अर्थ

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव

तनहुँ । नेपाली नयाँ वर्षका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा नयाँ वर्षका अवसरमा सडक खाना महोत्सव हुन लागेको हो । यही चैत ३० गते सुरु हुने महोत्सव आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए । नेपाली नयाँ वर्षलाई स्वागत गर्दै बन्दीपुरमा पर्यटक भित्र्याउने उद्देश्यसहित सडक खाना महोत्सव आयोजना गरिएको प्रधानले… पुरा पढौ

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

काठमाण्डौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले घटेर एक लाख १०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ६०० तोकिएको छ । यसको मूल्य आइतबार प्रतितोला ९९ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३६५ कायम रहेको महासङ्घले जनाएको छ ।… पुरा पढौ

व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन सभामुखको आग्रह

काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता र राष्ट्रलाई केन्द्रमा राखेर व्यवसायको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका हुन । जलवायु परिवर्तनले खडा गरेको व्यवधानलाई पनि सहन गर्दै नयाँ सोच र व्यवहारका साथ अगाडि बढेमात्रै अर्थतन्त्रका आयाम विस्तार तथा विकास गर्नुपर्ने सभामुख सापकोटाको भनाइ थियो । सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने सवाल गहन विषय भएकाले… पुरा पढौ

रिभर फल्सको आइपिओ खुला

काठमाडौ । रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यको रु सात करोड बराबरको सात लाख कित्ता शेयर स्थानीयका लागि निष्काशन तथा बिक्री खुला गरेको जनाएको छ । साधारण शेयरमा आवेदकले १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । निष्काशन गरिएको… पुरा पढौ

सुनको मूल्य तोलाको एक लाख भन्दा बढी

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु ८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० कायम भएको छ । यसको मूल्य शुक्रबार प्रतितोला रु ९९ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार… पुरा पढौ

बजारको हल्लाजस्तो अर्थतन्त्र धरासायी भएको छैन : मन्त्री झाँक्री

काठमाण्डौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र बजारमा हल्ला चलेजस्तो धरासायी नभएको बताएकी छन् । विद्युतीय व्यवसायी सङ्घको १२ औँ वार्षिक साधारणसभामा उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धरासायी नबनेको स्पष्ट पारिन् । मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको त्यसो नगर्न आग्रह गरिन् । उनले भनिन्, “बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धरासायी बनेको छैन । अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था छैन ।” सरकारका गम्भीर तथ्याङ्क… पुरा पढौ

सहकारीसहित सात घरमा चोरी

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो । कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद रु २० हजार चोरी भएको चेम्बर अफ कमर्श कुश्मीशेराका अध्यक्ष विष्णु आचार्यले बताए । त्यस्तै शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर जिसीको घरबाट रु पाँच हजार चोरी भएको छ । कुश्मीशेरा बजारमा व्यापार गर्ने अनिल सापकोटाको पसलबाट… पुरा पढौ

उपकार लघुवित्तको आइपिओ खुला

काठमाडौ उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गरेको साधारण शेयरमा जारी पूँजीको ०।५ प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरि बाँकी दुई लाख… पुरा पढौ

गण्डकी प्रदेशमा पनि बीमा दिवस मनाइँदै

गण्डकी प्रदेशमा पनि विविध कार्यक्रमसहित छैटौ राष्ट्रिय दिवस मनाइँदैछ। बीमा कार्यक्रम लागू गरिएको अस्पतालमा सरसफाई तथा बोर्ड अन्तर्गतको जिल्ला कार्यालयहरुमा दीपावली गरेर बीमा दिवस मनाइन लागेको गण्डकी प्रदेश संयोजक जीवबलाल खरेलले जानकारी दिए। खरेलका अनुसार गण्डकी प्रदेशको ११ वटै जिल्लामा बीमा कार्यक्रम लागू भएको छ। हालसम्म प्रदेशभर ७ लाख भन्दा बढी बीमा कार्यक्रममा आबद्ध भएका छन्। कार्यक्रम अन्तर्गत ३५ सय रुपैयाँ तिरेर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन सकिनेछ। प्रदेशभर ७० वर्ष उमेर काटेका करिब ८० हजार भन्दा बढी ज्येष्ठ नागरिकहरु… पुरा पढौ

काठमाण्डौ उपत्यकाकै ८ स्थानीय तहमा बीमा कार्यक्रम लागू छैन

राजधानी काठाण्डौंकै ८ स्थानीय तहमा अझै स्वास्थ्य बीमा कार्यक्रम लागू हुन सकेको छैन। देशका ७७ जिल्लाका ७४५ स्थानीय तहमा बीमा कार्यक्रम लागू गर्ने भनिएपनि काठमाण्डौ उपत्यकाका ८ स्थानीय तहमा बीमा कार्यक्रम लागू गरिएको छैन। राष्ट्रिय स्वास्थ्य बीमा बोर्डका काठमाडौँ जिल्लाको काठमाडौँ महानगर, कीर्तिपुर, बुढानिलकण्ठ, शंखरापुर, नागार्जुन तथा ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छैन। पुरा पढौ