अर्थ

कास्कीको बिरेठाँटीबाट मुक्तिनाथसम्म केवलकार सञ्चालनका लागि सहजीकरण गरिने

पोखरा, जेठ १५ सरकारले कास्कीको बिरेठाँटीबाट मुस्ताङको मुक्तिनाथसम्म केवलकार सञ्चालन गर्नका लागि सहजीकरण गर्ने भएको छ । सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै धार्मिक पर्यटकीय क्षेत्र मुक्तिनाथसम्म केवलकार सञ्चालनका लागि नीजि क्षेत्रलाई सहजीकरण गर्ने बताएका हुन् । बजेटमा भनिएको छ,‘कास्कीको बिरेठाँटी–मुक्तिनाथ केवलकार सञ्चालनका लागि नीजि क्षेत्रलाई सहजीकरण गरिनेछ ।’ नीजि क्षेत्रबाट यसअघि नै बिरेठाँटी–मुक्तिनाथ केवलकार सञ्चालन गर्ने तयारी थियो । तर अहिलेसम्म अगाडि बढ्न भने सकेको छैन । पुरा पढौ

‘एलपी ग्यास छाडौं, बिजुली जोडौं’ अभियान सञ्चालन गरिने

पोखरा, जेठ १५ सरकारले एलपी ग्यास बिस्थापन गर्ने नीति लिएको छ । सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज बजेट प्रस्तुत गर्दै सरकारले एलपी ग्यास बिस्थापनको नीति लिएको बताए । त्यसका लागि ‘एलपी ग्यास छाडौं, बिजुली जोडौं’ अभियान सञ्चालन गरिने उनले उल्लेख गरे । अर्थमन्त्री प्रभाकरले एलपी ग्यास बिस्थापनका लागि एलपी ग्यास अनुदान क्रमश घटाईने बताए । उनले शुरुमा काठमाडौं उपत्यकाबाट एलपी ग्यासको बिस्थापन गर्दै देशभर पु¥याईने बताए । पुरा पढौ

बजेटमा किसान पेन्सन योजनालाई विशेष प्राथमिकता

काठमाडौ । सरकारले कृषि क्षेत्रको विकास र विस्तारका लागि ‘किसानका लागि सरकार कार्यक्रम’अन्तर्गत किसान पेन्सन योजना अगाडि बढाउने भएको छ । कृषिप्रधान मुलुकको मान्यताअनुसार नै सरकारले पहिलो पटक कृषि क्षेत्रलाई बजेटमा विशेष प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रमा बढ्दो परनिर्भरता अन्त्य गर्न सरकारले पहिलो पटक उल्लेख्यरुपमा कृषि क्षेत्रमा बजेटको व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को आजको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आवको बजेटमा धान, मकै, गहुँ र दूधको न्यूनतम समर्थन मूल्य तोक्ने, ती बालीको खाद्य व्यापार कम्पनीले… पुरा पढौ

लमजुङमा ६३५ घरेलु उद्योग दर्ता

घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन्। आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताएकी छन्। थापाका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ। वाणिज्यतर्फ ३७५ नयाँ दर्ता भएका छन् भने ३५८ वटा नवीकरण भएको छ। गत आार्थिक वर्षको साउनदेखि असारसम्ममा ९७० घरेलु उद्योग दर्ता भएको थियो। आव २०७७/२०७८ मा ३६९ उद्योग नवीकरण गरिएका छन्। वाणिज्यतर्फ एक वर्षको अवधिमा ६४०… पुरा पढौ

पोखरा–२८ को सेवा केन्द्र माझठानामा

पोखरा महानगरपालिका वडा नं. २८ माझठानामा सेवा केन्द्र बिस्तार गरिने भएको छ। महानगरको सो वडाबाट नवनिर्वाचित वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुको पहिलो बैठकले एकीकृत सम्पत्ति कर संकलनका लागि माझठानामा सेवा विस्तार गर्ने निर्णय गरेको हो। पदभार कार्यक्रममा वडाध्यक्ष श्रीकृष्ण लामिछानेले भौगोलिक हिसाबले पोखरा २८ ठूलो र यातायत सुविधासमेत नभएको हुनाले कम्तिमा पनि हप्ताको २ दिन सम्पत्ति कर संकलनका लागि माझठानामा सेवा केन्द्र विस्तार गर्ने निर्णय गरिएको जनाए। उनले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने र वडाभित्रका अति अशक्त आफ्नो हेरचाह आफै… पुरा पढौ

पोखरा–३ को वडा कार्यालयबाट १० जना विद्यार्थीलाई छात्रवृत्ति

पोखरा महानगरपालिका वडा नं. ३ ले १० जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ। नवनिर्वाचित वडाध्यक्ष प्रकाशमान उदाससहित वडा सदस्यहरुले शुक्रबार पदस्थापन गर्दै यस्तो निर्णय गरेका हुन्। वडाभित्रका सामुदायिक तथा निजी विद्यालयसँग समन्वय गरि आर्थिक रुपमा विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ। आर्थिक अभावमा कोही पनि विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको वडाध्यक्ष उदासले बताए। पोखरा–३ नीलगिरि टोलका प्रसिद्ध परियारलाई माउन्ट अन्नपूर्ण स्कूलमा ७ देखि १० कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था गरिएको उदासले जनाए। पदस्थापन कार्यक्रममा… पुरा पढौ

पोखरा–१६ का नवनिर्वाचित वडाध्यक्ष तिमिल्सिनाले यस्तो घोषणा गरे

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिका वडा नं १६ बाट वडाध्यक्षमा निर्वाचित अमृत शर्मा तिमिल्सिनाले बिहीबार पदबहाली गरेका छन्। उनले वडाका १०४ वर्षीया वृद्धा फत्यकुमारी केसीको हातबाट आर्शिवाद लिएर आफ्नो जिम्मेवारी सम्हालेका छन्। पदबहालीसँगै वडाध्यक्ष तिमिल्सिनाले ३ वटा निर्णय गरेका छन्। उनले वडाभित्र रहेका स्वास्थ्य संस्था प्राथमिक स्वास्थ्य चौकी अर्मला र मातृशिशु मितेरी अस्पतालमा गएर प्रसुती गराउने वडाका स्थायी बासिन्दा महिलाहरुलाई पोषण खर्च बापत १ हजार रुपैयाँ उपलव्ध गराउने निर्णय गरेका छन्। त्यसैगरी, स्वास्थ्य चौकी र अस्पताल आउँदा लागेको… पुरा पढौ

राप्ती हाइड्रोको आइपिओ आउँदै

काठमाडौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही जेठ २४ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको छ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गर्ने भएको हो । आयोजनाबाट असर पर्ने रुकुमपूर्वी जिल्ला र रुकुमपश्चिम जिल्लाका बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २२… पुरा पढौ

अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य वृद्धि भयोः मन्त्री बडू

काठमाडौ । सरकारले रुस र युक्रेनबीच युद्धका कारण अन्तर्राष्ट्रियस्तरमा नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आन्तरिकरुपमा पनि मूल्य बढेको स्पष्ट पारेको छ । नेपाल र भारतबीच भएको सम्झौताअनुसार नै सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धन खरिद गरिरहेको जानकारी दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गत आवको तुलनामा चालु आवको १० महिनामा मात्रै रु एक खर्ब बढीको आयात भएको बताए । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ सभामुखसँग समय लिएर मन्त्री बडूले चालु आवको १० महिनामा दुई अर्ब ३८ करोड लिटर पेट्रोलियम… पुरा पढौ

मनाङमा यार्सागुम्बा सङ्कलन रोकियो

मनाङ । हिमाली जिल्ला मनाङमा औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा सङ्कलनका लागि खर्कमा पुगेका सङ्कलक फर्किएका हुन् । हिमपातले गर्दा यार्सागुम्बा सङ्कलन गर्न सक्ने अवस्था नभएपछि बेँसी फर्किएको धादिङका मिलन तामाङले बताए । नार्फुको हुलाबाट लेकमा यार्सागुम्बा सङ्कलन गर्ने गरेको धादिङ रिहीका ४६ वर्षीय एक्का तामाङले बताए । दैनिक नौ–दशवटा यार्सागुम्बा सङ्कलन गर्न सकिने उनले बताए। आफैँले खाना बनाएर खाने र ओढारमा बसेर यार्सागुम्बा सङ्कलन गर्ने गरेको तामाङले बताए । धादिङका १९… पुरा पढौ