अर्थ

सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी

काठमाडौ । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई रु ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु ५६ करोड ५२ लाख ६१ हजार ४१९ दाबी भुक्तानी गरेको हो । यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनअन्तर्गत रु नौ करोड ७१ लाख ७२ हजार ४१३, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रु ९० लाख १४ हजार १८० र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत रु एक करोड ८६ लाख ३० हजार १४१ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । हालसम्म… पुरा पढौ

शीतभण्डारले सुन्तला किसानलाई फाइदा

गलकोट। गत आर्थिक वर्ष बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ किम्बोटमा ३० टन क्षमताको शीतभण्डार गृह (कोल्डस्टोर) निर्माण गरियो । यस वर्ष विहुँका १८ जना सुन्तला किसानले परीक्षणका लागि २२ टन सुन्तला शीतभण्डार गृहमा राखेका थिए । बिहुँकोट साना किसना कृषि सहकारी संस्थाले १८ किसानका सुन्तला रु. ५० प्रतिकेजीमा खरिद गरेर गृहमा २५ दिन राखेपश्चात अहिले सहकारीले बिक्री गर्दा प्रतिकेजी रु ९० मा बिक्री भएको छ । शीतभण्डारमा पहिलोपटक सुन्तला राखेका किसनाले रु १३ लाखको सुन्तला २५ दिनको अवधिमा १६ लाख पार्न… पुरा पढौ

घरेलु तथा साना उद्योग कार्यालयमा ५२१ घरेलु उद्योग दर्ता

लमजुङ । घरेलु तथा साना उद्योग कार्यालयमा ५२१ घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि पुस महिना अर्थात् छ महिनाको अवधिमा सो सङ्ख्यामा उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताए । उनका अनुसार त्यस अवधिमा १८८ घरेलु उद्योगले नवीकरण गराएकामा वाणिज्यतर्फ ३१३ नयाँ दर्ता २८८को नवीकरण भएको थियो । गत आवमा ९७० उद्योग दर्ता र ३६९ उद्योग नवीकरण गरिएकामा वाणिज्यतर्फ ६४० नयाँ दर्ता र ५५८को नवीकरण भएको थियो ।आव २०७६÷७७ मा ६६९ नयाँ घरेलु उद्योग… पुरा पढौ

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

बागल्ङ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तिब्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नं १ ले रु ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तिब्रता दिएको हो । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म रु २० लाख सङ्कलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए। उनले व्यवस्थित कार्यालय, दक्ष कर्मचारी व्यवस्थापन, प्रत्येक सदस्यको अभिलेखीकरण, समाजिक सञ्जालमा अपडेट, नियमित बुलेटिन प्रकाशन, इतिहासको खोजी, भविष्यको परिकल्पना, प्रभावकारी सञ्चार, प्रशिक्षण कार्यक्रम सञ्चालन, जनता र… पुरा पढौ

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २५५ कायम… पुरा पढौ

आयोजना प्रभावितलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर

काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु. १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन आइपिओको बिक्री खुला गर्ने लागेको हो । निष्काशन गरिने शेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नं २, ३ र ४ का बासिन्दाका… पुरा पढौ

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ५००ले बढेर रु. ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९२ हजार २०० कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला रु. ९१ हजार ७०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार २५५ कायम भएको… पुरा पढौ

पत्रकारलाई पेन्सन र दुर्घटना बीमा

मकवानपुर । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौँडा उप महानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । महासङ्घ मकवानपुर शाखाले विगतको वर्षबाट सञ्चालनमा ल्याएको पेन्सन कोषमा थप रु पाँच लाख सहयोग गरिएको उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिए । महासङ्घले २० वर्ष काम गरेका र ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि पेन्सन दिन सञ्चालनमा ल्याएको कोषमा थौरै भए पनि सहयोग पुगोस् भनेर सहयोग हस्तान्तरण गरिएको प्रमुख महतले बताए । नेपालमा पहिलो पटक पत्रकार… पुरा पढौ

पितृ कार्यको खर्च कटाएर मानव सेवा आश्रममा भोजन

गण्डकी, १९ माघ (रासस) ःपछिल्लो समय पित्रृ कार्यमा हुने खर्च कटाएर मानविय सेवामा समर्पित बिभिन्न संघसंस्थालाई सहयोग गर्ने सामाजिक भावनाको विकास हुँदै गएको छ ।समाजका असहाय, अशक्त,बेसहारा, अनाथ, अभिभाव विहिन, मानसिक तथा शारिरीक रुपमा कमजोर सडक आश्रित मानवको उद्धार एवम पालनपोषणमा सहयोग पु¥याउने लक्ष्यका साथ पित्रीको स्मरणमा सहयोग गर्ने प्रचलन बढेको हो ।पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित म्यूजियममार्ग निवासी लक्ष्मी खड्काले आप्mना स्वर्गिय पति अमर बहादुर खड्काको १५ पुण्य तिथिका अवसरमा पोखरास्थित मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुका लागि एक… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९२ हजार २०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९१ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ७०० कायम भएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु ९१ हजार ४०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २५५… पुरा पढौ