद्यमी जन्माउन पोखरा महानगरपालिकालाई सघाउने वचन दिएको हो । एनवाईईएफको हालै भएको मासिक भेला, अन्र्तक्रिया र समाज (मन्थ्ली ग्यादरिङ, ईन्टर्याक्सन एण्ड सोसल) कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्दै आफूहरुले युवा उद्यमी जन्माउन प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको एनवाईईएफ कास्कीका अध्यक्ष सुयश मल्लले जानकारी दिए ।… पुरा पढौ

पर्वत फलेवासको नगरसभा हुन सकेन

पर्वतका सात स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि यही असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गरेका छन्। तर, फलेवास नगरपालिकामा भने नगरसभा हुनसकेको छैन। फलेवासमा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन नसकेको हो। नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा नीति तथा कार्यक्रममा समावेश गर्ने विषयमा गठबन्धन र नेकपा (एमाले)का प्रतिनिधिका बीचमा सहमति कायम नहुँदा नगरसभा नै बस्न नसकेको हो। नगर प्रमुख गंगाधर तिवारीले कार्यपालिकाको बैठकमा… पुरा पढौ

पेट्रोलको २०, डिजेल–मट्टितेलको २९ रुपैयाँ मूल्य घट्यो

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो। उद्योग तथा आपुर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मूल्य घटाइएको बारे जानकारी दिइएको हो। पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटेको हो। अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल–मट्टितेलको १६३ कायम हुनेछ। घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाइएको छ। मन्त्री बडुले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर मूल्य घटेको बताए। सरकारले अन्तर्राष्ट्रिय बजारमा किन्ने मूल्यमा… पुरा पढौ

तमु धि यूकेद्वारा पोखरा स्पोर्टस् अवार्डलाई एक लाख सहयोग हस्तान्त्रण

पोखरा । तमुहरुको बेलायतकै सबै भन्दा ठूलो र साझा संस्था तमु धि युकेले पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहि असार १८ गते हुने ‘छैटौं पोखरा स्पोर्टस अवार्ड’लाई तमु धि युकेले नगद १ लाख सहयोग गरेको हो । तमु धिं युकेबाट प्राप्त उक्त सहयोग संस्थाका नेपाल प्रतिनिधि मेजर लक्ष्मी प्रसाद गुरुङले मञ्चलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा तमु धिं युकेका प्रतिनिधि तथा समाजसेवी मेजर गुरुङले तमु धिं युकेले नेपालमा हुने समाजका हरेक… पुरा पढौ

निजी क्षेत्र नभए समृद्धि सम्भव छैन ः मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने सपना भएको भन्दै त्यसलाई पूरा गर्न गण्डकी प्रदेश सरकार आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म प्रतिवद्ध रहेको बताएका छन् । शनिबार पोखरा उद्योग वाणिज्य संघमा आयोजना गरिएको गण्डकी आर्थिक बहस २०७९ मा बोल्दै मुख्यमन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् । कोभिडले थलिएका निजी क्षेत्रहरु अहिले विस्तारै लयमा फर्किन थालेको बताउँदै उनले सरकारको तर्फबाट हुने सहयोग निजी क्षेत्रलाई सदैव हुने बताए । उनले समृद्ध गण्डकी प्रदेश बनाउने सरकारको… पुरा पढौ

रुपा गाउँपालिकाको बजेट ४९ करोड ३९ लाख

पोखरा । रुपा गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/ ८० का लागि करीब साढे ४९ करोडको बजेट ल्याएको छ । रुपा गाउँपालिकाको विहीबार भएको गाउँसभामा उप–प्रमुख लालसुब्बा गुरुङले ४९ करोड ३९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटमध्ये ८ करोड ८८ लाख नेपाल सरकारबाट प्राप्त हुने वितीय समीकरण अनुदान, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडतर्फ ६ करोड ८६ लाख, प्रदेश सरकारबाट समीकरण अनुदान ९४ लाख, प्रदेशको राजश्व बाँडफाँडबाट ४३ लाख प्राप्त हुने अनुमान गरिएको उप–प्रमुख गुरुङले उल्लेख गरिन् ।… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै भाडा समायोजनको पहल

काठमाडौँ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायातको भाडा समायोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको सातौँ महाधिवेशन तथा १५ औँ साधारणासभाको आज यहाँ उद्घाटन गर्दै अन्तर्राष्ट्रियरुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण नेपालमा पनि मूल्यवृद्धि गर्नुपर्ने बाध्यता भएको प्रस्टयाए। आवश्यकताको आधारमा यातायातको भाडा वृद्धि गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।महासङ्घले भारतीय ट्रक नेपाल आगमनलाई व्यवस्थित गर्नुपर्ने, पट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै समयअनुकुल भाडादर वृद्धि गर्नुपर्ने, काठमाडौँ उपत्ययकाभित्र… पुरा पढौ