अर्थ

आगलागी हुँदा ६० लाखको क्षति

चितवन । चितवनको माडी नगरपालिका–४ खैरहनीमा आगलागी हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय माधव लामिछानेको धन्सारमा आगलागी भएको थियो । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आगलागीबाट धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल ९७० बोरा० कुखुराको दाना, फ्रिज एक थान, टिभी एक थान, डिजिटल मेसिन एक थान, सोलार प्यानल तीन थान, ब्याट्री तीन थान, इन्भर्टर एक थान, ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम… पुरा पढौ

नेपालबाट विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको छ : मन्त्री भुसाल

काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा खपत हुन नसकेको विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको बताएकी छन् । उनले जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई आह्वान पनि गरिन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–१३ मा निर्माण भएको २२०÷१३२ केभी न्यू बुटवल सबस्टेशनको आज उद्घाटन गर्दै मन्त्री भुसालले भनिन्, “दुई वर्षभित्र सबै ठाउँमा विद्युत्को पहुँच पु¥याउने योजनाका साथ सरकार अघि बढेको छ, अहिले सबै क्षेत्रले विद्युत् उपभोग गर्न सक्ने वातावरण बनेको छ, अहिले उत्पादन भइरहेको विद्युत् बर्खामा खेर जाने… पुरा पढौ

पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने

चितवन । पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवन उद्योग सङ्घले स्थापना गरेको प्रदर्शनी केन्द्र ९एस्क्पो सेन्टर०मा प्रदर्शनी हुन लागेको हो । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको मुख्य आकर्षक एशियामा दोस्रो पटक हुन लागेको कृषि कर्जा मेला र मेडिन नेपाल स्टल रहने सङ्घका अध्यक्ष खोजराज कटुवालले जानकारी दिए। उनका अनुसार प्रदर्शनीमा १५० स्टल रहने छन् । विसं २०७१ मा नारायणी नदी किनारबाट सुरु… पुरा पढौ

विद्यालयमा एक लाख ५१ हजारको अक्षयकोष स्थापना

बागलुङ । वार्षिक पुण्यतिथिको अवसरमा बागलुङ नगरपालिका–३ स्थित धौलागिरि वीरेन्द्र माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । बागलुङ नगरपालिका–३ स्थित सोही विद्यालयका पूर्वशिक्षक स्वर्गीय घनश्याम शर्मा र श्रीमती बलावती शर्माको नाममा ‘श्री घन बल जेहेन्दार छात्रवृत्ति अक्षय कोष’ स्थापना गरिएको छ । विद्यालयमा अध्ययनरत जेहेन्दरा विद्यार्थीलाई छात्रवृत्ति वितरणका लागि स्वर्गीय बाबाको १३औँ वार्षिक पुण्य तिथिका अवसरमा विद्यालयमा रु एक लाख ५१ हजारको अक्षयकोष स्थापना गरिएको परिवारले जनाएको छ । विसं २०३५ देखि यस धौलागिरि वीरेन्द्र माध्यामिक विद्यालयमा सेवारत घनश्याम शर्मा… पुरा पढौ

रसुवागढीनाकाबाट आयात वृद्वि

रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात वृद्वि भएको छ । आयात बढाउन केही दिनअधि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुुसार सामान आयातको परिमाण बढ्न थालेको हो । कोभिड–१९ सङ्क्रमणका कारण विगतदेखि घटेको आयात वृद्विगराई नेपाली बजारको माग आपूर्ति गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी र सीमाक्षेत्रका चिनियाँ अधिकारीबीच बैठक भएको थियो । दैनिक नौ कन्टेनरबाट मात्र आयात भइरहेको माल सामग्री बुधबारदेखि वृद्वि भएर १४ का दरले रसुवागढी आइपुगेको प्रमुख जिल्ला अधिकारी नवराज… पुरा पढौ

पाखोमै फले डेढ करोडका सुन्तला

गलेश्वर । भिरालो जमिन र पाखोबारी मात्रै रहेको म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको राखु गाउँ केही वर्षअघि सम्म अनुत्पादक जग्गा भएको सुक्खा गाउँका रुपमा चिनिन्थ्यो तर विगत एक दशकयता राखु गाउँको चिनारी फेरिएको छ । त्यहाँका गाउँलेले त्यही पाखोबारी मात्र भएको भिरालो जग्गालाई खनीखोस्री गरेर मलजल दिई सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरुले आफ्नै गाउँमा बसेर वार्षिक करोडौँ रुपैयाँ कमाउन सफल भएका छन् । “पहिला छ्या १ बाँदर पनि नअडिने अनकन्टार ठाउँ भनेर नाक खुम्च्याउनेहरु अहिले आहा १ कति हराभरा… पुरा पढौ

घट्यो सुनको मूल्य

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु एक लाख थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक… पुरा पढौ

लेखनाथ महोत्सवमा पशुपती र प्रीतीलाई दर्शकको ‘हुटिङ’

पोखरा । १७ औं लेखनाथ महोत्सवमा मंगलबार चर्चित लोकदोहोरी गायक पशुपती शर्मा र प्रिती आलेको गीतमा दर्शकले मनोरञ्जन लिएका छन् । उनीहरुले महोत्सवमा आफ्ना प्रस्तुती राख्दा समर्थनमा दर्शकहरुले हुटिङ गर्दै साथ दिएका थिए । कार्यक्रममा गायक शर्मा र लोकदोहोरी गायीका प्रिती आलेका विच केही समय दोहोरी व्याटल समेत भएको थियो । भने दुबैले आफ्नाचर्चित गीतबाट महोत्सवका दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । साथै महोत्सवमा गायीका सरस्वती लामिछाने र बालचन्द्र बरालको गीतमा दर्शक कम्मर मर्काई–मर्काई नाचेका थिए । महोत्सवमा डायमण्ड मा.वि र… पुरा पढौ

जारको खानेपानीको मूल्य दोब्बर बढाएपछि डिलर व्यवसायी आन्दोलित

पोखरा, चैत १ जारको खानेपानीको मूल्य नबढाउन माग गर्दै पानी (वाटर) व्यवसायी डिलरहरु आन्दोलित भएका छन् । नेपाल वाटर व्यवसायी संघले जारको खानेपानीको मूल्य बढाएपछि पोखराका पानी व्यवसायी डिलरहरु आन्दोलित भएका हुन् । नेपाल वाटर व्यवसायी संघले जारको खानेपानी प्रति जार १५ रुपैयाँ वृद्धि गरेको थियो । यसअघी कम्पनीबाट पानी खरिद गर्दा प्रति जार २० रुपैयाँ पर्ने खानेपानीको मूल्य बढाएर संघले ३५ रुपैयाँ कायम गरेको छ । साथै संघले एक कम्पनीको पानी बोक्ने गाडीले अर्को कम्पनीको पानी बोक्न नपाउने नियम… पुरा पढौ

२३६ किसानलाई नगरपालिकाद्धारा अनुदान

बागलुङ । पशुपन्छी तथा माछापालन गरिरहेका बागलुङका २३६ किसानले अनुदान पाएका छन् । बागलुङ नगरपालिकाले पशुपन्छी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २३५ किसान र एक सहकारीलाई एकै पटक अनुदान रकम उपलब्ध गराएको हो । बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको श्री कृष्ण गाई भैँसी फार्म उद्योगमा २०० किसान जम्मा गरेर नगरपालिकाको पशु शाखाले किसानलाई नगद तथा चेक सोमबार उपलब्ध गराएको हो । दूध तथा मासुको उत्पादन बढाउनका लागि पाडापाडी संरक्षण कार्यक्रमअन्तर्गत १४ किसान र एक सहकारीले हुर्काइरहेका पाडापाडीका लागि अनुदान उपलब्ध… पुरा पढौ