अर्थ

पोउवा संघको ६८ औं वार्षिकोत्सव नविन माविलाई शैक्षिक सामग्री सहयोग

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६८ औं वार्षिकोत्सवको उपलक्ष्यमा मंगलबार गैह्रापाटनमा रहेको नविन माविलाई शैक्षिक सामग्री सहयोग गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोला तथा संघका अध्यक्ष नारायण कोइरालाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रनिधी कोइराला तथा प्रधानाध्यापक शिरोमणि लामिछानेलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा ४ का वडाध्यक्ष बास्तोलाले सहयोगलाई कति दियो भन्नेमा नभएर कसरी दिइयो भन्ने कोणबाट हेरिनुपर्ने बताए । पोखरा ४ मा रहेको… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाण्डौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको बजार सोमबार उकालो लागेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से आज १६.३० अङ्कले ओरालो लागेर दुई हजार ८३५.५८ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अङ्कले ओरालो लागेर ५३२.४९ मा ओर्लेको छ । कारोबार मापक परिसूचक ओरालो लागे पनि कारोबार रकम भने आज सामान्य वृद्धि भएको छ । कूल २३०… पुरा पढौ

कास्कीका किसानले फागुन १ गतेदेखि दूधको मूल्य १० रुपैयाँ बढाउने

पोखरा, माघ २५ कास्कीका दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नमान्ने घोषणा गरेका छन् । कास्कीका दुग्ध उत्पादक किसानहरुको छाता संस्था राष्ट्रिय व्यवसायीक पशुपालन तथा दुग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर सरकारले तोकेको दूधको मूल्य अवैधानिक र अव्यहारिक भएको बताउँदै उक्त मूल्य नमान्ने घोषणा गरेको हो । सरकारले तोकेको दूधको मूल्य अमान्य घोषणा गरेको कृषक समाजले आफैले दूधको मूल्य तोक्दै फागुन १ गतेदेखि लागु गर्ने जनाएको छ । सरकारले केहि दिन अघिमात्र दूध तथा… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघ ६८ औं वर्षमा

पोखरा ।पोखरा उद्योग वाणिज्य संघ ६८ औं वर्षमा प्रवेश गरेको छ । २०११ साल माघ २५ गते पोखरा उद्योग वाणिज्य संघको स्थापना भएको थियो । अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष थिए । व्यवसायीको हक–हित रक्षाको लागि स्थापना भएको संघ कालान्तरमा भने सामाजिक संस्थाको रुपमा क्रियाशिल रह्यो । संघका पूर्वअध्यक्ष सुरेशराज राजभण्डारीका अनुसार गाउँबाट सहर बन्दै गरेको पोखरालाई आवश्यक पर्ने पूर्वाधार निर्माण,सामाजिक जागरण र शैक्षिक संस्था स्थापनाको लागि संघले नै अगुवाइ लियो । ‘सहरीकरणको दिशामा वामे सर्दै गरेको पोखरालाई समन्नुत बनाउने… पुरा पढौ

प्रतितोला रु १००ले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. १००ले बढेर रु. ९२ हजार ६०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु. ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० कायम भएको छ । जसको मूल्य आइतबार प्रतितोला रु. ९२ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले बढेर रु. एक हजार २५५ कायम भएको महासङ्घले… पुरा पढौ

मयूर बहुउद्देश्यीय सहकारीको कारोबार शुभारम्भ, ४० युनिट रगत संकलन

पोखरा, २३ माघ । पोखराको जिरो किमीमा मयूर बहुउद्देश्यीय सहकारी संस्थाको केन्द्रीय कार्यालय शुभारम्भ भएको छ । श्रीपञ्चमीका दिन सहकारीको शुभारम्भका अवसरमा संस्था र अभियान युवा क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न समेत गरिएको छ । सहकारीको शुभारम्भ तथा रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा ५ का वडाध्यक्ष धनबहादुर नेपालीले सहकारीले शुभारम्भ रक्तदानमार्फत गरेकोमा प्रशंसा व्यक्त गरेका थिए । सहकारीले साना व्यवसायीलाई पनि समेट्दै उद्योगीलाई माथी उकास्न मद्दत गर्नुपर्ने बताए । साथै रक्तदान जस्तो पुण्य कार्य गरेकोमा… पुरा पढौ

आयोजनाबाट असर पर्ने स्थानीयवासीलाई शेयर

काठमाडौँ। ग्रीन भेन्चर्स लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन २ गतेदेखि प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु. ३१ करोड २५ लाख मूल्य बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्रीका लागि खुल्ला गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी (रु. तीन अर्ब १२ करोड ५० लाख) को १० प्रतिशतले रु. १०० अङ्कित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका–१, २ र ३ तथा… पुरा पढौ

वर्षाले चितवनमा एक करोड इँट्टा नष्ट

चितवन। वर्षाले यहाँका इँट्टा उद्योगमा एक करोडभन्दा बढी इँट्टा नष्ट गरेको छ । उद्योगले बनाएका काँचा इँट्टा पानीले नष्ट गरेको हो । व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँट्टा पानीले बिगारेर नष्ट गरेको छ । माटो प्रशोधन गरेर इँट्टा बनाएर पकाउनुअघि पानी परेपछि पूरै नष्ट हुने गर्दछ । काँचो इँट्टा घाममा सुकाएपछि पकाउन राख्ने गरिन्छ । केही दिन परेको वर्षाका कारण इँट्टा नोक्सान भएको हो । चितवन इँट्टा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार जिल्लामा सात उद्योगका इँट्टा नष्ट… पुरा पढौ

सुनको मूल्य प्रतितोला रु. ९२ हजार ५००

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार मूल्यका तुलना बढ्दै प्रतितोला रु. ९२ हजार ५०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु. ९२ हजार कायम भएको छ । गत शुक्रबार पनि उक्त सुन प्रतितोला रु. ९२ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य पनि अधिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार २५० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरर्राष्ट्रिय बजारमा आज… पुरा पढौ

चन्दा सङकलन गरेरै म्याग्दीमा १८ किमी सडक निर्माण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठूलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो। यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवत–जावतमा सुबिधा पुगेको छ। यसअघि, गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिबाङ–शिख–चित्रे हुदै घोडेपानी सडक थियो। हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले स्थानीयवासीले १ करोड रुपैयाँ भन्दा बढी चन्दा संकलन गरेर करिब १८ किलोमिटर सडक निर्माण गरेका जानकारी दिए। ‘महभिरदेखि घराम्दी–प्यारीभारानी हुदै घोडेपानी… पुरा पढौ