अर्थ

हिंसा पीडित बालिकाका परिवारलाई पाँच लाख दिइने

कन्चनपुर । कन्चनपुरको भीमदत्त नगरपालिकाले उल्टाखाममा हिंसाबाट पीडित बालिकाका परिवारलाई रु पाँच लाख नगद सहयोग दिने निर्णय गरेको छ । भीमदत्तका नगरप्रमुख पदम बोगटीले बिहीबार पहिलो कार्यपालिका बैठकबाट सहयोग दिने निर्णय गरेका हुन् । कार्यपालिका बैठकले पीडित बालिकालाई उच्च शिक्षासम्म अध्ययनको जिम्मा लिने निर्णय पनि गरेको छ । नगरप्रमुखको सचिवालयका नायबसुब्बा नरेन्द्रदेव भट्टले कार्यपालिकाको पहिलो बैठकबाट नगद र शिक्षा अध्ययनका लागि जिम्मेवारी दिइने निर्णय गरिएको बताए। “मुख्यरूपमा पीडित बालिकाका परिवारलाई सहयोग र शिक्षा अध्ययनका लागि जिम्मा लिने निर्णय गरिएको छ”,… पुरा पढौ

पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार हुन्छः श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक बर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिवद्धता जनाएका छन्। पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको सपथग्रहण कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संचालन भएसँगै वैदेशिक रोजगारीमा जानेलाई सहज सेवा दिन वैदेशिक रोजगार कार्यालय स्थापना हुने उल्लेख गरे। मन्त्री श्रेष्ठले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा पनि पोखराबाट समेत वैदेशिक रोजगारसम्बन्धी सेवा उपलब्ध गराइने उल्लेख गरिएको चर्चा गरे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरू काठमाडौं जान नपर्ने गरी सवै… पुरा पढौ

घट्यो सुनको मूल्य

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर ९७ हजार ८०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९८ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९७ हजार ७०० पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २७० पुगेको… पुरा पढौ

बन्द भएका उद्योगहरू पुनः सञ्चालनमा ल्याइने

काठमाण्डौं । सरकारले बन्द भएका उद्योगहरू पुनः सञ्चालन गर्ने भएको छ । मंगलबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा सञ्चालनमा आएका तर बीचमा बन्द भएका उद्योगहरूलाई पुनः सञ्चालन गर्ने बताइन् ।आर्थिक विकास र गरिबी निवारणका लागि उद्यमशीलतामा प्रवर्द्धन गरिने उनले बताइन् । समान प्रकृति र उदेश्य भएका सहकारी कोषलाई एउटैमा गाभ्ने नीति पनि सरकारले लिएको छ ।कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख आधार मान्दै आर्थिक वृद्धिलाई बलियो बनाइने पनि राष्ट्रपति भण्डारीले बताइन् । प्रधानमन्त्री कृषि… पुरा पढौ

फेदीखोलामा बाँझो खेतؘ–बारीमा खेती गर्ने कृषकलाई प्रोत्साहन गरिने

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले बाँझो खेत वा बारीमा खेती गर्ने इच्छुक कृषकलाई प्रोत्साहन गर्नका लागि आवेदन माग गरको छ । फेदीखोला गाउँपालिकाले एक सुचना जारी गर्दै यस्तो माग गरेको हो । पालिकाले विगत २ वर्षदेखि बाँझो रहेका खेत बारीमा खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न नगद अनुदान प्रदान गरिने जनाएको छ । पालिकामा बाँझो जग्गा न्यूनीकरण गर्नका निम्ति विगत दुई वर्षदेखि बाँझो रहेको खेत वारीमा खेती गर्न इच्छुक कृषकलाई यही जेठ २० गतेभित्र सम्वन्धित वडा कार्यालयमा सम्पर्क गर्न प्रमुख प्रशासकिय… पुरा पढौ

भोलिबाट हवाई भाडा बढ्दै, काठमाण्डौं–पोखराको भाडा ६,३०५ रुपैयाँ

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि हवाई भाडा समेत बढेको छ । बुधबारबाट लागू हुने गरि वायु सेवा सञ्चालक संघले हवाई भाडा बढेको जानकारी गराएको छ । संघका अनुसार काठमाडौंबाट पोखराको रुटमा एकैपटक १६० रुपैयाँ बढेको छ । यसअघि ३ हजार ४७० रुपैयाँ कायम गरिएको सो रुटमा अव अधिकतम ६ हजार ३०५ रुपैयाँ भाडा लाग्ने भएको छ । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पु¥याएको छ । अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा… पुरा पढौ

करोड लगानीमा जिमखाना सञ्चालनमा

बागलुङ । सहरीया युवालाई लक्ष्य गरी बागलुङ जिमखाना खोलिएको छ । व्यवसायी ध्रुव खड्काले ‘मोर्डन फिजिकल फिटनेस’ सञ्चालनमा ल्याएका छन् । शारीरिक सुगठन र स्वास्थ्यका लागि जिमखानामा युवाको आकर्षण छ ।सदरमुकाममा खुलेको जिमखानामा झण्डै रु एक करोड लगानी परेको सञ्चालक खड्काले बताए । मोटोपन घटाउने पेटको कसरतका लागि छुट्टै व्यायामशाला छ । शारीरिक सुगठनका खेलाडीदेखि सर्वसाधारणले जिमखानाबाट लाभ उठाउन सक्छन् । दूरसञ्चार रोड नजिकमा जिमखाना रहेको छ । जिमखाना आउन चाहानेका लागि भर्ना खुला गरिएको छ । २० जना भर्ना… पुरा पढौ

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १८० पुग्यो

पोखरा । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको हो। पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ । भारतीय आयल कर्पोरेसन (आइओसीले) पठाएको पछिल्लो मूल्यका आधारमा आयल निगमले मूल्य समायोजन गरेको… पुरा पढौ

युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा सुयश मल्ल

पोखरा, जेठ ८ नेपाली युवा उद्यमी मञ्च पोखराको अध्यक्षमा सुयश मल्ल चयन भएका छन् । मञ्चको शनिबार सम्पन्न १७ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले मल्ललाई अध्यक्षमा चयन गरेको हो । मञ्चको ईमिडियट पास्ट प्रेसिडेन्टमा सुनिलबहादुर भट्टराई, प्रेसिडेन्ट ईलेक्टमा निरन केसी, प्रेसिडेन्ट नोमिनीमा ई.विशेष थापा, कार्यक्रम संयोजकमा समेज राजभण्डारी र आर्थिक संयोजकमा सरोज कायस्थ चयन भएका छन् । यसैगरी, मञ्चको कार्यकारिणी सदस्यहरुमा निकेश द्वा, हर्षल बिजुक्छे, विवेक श्रेष्ठ, दीशान्त शेरचन, सागर भट्टराई र सुरज श्रेष्ठ चयन भएका छन्… पुरा पढौ

बढ्यो सुनको मूल्य

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९७ हजार ३०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ले बढेर रु एक हजार २७० तोकिएको… पुरा पढौ