अर्थ

फेवा नव बर्ष महोत्सवको तयारी तिव्र

पोखरा । नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने १७ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि तिव्र पारिएको आयोजकले जनाएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा यही चैत ३० देखि आगामी बैशाख १ गतेसम्म हुन लागेको महोत्सवको तयारी तिव्र पारिएको आयोजकले पत्रकार सम्मेलन गरि जानकरी दिएको छ । लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटर सडकमा महोत्सव संचालन हुने महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न २१ वटा उपसमितिहरु गठन गरी तयारी अगाडि बढाइएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष… पुरा पढौ

क्षतिपूर्तिको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

तनहुँ उद्योग वाणिज्य संघले गत फागुन २२ गते दमौलीमा भएको आगलागीबाट पीडितलाई उचित क्षतिपूर्ति प्रदान गर्न गृहमन्त्री बालकृष्ण खाणसँग माग गरेको छ। व्यास नगरपालिका–४ मा आगलागीबाट पीडित भएका व्यवसायी एवं सर्वसाधारणलाई सरकारको तर्फबाट राहत प्रदान गर्नका लागि संघले मन्त्री खाणलाई सोमबार ज्ञापनपत्र बुझाएको हो। संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले आठौँ तनहुँ महोत्सवको समापन समारोहमा आएका मन्त्री खाणलाई उक्त मागसहितको ज्ञापनपत्र बुझाएका हुन्। आगलागीबाट व्यवसायीको करोडौँ क्षति भएकाले सरकारको तर्फबाट उचित क्षतिपूर्तिको आस गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए। ‘क्षतिको मूल्यांकनसहित राहतका लागि… पुरा पढौ

५९१ रुपैयाँ पुग्यो, पोखरा–काठमाडौंको बसभाडा

पोखरादेखि काठमाडौं जाने र काठमाडौंबाट पोखरा आउने बसका यात्रुले अब ५९१ रुपैयाँ तिर्नुपर्नेछ। सरकारले सार्वजनिक गाडीको भाडा १५ प्रतिशतसम्म बढाएसँगै काठमाडौं–पोखराको भाडा ५९१ रुपैयाँ पुगेको हो। काठमाडौं–पोखराका लागि यसअघि ५३७ रुपैयाँ भाडा थियो। यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुवाहक गाडीको भाडा १० प्रतिशतसम्म बढाइएको थियो। यस्तै, मालवाहक गाडीको भाडा १५ प्रतिशतसम्म बढेको छ। पहाडमा मालवाहक गाडीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ। इन्धनको मूल्य… पुरा पढौ

समय बचत तथा ऋण सहकारीमा ५१ यूनिट रगत संकलन

पोखरा । समय बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ यूनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापनाको १४ औं वािर्षकोत्सवको अवसर पारेर आयोजना गरेको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन् । कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष रामराज लामिछानेले गरे । उनले संस्थाका शेयर सदस्य आशिष गुरुङलाई ब्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा रक्तसञ्चार केन्द्रका वरिष्ट प्रविधिक महेन्द्र केसीले रक्तदानको महत्वका बारेमा प्रकाश पारे । संस्थाका अध्यक्ष शिव… पुरा पढौ

आम्दानीको स्रोत बन्दै सामुदायिक वन

म्याग्दी । धौलागिरि गाउँपालिका–१ को गुर्जा सामुदायिक वन स्थानीयाका लागि औषधालय वा अस्पतालभन्दा कम छैन । वनबाट जडीबुटी ल्याएर नै स्थानीयवासीले औषधोपचार गर्ने गरेका छन् । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवालगायत जडीबुटी पाइन्छ । यहाँ गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेती गर्न सुरु गरिएको छ । गुर्जाका बासिन्दाले जडीबुटीको व्यावसायिक खेती गर्न थालेका छन् । दलसिङ्गे खर्क, भुजुङ्गेखर्क, गुर्जा बेसक्याम, चुरेन बेसक्याम्प, पुथा बेसक्याम्प हुँदै रुकुमको टकसेरासम्मको पदमार्गमा वनक्षेत्र फैलिएको छ । पदमार्गको नाम ‘यार्सा ट्रेल’ राखिएको धवलागिरि गाउँपालिका–१… पुरा पढौ

स्वास्थ्य बीमामा सहयोग

म्याग्दी । ६५औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा म्याग्दी सदरमुकाम बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुठ्ठीदान सहयोग गरेको छ । सहकारीले सञ्चालन गरेको मुठ्ठीदान अभियानमार्फत बेनी नगरपालिकाका अतिविपन्न १० महिलालाई स्वास्थ्य बीमाबापतको रकम सहयोग गरेकोे हो । बीमाबापत प्रतिव्यक्ति रु तीन हजार ५०० का दरले रु ३५ हजार आर्थिक सहयोग गरिएको सहकारीका अध्यक्ष ज्योति लामिछानेले जानकारी दिए । एक वर्षका लागि स्वास्थ्य बीमाबापतको उक्त रकम सहकारीका अध्यक्ष लामिछाने र जिल्ला सहकारी सङ्घ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले प्रदान… पुरा पढौ

सार्वजनिक यात्रुबाहक यातायातमा १० प्रतिशत भाडावृद्धि

काठमाण्डौं । सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यात्रुबाहक र मालबाहक सवारी सधानको यातायात भाडादरमा १० देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ । पेट्रोलिमय पदार्थमा भएको निरन्तरको मूल्य वृद्धिका कारण सरकारले स्वचालित भाडा निर्धारणको अवधारणाअनुरूप भाडादर वृद्धिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो । यातायात व्यवस्था विभागका अनुसार, यात्रुवाहक सवारीमा १०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १३ र तराईमा सञ्चालन हुने मालवाहक सवारी साधनमा १५ प्रतिशतले भाडा वृद्धि गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेतको सहमतिका… पुरा पढौ

आजदेखि यात्रुसहित रेल संचालन

जयनगर–कुर्था रेल्वे खण्डमा आज (आइतबार)देखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले हिँजो (शुक्रबार) संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका हुन्। दैनिक २ पटक जयनगर–कुर्था रेल चल्ने छ। विहान ८ बजे जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ । जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको छ जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने… पुरा पढौ

बेगनास तालका व्यवसायीलाई सिभिल बैंकको क्यूआर, डिजिटल भुक्तानीबाटै डुंगा सयर

बेगनास तालमा रहेका डुंगा व्यवसायीहरूलाई क्यूआर कोड वितरण गरिएको छ। नगदरहित कारोबार अभियानलाई निरन्तरता दिँदै सिभिल बैंक र फोनपेको सहकार्यमा हालैमात्र एक कार्यक्रमबीच बेगनास ताल डुंगा व्यवसायी संघमार्फत बेगनास तालमा डुंगा चलाउने २२० डुंगा व्यवसायीहरूलाई क्यूआर कोड वितरण गरिएको हो। बेगनास तालमा क्यूआर हस्तान्तरणसँगै स्वदेशी तथा विदेशी पर्यटकले मोबाइल बैंकिङमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन्। साथै भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स र वालेटमार्फत समेत रकम भुक्तानी गर्न सक्नेछन्। यस्तै वाह्य पर्यटकले पनि भिजामार्फत बेगनास तालमा डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्नेछन्।… पुरा पढौ

भारतको रक्सौलाबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुन्छ : मन्त्री यादव

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भारतको रक्सौलाबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताएकी छन् । जनकपुरधामस्थित रेल्वे स्टेशनमा आज आयोजित जयनगर–कुर्था रेल सेवा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले भारतको रक्सौलबाट सिमरा र सिमराबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताइन् । “पहिलो चरणमा जयनगरबाट बिजलपुरासम्मको ७० किलोमिटर रेल्वे ट्याक्ट तयारी भइसकेको छ”, मन्त्री यादवले भनिन्, “अब हस्तान्तरण हुन मात्र बाँकी छ, हस्तान्तरण भएपछि बिजलपुरासम्म रेल चल्ने छ ।” यसका साथै विराटनगरबाट बर्दिबाससम्म पनि रेल सेवा विस्तार गर्ने… पुरा पढौ