अर्थ

हप्तामा दुई दिने बिदाको होटल सङ्घ पोखराद्वारा स्वागत

कास्की । होटल सङ्घ पोखरा नेपालले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई स्वागत गरेको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले आज एक विज्ञप्ति जारी गरी आगामी जेठ १ गतेबाट लागू हुने गरी मन्त्रिपरिषद्ले गरेको शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्थाले पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने उल्लेख गरेका छन् । लामो समयदेखि विविध समस्या झेल्दै आएको पर्यटन क्षेत्रमा दुई दिने बिदाको व्यवस्थाले केही रुपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ । सङ्घले दुई दिन… पुरा पढौ

विदेशबाट फर्केर गाईपालनमा रमाउदै

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्थे । विदेशमा उनको पसिना त्यसै खेर गइरहेको थियो । पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किएका केसी पछिल्लो समय गाईपालनमा रमाएका छन् । उनको आफ्नै गाईफार्म छ । केसी दिनभर गाईको गोबर सोहर्छन् । गाईलाई दाना–घाँस खुवाउछन् । साँझ बिहान भने उनी गाईको दूध दुहुनुका साथै बजारमा बेच्न निस्कन्छन् । बाह्र वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले केसीलाई आत्मसन्तुष्टि र इज्जत मिलेको छ… पुरा पढौ

सुनको मूल्य प्रतितोला ९०० ले घट्यो

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रति तोला रु ९०० ले घटेर रु ९९ हजार ३०० तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु एक लाख २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० कायम भएकामा अघिल्लो दिन प्रतितोला रु ९९ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३५० कायम रहेको महासङ्घले… पुरा पढौ

सुनको भाउ तीन सयले घट्यो

पोखरा । सुनको भाउ सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार तीन सय… पुरा पढौ

पुम्दीकोटमा जारी महायज्ञमा २ करोड १४ लाख संकलन

पोखरा । पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा २ करोड १४ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत आइतबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति सह–संयोजक निर्मल बरालले बताए । महायज्ञको आठौं दिन (आइतबार) मात्र करिब ५२ लाख ६२ हजार संकलन भएको बरालले बताए । मुक्तिनाथ विकास बैंकले महायज्ञमा १० लाख १ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेको बरालले बताए । त्यसै गरी महायज्ञमा पोखरा २२… पुरा पढौ

नबिल बैंकको शाखा मालेपाटनमा

पोखरा । नबिल बैंक लिमिटेडले मालेपाटनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको आइतबार पोखरा महानगरपालिका वडा नं.–५ का वडा अध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले बैंकहरुले उत्पादक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले कृषि क्षेत्रको समृद्धिका लागि बैंकले गरेको सेवा प्रवाह स्वागत योग्य भएको बताए । बैंकका निर्देशक आशा राणा अधिकारीले कृषि तथा महिला उद्यमीहरुका लागि बैंकले विशेष कर्जा प्रदान गर्दै आइरहेको बताइन् । उनले गण्डकी प्रदेशमा बैंकका १६ वटा शाखा रहेको… पुरा पढौ

काठमाडौं फ्रेस बेकरी २६ औं बर्षमा प्रवेश

पोखरा । पोखरा महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरी २६ औं बर्षमा प्रवेश गरेको छ । बेकरीले शनिबार एक कार्यक्रमको आयोजना गरी स्थापनाको रजत बर्ष मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजीब बहादुर कोइरालाले सरकारी तवरबाट व्यवसायीहरुलाई आवश्यक सहयोग नभएको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरुमा दूरदर्शीताको खाँचो रहेको बताए । उनले निरन्तर रुपमा व्यवसायमा लागेमा मात्र सफल उद्यमी बन्न सकिने भएकाले धैर्यता नैै महत्वपूर्ण भएको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले… पुरा पढौ

पुम्दीकोटमा जारी महायज्ञमा एक करोड ६१ लाख संकलन, श्रद्धालुको घुईचो

पोखरा । पर्यटकीय स्थल पोखरा २२ (पुम्दी–भुम्दी) को पुुम्दीकोटमा जारी महायज्ञमा १ करोड ६१ लाख रुपैया संकलन भएको छ ।पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत शनिबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमितिका सह–संयोजक निर्मल बरालले बताए । महायज्ञको सातौं दिन करिब ४० लाख रुपैया संकलन भएको समितिले जनाएको छ । महायज्ञमा पोखरा २२ लुकुन्स्वाँरा निवासी प्रभा बरालबाट ३ लाख ५ हजार ६ सय ६५, स्थानिय कलावती बरालबाट २ लाख ५५ हजार ५ सय… पुरा पढौ

कृषिमा अनुदान भन्ने शब्द हटाउनुस् : अर्थमन्त्री शर्मा

काठमाण्डौं ।अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ०७९–८० को बजेटमा कृषि क्षेत्रका लागि अनुदान नराख्न सुझाव दिएका छन् । आगामी बजेटको नीति कार्यक्रम र बजेटका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग शुक्रबार भएको छलफलमा अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई प्रोत्साहन चाहिएकाले अनुदान नराख्न सुझाव दिएका हुन् । ‘आगामी आबको बजेट बनाउँदा कृषिमा अनुदान भन्ने शब्द नराख्नुस्, त्यसलाई हटाइहाल्नुस्’ उनले भने । उत्पादन वृद्धिका आधारमा किसान पुरस्कृत, उन्नत जातको बिउको उपलब्धता, सही समयमा रासायनिक तथा जैबिक मलको उपलब्धता, प्रविधि र प्राविधिकको… पुरा पढौ

पुम्दीकोटमा जारी महायज्ञमा १ करोड २१ लाख संकलन, जग्गा दान दिन सुरु

पोखरा । पोखरा २२ (पुम्दी–भुम्दी) को पुुम्दीकोटमा जारी महायज्ञमा १ करोड २१ लाख ५६ हजार रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत शुक्रबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमितिका सह–संयोजक निर्मल बरालले बताए । महायज्ञको छैटौं दिन करिब २१ लाख ५६ हजार रुपैया संकलन भएको समितिले जनाएको छ । शुक्रबार महायज्ञमा एक रोपनी १० आना २ पैसा ३ दाम को जग्गा दान भएको छ । उक्त जग्गा दान गर्ने… पुरा पढौ